Main Menu
  |   Wednesday, February 21, 2018
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स | ३ माघ ।

    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।

  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल | शनिबार, ६ चैत ।

    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि बन्छन्, जसमा रेखालाई केन्द्रमा राखेर पटकथा लेखिन्छ । र, जसले हिरोभन्दा बढी पारिश्रमिक पाउँछिन् ।

  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली | बुधबार, १ पुस ।

    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलचित्रले छोटो समयमा पृथक पहिचान वनाउन सकेको छ । यतिवेला नेपाली चलचित्र जगत अग्रज तिनै महानायक राजेश हमालको पथमा लम्कीरहेको छ ।

  • लडाकु कमाण्डर देखि उपराष्ट्रपति सम्म
    लुम्बिनी टाइम्स | शनिबार, १४ कात्तिक ।

    काठमाडौं । पासाङको जन्म २०२२ साल कार्तिक ७ गते रोल्पा जिल्लाको राङसी गाविस वडा नम्वर ९ मा भएको थियो । आमा मनसरा पुन र वुवा रामसुर पुनका माहिलो छोरा हुन पासाङ ।

  • गृहणीदेखि राष्ट्रपतिसम्म
    लुम्बिनी टाइम्स | बुधबार, ११ कात्तिक ।

    काठमाडौ । अनेक उतारचढाव र चुनौतीहरु पार गर्दै एमाले नेतृ विद्या भण्डारी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनले कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पछि पारिन् ।

  • सुबास नेम्वाङ : संविधानको मियो
    हरिबहादुर थापा | आइतबार, ३ असोज ।

    अघिल्लोचोटि संविधान सभा विघटनसँगै सुवासचन्द्र नेम्वाङ सभाध्यक्षबाट ‘अधिवक्ता’ मा झरेका थिए…– अधिक निराशासहित । दोस्रोपालि ३ सय २८ घण्टा संविधानसभाको बैठक चलाउँदै अन्तत: नेपालीका निम्ति नयाँ संविधान दिलाउन सफल भएका छन् । सँगै उनको अनुहारमा हाँसोको लहर टुटेको छैन ।

  • जब अब्दुल कलाम पत्रिका बेच्थे
    लुम्बिनी टाइम्स | मंगलबार, १२ साउन ।

    एजेन्सीहरु । सोमबार ८३ वर्षको उमेरमा दिवंगत भएका भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम वैज्ञानिक पनि थिए । ‘मिसाइल म्यान’को उपाधि पाएका उनी राजनीतिज्ञ र वैज्ञानिकका रुपमा मात्र नभई दार्शनिकका रुपमा पनि चिनिन्छन् । उनको बाल्यकाल भने धेरै सुखद् थिएन । ८ वर्षको उमेरमा उनी आफ्नो सहर रामेश्वरममा घरघरमा पत्रिका पुर्‍याउने काम गर्थे । उनले आफ्नो बाल्यकाल बारे ‘माइ जर्नी’ नामक पुस्तकमा विस्तृतमा उल्लेख गरेका छन् । त्यही पुस्तकबाट अनुवाद गरिएको एक अंश :

  • मन त भन्छ, डुलिरहुँ
    सी. पी. खनाल | बुधबार, २३ वैशाख ।

    लाग्दछ, जिन्दगीको कुनै सीमितता हुँदैन, परिकल्पना हुँदैन र हुँदैन यसको कुनै निर्धारित मिति । मान्छेले लिएर आएको देह कतिन्जेल भौतिक रुपमा जीवित होला भन्ने न त स्वयं देहधारण गरेको व्यक्तिलाई थाहा छ, न त दोश्रोलाई नै ।

  • यी हुन् नेपालका पहिलो बालरोग विशेषज्ञ
    लुम्बिनी टाइम्स | मंगलबार, १० चैत ।

    डा. पुष्पलाल राजभण्डारी, वरिष्ठ बालरोग विशेषज्ञ । एउटै धोको छ, ५० बेडसम्मको प्राइभेट चिल्ड्रेन हस्पिटल खोल्ने ।

