Main Menu
  |   Thursday, July 27, 2017
  • लोकेन्द्रले तीज गीत गाँउदा रिचा र निर्मल यसरी उठिबसी नाचे हेर्नुस भिडियो
    लुम्बिनी टाइम्स | बुधवार, २८ असार

    बुटवल । तीजको माहोल नजिकिदै छ । तीजका भाकाहरुमा छमछमी नाच्न पनि सुरु भएको छ । मोडल रिचा थापा र निर्मल क्षेत्रि नाच्नलाइ सिपालु कलाकार हुन तर उनिहरुले खासै नाच्न आँउदैन मलाई हल्का कम्मर भाँचेको मात्रै हो , गाँउघरको पाराले यसो उठिबसी नाचेको मात्रै हो भन्दै नाच्न अघि सर्छन ।

  • रत्नपार्कमा जापानी रेल हेर्नुस  भिडियो
    प्रदिप बिश्वकर्मा गाैतम | बुधवार,२१ असार ।

    पर्वत । हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक, गायक गायिका, मोडल र सम्पूर्ण नेपाली कलाकार हरुलाइ भ्याइ न भ्याइ छ । विशेष गरि नाचेर गायर रमाइलो गरि मनाइने तिज एउटा सांगीतिक पर्व भएको कारणले पनि प्राय महिला कलाकारहरुले आफ्नो मनोभावनालाई एल्बमको रूपमा रेकर्ड गरि नाचगान र रमाइलोलाई भिडियो बनाउने चलन त धेरै बर्ष पहिले देखिनै थियोे भने केही बर्ष यता पुरुष कलाकारको पनि तिज पर्व र तिजी गीतसंगीतमा उत्तिकै सहभागिता देखिन्छ ।

  • निशाले र शरदले कसे लगनगाँठो
    लुम्बिनी टाइम्स | शुक्रवार, १६ असार ।

    काठमाडौं । नेपाली फिल्मकी नायिका निशा अधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरसँग लगनगाँठो कसेकी छन् । उनीहरुले लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

  • मिस सी स्टारमा भैरहवाकी अन्जली
    नरेश के.सी. | शनिवार, ६ जेठ ।

    भैरहवा । मिस सी स्टारको प्रतियोगीको रुपमा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् । स्कुल एजुकेशन एक्जाम (सी) दिएकाहरु सहभागी उक्त प्रतियोगीतामा सहभागीहरुलाइ आयोजकले अहिले विभिन्न प्रशिक्षण दिइरहेको जनाएकोछ ।१५ जना प्रतियोगि मध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्धज्योती स्कुल भैरहवाबाट एसएलसी सरहको सी परिक्षा दिएकी ठकुरी सिनपा १२ आवारोड चौंककी हुन् । सानै उमेरदेखी मोडलिंग र कला प्रदर्शनीमा रुची राख्ने ठकुरी यसअघिका विभिन्न प्रतियोगितामा पनि प्रतियोगी भएकी थिईन् ।

  • अदितिको अनमोल अदा
    लुम्बिनी टाइम्स | शनिबार, ९ बैशाख ।

    अदिति भारतमा समेत व्यवसायिक रुपमा सफल भएकी नेपाली मोडल हुन्। ‘कृ’ फिल्मका लागि अनमोल केसीको अपोजिट रोलमा अनुबन्धित भएयता उनको चर्चा थप चुलिएको छ।

  • चलचित्र निर्देशक मनिष पन्थ सम्मानित
    लुम्बिनी टाइम्स | शनिबार ,२ बैशाख ।

    काठमाडौं । राष्ट्रिय साँस्कृतिक सम्पदा विकास समाज नेपालले एक कार्यक्रम आयोजना गरि विभिन्न ब्यक्ति हरुलाई सम्मान गरेको छ ।
    पर्यटन बोर्डमा आयोजित कार्यक्रममा चलचित्रको माध्यममाबाट कलासंस्कृितको क्षेत्रमा महत्वपुर्ण याेगदान पुराएको भन्दै चलचित्र निर्देशक तथा छायांकार मनिष पन्थ सहित वरिष्ठ संकृतिविद् सत्य मोहन जोसि संचारकर्मी शंकर प्रसाद ज्ञवालि लगायतलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा
    मणिराज अर्याल द्वारा निर्देशीत बृत्तचित्र बुद्धका पाइलाको सार्वजनिक समेत गरिएको छ ।

  • यस्तो छ बसन्त र शिलुको नयाँ गीत
    कृष्ण बाबु | शनिबार ,२ बैशाख ।

    बुटवल । गीत संगीत क्षेत्रका हस्तीको रुपमा परिचित बसन्त थापाको लय शब्द र स्वरमा फरक धारको लोक गीत बजारमा आएको छ । थपाले बिगतका गीतहरु भन्दा यो गीत धेरै फरक रहेको बताउँ छन । जापानमा फुल्ने साकुरा फुल र नेपालमा फुल्ने पैँयु फुल हेर्दा एउटै देखीने र एउटै समयमा फुल्ने हुँदा यसै लाई समेटेर गीत बनायको सर्जक तथा गायक बसन्तले बताए ।

