Main Menu
  |   Thursday, July 27, 2017
  • अभिनयको अविराम यात्रामा अभिनेत्री भुवन
    अन्जली रम्तेल | शुक्रबार, ३ पुस ।

    काठमाडौं । उमेरले सात दशक पुगिसक्दा पनि अभिनयको मोहले कत्ति पनि छाड्न सकेको छैन अभिनेत्री भुवन चन्दलाई । पहिलो नेपाली चलचित्रको रुपमा इतिहास बनाउन सफल ‘आमा’ की नायिका चन्द बिपी कोइरालाको तीन घुम्तीमाथि बनेको चलचित्रमा अभिनय सकेर अहिले फुर्सदमा छन ।

  • १५ वर्षीय गायक प्रेम परियारको अन्तरकथाः बाल्यकालमै वयस्कलार्इ चुनाैती
    रमन पाैडेल | बुधबार, १ पुस ।

    काठमाडौं । करिब लगभग ४ वर्षअघिको कुरा हो । कलाकार शिशिर राणा काठमाडौंबाट पोखरा जाँदै थिए । मलेखुस्थित एउटा होटलमा खाजा खान ओर्लदाँ सानो बालकले सुमधुर स्वरमा गीत गाएको देखेर प्रभावित बने ।

  • विदेशमा पैसा कमाउने सपना देख्दा..
    रामकुमार श्रेष्ठ | सोमबार, १४ मंसिर ।

    नवलपरासी । एजेन्टलाई दिएको पैसा सम्झदा पनि मुटु पोल्छ उनले भने- ‘त्यही मन भुलाउन अहिले भाडाको पोखरीमा माछा पालन गरिरहेको छु ।’ गाउँको दुख अनि साथीभाई बिदेश गएर केहि कमाएर फर्किएपछि मलाईपनि जाउँ जाउँ जस्तो लाग्यो तर मलाई ऋणमा डुब्न लेखेको रहेछ उनले भने ‘अब त कहिल्यै पनि बिदेशको नाम पनि उच्चारण गर्दिन ।’

  • मिहिनेती किसान रुद्रको कथा
    दल बहादुर गुरुङ /मनिष पन्थ | शुक्रबार, ८ असोज ।

    पाल्पा । आफू सामान्य साक्षर तर छोराछोरी सबै शिक्षित । तिन छोरा र पाँच छोरीका पिता रुद्र बहादुर गाहा मगरकी काहिंली छोरी गावित्राले एमएड् पढदै छिन् भने कान्छी छोरीले बुटवल बहुमुखी क्याम्पस,बुटवलमा विएड् पढ्दै छिन् । तिन बहिनी छोरीहरुको विहे भइ सक्यो । उनीहरु पनि सबै शिक्षित छन् । काहिंली छोरी गावित्राले गाउँकै सत्यवती प्राथमिक विद्यालयमा शिक्षक बनेर पढाउँदै छन् । तिन जना छोराहरुले प्रवेशि परीक्षा उत्तीर्ण गरेका छन् । उनीहरुलाई देश परदेश गर्दै ठीक्क छ ।

  • ८६ वर्षिय वृद्धको तन्नेरी पौरख
    मनिष पन्थ / डीवी गुरुङ | मंगलबार, २९ भदौ ।

    पाल्पा । तपाइले अनुमान लगाउन सक्नु हुन्छ ८६ वर्षका बुढा बाबा के गर्छन ? पिँडी कुरेर छोराबुहारी वा नाती नतिनाको स्याहार सुसार खोज्दै होलान् । आँखा धमिलो देख्ने वा देख्दै नदेख्ने कारणले कसैको सहारा खोज्दै होलान् ।

  • अचार व्यवसायमा रमेका महिला
    सपना शर्मा | मंगलबार, १५ भदौ ।

    सुरुवाती समयमा रानालाई निकै कठिन भयो । ग्राहकलाई अचार प्रति छाप पार्न तर उनले हार मानिनन् । निरन्तर कोशिश गरिन् । जसले गदा अहिले उनले उत्पादन गरेको अचारको माग स्थानिय क्षेत्रमा मात्र सिमित रहेन । देशका १० भन्दा बढी जिल्लामा पठाउने गर्छिन् ।