  • पानीजहाज चलाउने पहिलो नेपाली
    रामजी ज्ञवाली | सोमबार, ११ फागुन ।

    पानीजहाज, सायदै नेपालीले देखेका छन् । तर एक नेपाली हुन्, जस्ले पानीजहाज चलाउँछन् ।

  • उज्यालो खोज्दै घर छाडेपछि…
    रमेश अर्याल | बिहीबार, १ माघ

    मलाई लाग्छ भोगाई फरक होला, विषय फरक होला आखिर जिन्दगी त एउटै हो ।

  • यो पो जीवन, त्यो के जीवन
    दिनेश खड्का | आइतबार, १३ पुस २०७१

    भनिन्छ, बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै । जिन्दगीका उतारचढावहरुलाई भोग्दै जादा मानिस जहाँ–जहाँ जान्छ उसको नसिवमा लेखेर आएको कुरा मेटिन्न भन्ने आम मान्यता छ । यहि मान्यतालाई पछ्याउदै जादा कहिले मानिस भाग्यमा विश्वास राख्छ त कहिले भाग्य भन्दा कर्म ज्यादा हावी बनेर आउँछ उसको जीवनमा ।

  • नभन पियारा छोड्छु मैले देश
    रमेश अर्याल | शनिबार,२७ मंसिर २०७१

    ‘ढुङगाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति कहिल्यै पनि हुदैन विफल’ भने झै प्रचण्डले त्यहीँबाट सम्भावनाको ढोका उघारे । जब उनी स्टेजमा गुञ्जिन थाले एकथरि उनको कला र गलाको चर्चा गर्थे भने अर्को थरी पढाईमा राम्रो भएको केटा बिग्रने भयो भनेर नाक खुम्चाउथे ।

  • जिन्दगी जसरी बुझ्यो त्यस्तै
    दिनेश खड्का | बुधबार, २४ मंसिर २०७१

    एउटा मान्छे र त्यही मान्छेको जिन्दगी, बाहिरबाट हेर्दा पर्दामा जति सहज र सरल देखिन्छ, भित्र त्यसभन्दा मसिनो र जटिल पनि हुन्छ । भनिन्छ नि, जिन्दगी संघर्ष हो, जिन्दगी एउटा मार्ग हो, यसमा धेरै उकाली ओरालीहरु आउँछन् । आउँछन्, उकाली ओरालीहरु त कैयन । तर त्यसलाई कसरी चढ्ने र ओर्लने भन्ने कुरा सिक्दै जाने कुरा रहेछन् । कसैले आफै परेर सिक्दै जान्छन् त कतिले अरुको देखेर । कोही प्रगतिको पोखरीमा डुबुल्की मार्न चाहन्छन्, जो अहिले सम्म अरुले गर्न सकेनन् ।

  • रहरलाई साक्षी राखेर सारेगम..
    सुशील आले | शुक्रबार, १९ मंसीर २०७१

    बसन्तले विस्तारै बुझे– गीतसंगीतमा पाईला राखेर मात्र नहुदो रहेछ । आफु भित्र रहेको गायन कलाले मात्र पनि संगीतमा स्थापित न गर्दो रैछ । बसन्त सुनाउँछन –सुरुवाती दिनमा एक्लै गाउदै हिडे पनि वि.स.२०६२ सालमा आफ्नो छुट्टै ब्याण्ड बसन्त एण्ड द क्रुज स्थापना गरेर मैले वास्तविक संघर्षको मैदानमा प्रवेश गरेँ ।

  • डक्टरले भन्थ्यो–‘यु आर गोईङ नियर टु डेथ’
    रमेश अर्याल | शुक्रबार २८ कार्तिक २०७१