  • ‘आयो लगनको महिना’ बुटवलबाट सार्वजनिक हेर्नुस भिडियो
    लुम्बिनी टाइम्स | बिहिबार, ३१ चैत ।

    बुटवल । स्वाभिमान क्रियशन प्रालि बुटवलको प्रस्तुती पञ्चेबाजा कोशेली ‘आयो लगनको महिना’ गितको म्यूजिक भिडियोको बिहीबार बुटवलमा विमोचन गरिएको छ । लोक तथा दोहोरि गित प्रतिष्ठान प्रदेशनम्बर ५ का संयोजक लक्ष्मण खड्का र अञ्चल अध्यक्ष डिल्लिनारायण पाण्डेले संयुक्त रुपमा उक्त गितको म्यूजिक भिडियो यूट्यूबमा पब्लिस गरेर विमोचन गर्नु भएको हो ।

  • बर्जर पेन्टसको प्रचारका लागि  प्रियङ्का बुटवलमा
    लुम्बिनी टाइम्स | सोमबार, २८ चैत ।

    बुटवल । बर्जर पेन्ट्सले नगदपति योजना ल्याएको छ । बर्जरले घर रंगाउँदा करिब ३२ लाख रुपैया प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

  • माग्नेलाई दीपकले भने–‘यो मेरो ए टी एम कार्ड हो’ (भिडियो)
    लुम्बिनी टाइम्स | सोमबार, २८ चैत ।

    काठमाडौं । हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो । उपस्थित सबैले केदारलाई सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै जन्मदिनको शुभकामना दिए । शुभकामना दिनुभन्दा दीपकराज गिरीले केदार घिमिरे आफ्नो ए टी एम कार्ड भएको भन्दै त्यहाँ उपस्थित सबैलाई मजैलै हँसाए ।

  • बुटवलमा टेरिया साँझ हुने
    लुम्बिनी टाइम्स | शुक्रबार, २५ चैत ।

    बुटवल । टेरिया मगर फाउण्डेसन नेपाल रुपन्देहीले टेरिया सांझ कार्यक्रम आयोजना गर्ने भएको छ । हालै मात्र भारतको चर्चित रियालिटी शो झलक दिखला जाको उपाधि जितेपछि टेरियाले पहिलोपटक बुटवलमा आफ्नो प्रस्तुति दिने गरी टेरिया सांझ हुन लागेको हो । आगामी बैसाख ११ गते बुटवलको मिलन चलचित्र हलमा टेरिया सांझ कार्यक्रम आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष कृष्णबहादुर फौजामगरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

  • लुम्बिनी डान्सिङ स्टारको अडिसन कपिलवस्तुबाट सुरु
    लुम्बिनी टाइम्स | बिहीबार, १७ चैत ।

    बुटवल । लुम्बिनी डान्सिङ स्टार २०७४ को अडिसन कपिलवस्तुबाट सुरु भएको छ । कपिलवस्तुको चार नम्वरमा रहेको बाडगंङगा पार्टी प्यालेसमा पहिलो अडिसन सुरु भएको हो ।अडिसनमा त्यस क्षेत्रका सयौं कलाकारले सहभागिता जनाएका थिए । सहभागि प्रतियोगीबाट २२ जनालाई छनोट गरिएको अास्था कला केन्द्रका सञ्चालक तथा यस क्षेत्रका पाका नृत्य प्रशिक्षक लाेकेन्द्र शाहले बताउनु भएकाो छ ।

  • ‘नो भोटिङ, नो एसएमएस’ नारा सहित बुटवलमा लुम्बिनी डान्सिङ प्रतियोगिता हुदै
    लुम्बिनी टाइम्स | मंगलबार, १५ चैत ।

    बुटवल । रुपन्देहीको बुटवलमा एकल नृत्य प्रतियोगिता लुम्बिनी डान्सिङ प्रतियोगिता हुने भएको छ । लामो समय देखि नृत्य प्रशिक्षण दिदै आएको नृत्य प्रशिक्षण केन्द्र आस्था कला केन्द्र र लेकाली खेलकुद तथा सांगितीक मञ्चको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

  • मिस्टर एण्ड मिस लुम्विनी कार्यक्रमलाई सहयोग गर्नेलाई सम्मान
    लुम्बिनी टाइम्स | बिहीबार, १० चैत ।

    बुटवल । मिस्टर एण्ड मिस कलेज लुम्विनी २०७३ का विजेता तथा सहयोगि संघसंस्थाहरुलाई आयोजक संस्था बुटवल सिटी अनलाईन स्टोर्सले सम्मान तथा गिफ्ट हेम्परहरु प्रदान गरेको छ । दुई महिने कार्यक्रम सम्पन्न पार्नका लागि सहयोग गर्ने ब्यक्ति तथा संघसंस्थाहरुलाई बिहीबार एक कार्यक्रम गरि अनलाईन स्टोर्सले सम्मान तथा उपाधी विजेतालाई गिफ्ट हेम्पर प्रदान गरेको हो ।