  • तरकारीमा मन, मनग्गे धन
    लुम्बिनी टाइम्स | सोमबार, १८ साउन ।

    पाल्पा । पहिले बेझाड, किसानबारी लगायतका बजारमा बुटवलबाट भित्रिएका तरकारी किनेर खान्थे । गाउँका प्रायः सबैको अवस्था उस्तै हो । रामपुर नगरपालिका, १० की गीता भट्टराईको पनि त्यस्तै अवस्था थियो ।

  • असन्तुलित जीवनको सन्तुलित कथा
    रमेश अर्याल | मंगलबार, २२ असार ।

    सीबी थापा मिठो सपना बोकेर जहाज उडिरहदा उनि भित्रको शिक्षक कति रोयो होला ? गाउँ समाज बनाउने जिम्मेवारी घरको पिढींमा बिसाएर धन कमाउने नाममा अर्काको देश बनाउन हिडेको युवक देखेर नेपाल आमाले आफुलाइ कति धिक्काारिन होला ? उनि कोरिया पसे तर धनको लोभमा फसेनन् । बरु त्यहाँ उनले नयाँ प्रविधि सिक्न र हेर्न थाले ।

  • मूर्तिकलामा लुकेको जीवन सौन्दर्य
    खोमा तरामु मगर | शनिबार, १९ असार ।

    प्रकृतिको रङ, ढुङ्गा र माटोलाई चिन्न सक्नु, त्यसलाई छिमलेर जीवन्त सौन्दर्य प्रदान गर्नु सामान्य कुरा होइन । विचार भावनालाई रङ र माटोको माध्यमद्धारा पोख्नु र सगल आकृतिमा ठड्याउन सक्नु अत्यन्तै जटिल कुरा हो ।

  • एई क्यानभास ! खै जिन्दगी ?
    सी. पी. खनाल | बिहीबार, १० वैशाख ।

    जिन्दगीको गोरेटो कहाँनेर पुगेर मोडिन्छ भन्ने कसलाई के थाहा ? न त त्यो गोरेटो अघिका घुम्तीहरुबारे नै अनुमान र आँकलन हुनसक्यो । जिन्दगी कसैलाई कविताका लाईनमा भेटिन्छ, कसैलाई संगीतको झंकारमा त कसैलाई कलकल बगिरहेको झरनाको छाँगोमा ।

  • अभिनयको अविराम यात्रामा लक्ष्मी गिरी
    अन्जली रम्तेल | बुधबार, १८ चैत ।

    काठमाडौँ । उमेरले छ दशक पार गरिसके पनि कलाकार लक्ष्मी गिरीको उत्साह कुनै नवयुवतीको भन्दा कम छैन ।

  • फेसन बुझाउँदै जमुना
    रमेश अर्याल | मंगलबार, १२ फागुन ।

    फेशनलाई जसरि बुझिएको छ त्यो फेसन नै होईन, जो फेशनेवल बन्न खोजी रहेका छन ति मानिसहरु फेशनेवल हुदै होईन किनकी उनिहरु समाजमा हाँसोको पात्र बनि रहेका छन । तिनै मानिसहरुकै कारण फेशनलाई नकारात्मक तरिकाले हेरिन्छ ।

  • नारायणगोपालले पुनर्जन्म गराएका गीतकार
    लुम्बिनी टाइम्स | मंगलबार, १३ माघ ।

    कालीप्रसाद आफ्नो ‘गीतकार’लाई नारायणगोपालले पुनर्जन्म गराइदिएको मान्छन् । ‘उहाँ अध्ययनशील हुनुहुन्थ्यो । शब्दको शक्ति उहाँलाई थाहा थियो र त्यसलाई न्याय गर्ने प्रतिभाको खोजीमा रहनुहुन्थ्यो । त्यसैले जो पायो उहीको गीत गाउनुहुन्नथ्यो । साहित्यसँग मिलेर संगीतमा क्रान्ति गर्नुपर्छ भन्नुहुन्थ्यो ।’ उनी भन्छन् ।