    पुण्डरी अर्याल । ‘यु आर गोईङ नियर टु डेथ’ यस्तो भनाई कोही पनि मानिसले सुन्न चाहन्न तर अर्यालले यस्तै भयावह र कहालीलाग्दा भनाईहरु बारम्बार डाक्टरहरुको मुखबाट सुन्नु पर्यो । अस्पतालको बेडमा सञ्चो हुने आशमा बसेको बिरामीलाई कस्तो भयो होला अब बाँच्न सकिन्न भन्ने लाग्दा ।
    ……………………….
    डाक्टरले एउटा आशा भने देखाउदै भने –तिम्रो लिभर प्रत्यारोपण हुन सके मात्र बाच्न सक्छौ । कलेजो प्रत्यारोपणको विकल्प सहज थिएन । त्यसैले त पुण्डरीको कानमा गुञ्जिरह्यो डाक्टरको उही भनाई –यु आर गोईङ नियर टु डेथ । उनी त्यो कहालीलाग्दो क्षणलाई सम्झदै भन्छन् –अमेरिकामा उपचार एकदमै महङगो छ, कलेजोको प्रत्यारोपणको अस्पतालको खर्च मात्रै ५ लाख डलर भन्दा बढी लाग्दो रहेछ ।’
    त्यति ठुलो रकम कसरी व्यवस्था गर्ने ? समस्याले विकराल रुप लिन थाल्यो । अस्पतालको बेडमा रहेका उनलाई पक्का भयो कि, कलेजो प्रत्यारोपण भएन भने म मर्छु ।

  • यस्तो नशा, जिन्दगी सुधार्ने
    रमेश अर्याल | मंगलबार १८ कार्तिक २०७१

    कपिलवस्तुको हथौसामा मेला चलिरहेको थियो । स्टेजमा आकर्षक प्रस्तुतिको स्वाद लिन पाउदा दर्शकहरु मख्ख थिए । न बिर्से तिमीलाई नपाएँ तिमीलाई… बोलको गीतमा नृत्य प्रस्तुत गर्दै थिए एक युवक । पहिलेदेखि नै दर्शकको हुटिङ पाईरहेका ती युवकले एक्कासी दर्शकको वाह वाह पाए, जति बेला उनको शिरमा सिसाको बोतल बज्रियो ।
    उनको शिरमा बोतल कसैले प्रहार गरेको थिएन उनी आफै नै नृत्यमा डुबेपछि यो अवस्था आयो र यो योजना मुताविक नै थियो । तर त्यहाँ भै दियो अर्कै बोतलले उनको निधारमा गहिरो चोट लाग्यो ।

  • यस्ता थिए महाकवि देवकोटा
    लुम्बिनी टाइम्स | बुधबार ५ कार्तिक २०७१

    महाकवि लक्ष्मीप्रसाद देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो तर उनको व्यक्तित्व पनि सामान्य थिएन। वरिष्ठ साहित्यकार मदनमणि दीक्षित यस्तै एउटा घटनाका भुक्तभोगी हुन्।
    मदनमणिकी दिदी विमलको विवाह देवको टाका भाइ मित्रनाथसँग भएको थियो। उनी ००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए।

  • शहरियाले हेप्दा रहेछन् भन्छन् यी युवा
    सी. पी. खनाल |

    शहरका मान्छे हेपाहा प्रवृत्तिका हुन्छन्, गाउँको मान्छे भनेर हेप्न खोज्छन्, हामी त रिक्साचालकलाई पनि सम्मान गर्छौं तर यतातिर रिक्सा चलाउने मान्छेलाई नै रिक्सा भनेर बोलाउँदा रहेछन् ।
    मान्छेको हैसियत आर्थिक अवस्था र उसले लगाएको कपडालाई हेरेर गर्नुहुदैन भन्ने लाग्छ, मलाई हेर्नुस्, मैले झुत्रे कपडा लगाएको छु, तर मसँग हजारौं पर्ने वस्तुहरु छन्, म त कहिले घमण्ड गरिन, तर यताका मान्छे सानो कुरा पाएपनि घमण्ड गर्ने र अरुलाई हेप्ने खालका रहेछन् ।

  • यी हुन् सर्वहाराका गायक
    लुम्बिनी टाइम्स |

    कपाल सिमलझै फुलेर सेताम्मे भइसकेका छन् । आँखाका छेउ चाउरी परिसकेका छन् । तरपनि ओठमा मुस्कान कत्तिपनि कम भएको छैन । बरु झनझन् बढेको छ ।
    गाउँगाउँबाट शुरु गरेको एउटा यस्तो अभियान जुन देशभित्र मात्रै हैन विदेशमा समेत चर्चा कमाएको छ । अभियानका क्रममा कहिले जीउज्यान खतरामा पर्यो कहिले जायजेथा खतरामा पर्यो । तर हार कहिले पनि खाएनन् उनले ।
    उनी अर्थात् यो कथा जिन्दगीको स्तम्भका अर्का नायक गायक जीवन शर्मा ।

  • त्यो जिन्दगी र यो जिन्दगी, खै के भनौं
    सी. पी. खनाल | बुधबार, ११ भदौ २०७१

    कपाल फुलेर सिमलको भुवाजस्तै भैसक्यो, सिमलको भुवा भैसकेको कपाल पनि सतह छोड्दैछ । उमेरले डाडा टेकिसकेछ, ७ दशकको अनुभव उमेरभन्दा माथि पुगिसकेको छ तरपनि मन मान्दैन । अनुभव र भोगाईको कुनै सीमा हुदोरहेनछ, यस्तै छ र यस्तै चलिरहन्छ । चलिरहेकै छ भन्नेमा विश्वास त छ तरपनि मन अरू सुधार गर्न, अरू परिमार्जन गर्न खोज्छ, कहिले दिमाग अलमलिन्छ त कहिले मन बहकिन्छ । यसैले जिन्दगीको रेखामा तलमाथि गर्दै अघि बढाइरहेको छ । आँखाले देखेको सबै सत्य हुदोरहेछ र आँखाले नदेखेको पनि सत्य नै त हो । जिन्दगीको भोगाई यसरी अघि बढ्ला भनेर उनलाई कहिले पनि लागेन । लाग्यो त केवल, यसरी जिन्दगी कसरी चल्छ होला र भन्ने । तर चलिरहेकै छ । अरू पनि चल्छ भन्नेमा विश्वस्त हुनुको विकल्प छैन ।

  • यसरी बन्छ जिन्दगी नै उत्सवमय
    लुम्बिनी टाइम्स | बुधबार, ११ भदौ २०७१

    एउटा मान्छे, एउटा मान्छेको मनभित्र पसेर कस्ले पो छुट्याउन सक्छ र उसको क्षमताको आयतन ? तरपनि लाग्दछ कि ऊ कतिसम्म क्षमता बोकेर हिडेको छ भन्ने कौतुहलताको हुटहुटी । यस्तै हुटहुटी जगाउने एउटा मान्छे हुन् उत्सव । उत्सव नेपाल । आँखाले उनलाई धोका दियो, मान्छेहरु दृष्टिविहीन भन्छन्, तर उनीसँग दुरदृष्टि छ, जिन्दगीको, भविष्यको ।
    एउटा अध्यारो ससांरभित्रवाट उज्यालो खोज्दै गरेका उत्सव जीन्दगीलाई उत्सव झै मनाउन चाहन्छन् ।

  • यो सम्झिने मन छ म बिर्सु कसोरी
    - नरेन्द्रराज प्रसाई |

    चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ
    नदेखे पनि भेट सधैँसधै भए झै लाग्दछ ।
    नारायणगोपालले रेडियोमा मात्र गीत गाएनन् । उनले नेपालका विभिन्न ठाउँहरूका सङ्गीतप्रेमीहरूका माझमा उभिएर पनि गीत गाए र विदेशमा रहेका नेपालीहरूका सामुन्ने पुगेर पनि गीत गाए । उनले जीवनमा थुप्रै आधुनिक गीत गाए थोरै लोकगीत र केही नेवारी गीत पनि गाए । तर उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा मात्र गाए । उनी गीत गाएर यस धर्तीका अविस्मरणीय प्रतिभा बने । उनको नेपाली सङ्गीतप्रतिको लगावले गर्दा उनी नेपाली सङ्गीतका विभूति बने ।

पछिल्ला समाचार

Happy Cheese Balls
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।

  • उल्लु : लाटोकोसेरो कि हामी ?
    लक्ष्मीप्रसाद पंगेनी
    नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्..
  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..