  • रिक्सा कुदाउँदै एउटी महिला
    लुम्बिनी टाइम्स | साेमबार, १२ माघ ।

    झापा । विसं २०५३ फागुन २ गते विर्तामोडमा एउटा खबरले सनसनी मच्चायो । रिक्सा कुदाउँदै एउटी महिला सडकमा आई भनेर । हेर्नेको रमिता लागेको थियो । यो खबर भोलिपल्टका अखबारमा पनि छापिए ।

    रिक्सा कुदाउने ती महिला चारपानेकी फुलमाया धिमाल हुन् भनेर दुनियाँले चिन्यो । साहसी भनेर चिनिएकी तिनै फुलमाया विगत पाँच छ वर्षदेखि विर्तामोडमा कतै देखिएकी थिइनन् । उनी सडकमा रिक्सा गुडाउँदै आउँदा तातो खबर बनाउने सञ्चारमाध्यमले यो बितेको छ वर्ष फुलमाया कता गइन् भनेर खोज खबर पनि गरेनन् ।

  • किन नसिक्ने यसो गर्न ?
    रमेश अर्याल | सोमबार, २२ मंसिर २०७१

    लामो समय देखि शिक्षण पेशामा रहेका देव बहादुर कुँवरको मन एका एक किन भाँचियो त ? उनि भन्छन् –विद्यार्थीले शिक्षकप्रति गर्ने ब्यवहार देख्दा मन खिन्न भयो अर्को तिर हाम्रो देशको कमजोर शैक्षिक प्रणालिमा रहेर विद्यार्थीलाई जे दिनु पर्ने हो त्यो दिने सकिने कुरै भएन ।

  • कसरी निर्देशक बने आठ वर्षे बालक
    रामजी ज्ञवाली | शनिबार, २० मंसिर २०७१

    आठ वर्षमा के के गर्न सक्छन् होला बालबालिका । सक्छन्, धेरै गर्न सक्दा रहेछन् । सौगात विष्ट नाम गरेका एक आठ वर्षे बालकले चलचित्रको निर्देशन गरेका छन् । आठ वर्षे यी बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’ मंसिर अन्तिम साता देशव्यापी रुपमा रिलीजमा आउदैछ । र, धेरैले प्रतिक्षा गरेको चलचित्र पनि बनेको छ ।

  • यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
    लुम्बिनी टाइम्स | शनिबार ६ मंसीर २०७१

    शरीर दिनदिनै शिथिल बन्दै गएको छ। बोल्दा स्वर लर्बराउँछ। जोसमा बोल्न खोज्दा हातका औंलाको कम्पन प्रस्टै देखिन्छ। लामो समय बोल्यो कि खोकी छुटिहाल्छ। जोस चलेका बेला कागजका पानामा कलम दगुराउँछन्। ‘सोच्यो, लेख्यो, चित्त नबुझे मेट्यो,’ लेखन बानीबारे उनले बताए, ‘चित्त नबुझे दुई–तीन दिनसम्म राख्छु र फेरि परिष्कार र परिमार्जनमा जुट्छु।’

  • ‘रिटायर्ड लाईफ’ व्यवसायिक च्याउ खेतीमा
    माधव अर्याल | शुक्रबार २८ कार्तिक २०७१

    पाल्पा । अधिकांशले लामो समय जागिरे जीवन बिताएपछि बाँकी जीवन आराम गर्ने सोंँच बनाउँछन् । सरकारले दिएको पेन्सनलाई उनीहरुले घरमा बसेर आनन्दको जीवन बिताएको पनि पाईन्छ ।

  • लीलामणिको लगन र सुधार अभियान
    लुम्बिनी टाइम्स | बुधबार ५ कार्तिक २०७१

    सर्वसाधारणको दैनिकीसँग पनि सरोकार राख्ने उनी नौबिसे–नागढुंगा सडक खण्डको स्तरोन्नति, चुरे संरक्षण, मुस्ताङ–जोमसोम सिण्डिकेट अन्त्य र दुर्गम क्षेत्रका अस्पतालमा मेडिकल कलेजको सेवा दिलाउन पनि लागे । नौबिसे–नागढुंगा सडक खण्डको स्तरोन्नति नहुँदा दैनिक रु.४० लाख बराबरको पेट्रोलियम पदार्थ बढी खर्च हुने एक अध्ययनले देखाएको थियो ।

  • निडर र कर्मठ चिकित्सक
    लुम्बिनी टाइम्स | बिहीबार ३० असोज २०७१

    सन् १९९५ अगष्टमा उनलाई स्वास्थ्य विशेषज्ञको रूपमा विश्व बैँक नेपाल कार्यालयले काम गर्न बोलायो । विश्व बैंकको सहयोगमा उनले यसअघि पनि कार्यक्रम तयार पार्न लाग्दा सरुवा भएको र पछि सन् १९९४ देखि स्वास्थ्य मन्त्रालयअन्तर्गतको जनसंख्या तथा परिवार स्वास्थ्य कार्यक्रममा सहयोगका लागि विदेशीभन्दा नेपाली कर्मचारी नै राख्नु उपयुक्त हुन्छ भन्ने ठम्याईमा उनलाई बैंकले बोलाएको रहेछ ।

  • लुम्बिनीका तीन चम्किला तारा
    लक्ष्मण पोखरेल |

    बुटवल । सानो टिनको छानो भएको घर । पश्चिम तर्फ फर्केको पाली । रातो माटोले लिपिएको दलान । पालीबाट भित्र पसेपछि एउटा खाट, दुई वटा सोफा । भित्तामा फुलको माला लगाइएको फौजी ड्रेसको एक तस्विर । माथि घुमिरहेको सानो फ्यानको हावा लिदै एक अधवैसे र एक युवति खाटमा बसेर कसैको प्रतिक्षा गरेका छन् ।
    जेठ महिना मध्याह्नको गर्मी फ्यानको तातो हावाले उनीहरुको जीउ पसिनाले भिजाएको थियो । घर अगाडिको ८ फुटे पीच बाटोमा कुनै गाडिको आवाज आउदा उनीहरुका आखा त्यतै जान्थे ।

  • तेह्र वर्षमै क्रिकेटमा करामत
    लुम्बिनी टाइम्स | भदौ २०७१

    स्कुलवाट फर्किनासाथ उनी आफ्नो झोला घरभित्र फ्याकेर साथीभाईहरुलाई भेट्न दौडिन्थे । आमालाई छलेर स्कुलको ड्रेस बदलेर साथीभाईहरुसँग खेल्न दौडिने उनलाई पछ्याउँदै आमा त्यहीँ पुग्थिन् । ‘बाबु पढ्ने हो की बिग्रने हो ?, पढ्ने भए घर हिड नत्र जे गर्ने भएपनि गर’–आमाले गाली गरेपछि उनी लुरुलुरु घर फर्किन्थे । तरपनि उनले साथीहरुसँग खेल्न छाडेनन् ।
    दिनरात आमाले ‘खेल्नेसेल्ने हैन, पढ्ने हो’ भनेपनि उनको मन त्यतै थियो, जहाँ साथीहरु जम्मा भएर क्रिकेट खेल्थे । कैयौंपटक आमालाई छलेर क्रिकेट खेल्न पुगेका उनका लागि लागि ती दिन गए, उनी अहिले ढुक्कसँग खेल्छन् ।

  • अयोध्याको कामधेनु कथा
    लुम्बिनी टाइम्स | शुक्रबार, १३ भदौ २०७१

    २०५५/०५६ सालतिर रुपन्देहीको मैनहिया गाविस अध्यक्ष हुदा अयोध्या थारु साइकलमा दुध बिक्री गर्न जान्थे । त्यो देख्दा गाउलेहरुले ‘थारु बौलाएछ’ भन्थे । उनले सुनेपनि नसुनेझै गर्थे । ‘गाविस अध्यक्ष भएर पनि साइकलमा दुध बोकेर हिड्छ’, – गाउलेले यसै गरी कुरा काट्थे । उनी एमालेको गाविस अध्यक्ष भइसकेका थिए ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072