  • यस्तो छ सदावहार गायीका देविका बन्दनाको मारुनी गीत
    लुम्बिनी टाइम्स | बिहीबार, १० चैत ।

    बुटवल । नेपाली सुगम स‌ंगीतकी सदावहार गायीका देविका बन्दनाको मारुनी गीत ‘भोलीलाई कस्ले पाे देख्या छ’ सार्वजनीक भएको छ । सामाजिक सञ्जाल युट्यव मार्फत सार्वजनीक गीतमा गायीका देविकाको स्वर,नरहरी प्रेमीको शब्द संगीत रहेको छ भने अमोस तामाङले एरेन्ज गरेका छन् ।

  • बुटवलमा धमाधम सुटिङ् हुन थाले म्युजिक भिडियो
    मोहन न्यौपाने | बुधबार, ९ चैत ।

    बुटवल । नेपालि सांगीतिक क्षेत्रमा छायांकनको धरोहर बन्दै गएको बुटवलमा पछिल्लो समय नेपालि म्युजिक भिडियो फिल्म अनि बिशेष वृत्तचित्रहरुले स्थान पाइरहेका छन् । विभिन्न व्यक्तिहरुले यसक्षेत्र संगसंगै लुम्बिनी र यस आसपासका क्षेत्र जिल्लाहरुलाई प्रमोट गर्नका लागि म्युजिक भिडियो र फिल्महरुले पर्यटन बिकाशमा टेवा पुर्याएको छ।

  • होराईजनका अञ्जीली र अंकितले मिस्टर एण्ड मिस लुम्बिनीको उपाधी जिते
    झविन्द्र देवकोटा | मंगलबार, ८ चैत ।

    बुटवल । मिस्टर एण्ड मिस कलेज लुम्विनी २०७३ को उपाधी होराईजन कलेजका छात्रा अञ्जीली थापा मगर र छात्रतर्फ अंकीत पाण्डेले जितेका छन् । बुटवलमा भएको मिस्टर एण्ड मिस कलेज लुम्विनीको उपाधीसँगै विजेता दुबैले २५-२५ हजार नगद तथा आकर्षक विभिन्न गिफ्ट हेम्परहरु हात पारेका छन् । उनीहरुले उपहारसँगै एउटा म्यूजिक भिडियोमा खुल्न पाउने पनि भएका छन् ।

  • पत्रकारको प्रश्न निखिल र निताको जवाफ हेर्नुस भिडियोमा
    लुम्बिनी टाइम्स | सोमबार, ७ चैत ।

    बुटवल । फिल्म ‘निर्भय’ टिमले बुटवलमा पत्रकार सम्मेलन गर्दै बुटवल आसपासका दर्शकहरुलाइ फिल्म हेर्न चुले निम्तो दिएको छ । चलचित्रपत्रकार स‌ंघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा फिल्म निर्देशक मदुसुदन भट्टराई, अभिनेता निखिल उप्रेती, अभिनेत्री निता ढुङगाना, निर्माता देविप्रसाद पौडेल लगाएतले बोल्दै फिल्म देशभक्ती भावनाले अोतप्रोत भएकोले हेर्नका लागि चुले निम्तो दिएका हुन् । फिल्म चैत्र ११ गते रिलिज हुदै छ । कार्यक्रममा चलचित्र पत्रकारस‌ंघ रुपन्देहीका कोषाध्यक्ष मोहन न्यौपाने लगाएतले बोल्दै फिल्मलाइ सफलताकाे शुभकामना दिएका थिए ।

  • छुल्ठिमको ‘डायरी’ जेठ १९ मा
    लुम्बिनी टाइम्स | बिहीबार, ३ चैत ।

    काठमाडौं । चैत्र महिनामा रिलिज हुने भनिएको फिल्म ‘डायरी’ को रिलिज दुई महिना पर धकेलिएको छ । छुल्ठिम गुरुङ निर्माण गरेको फिल्म अब जेठको १९ मा रिलिज हुने भएको हो । यो फिल्ममा अभिनेत्री रेखा थापा भिलेनको रुपमा देख्न पाइने छ ।

  • यस्तो छ ‘बाहुबली–२’ को ट्रेलर
    लुम्बिनी टाइम्स | बिहीबार, ३ चैत ।

    मुम्बई । बलिउड चलचित्र बाहुबलीको दोस्रो शृंखला अर्थात् ‘बाहुबली–२’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार युट्युवमा उक्त ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा बाहुबलीको एउटा संवाद बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा !’

  • बुटवलमा दर्पणछायाँ दुईको टोलीले के गर्यो  ?
    लुम्बिनी टाइम्स | बुधबार, २ चैत ।

    बुटवल । नेपाली चलचित्र दर्पणछायाँ दुईको प्रमोशनका लागि बुटवलमा आएको टोलीले चलचित्र सन्देशमुलक रहेको बताएको छ । पुरानो परिभेष र नयाँ कलाकारहरुको फ्युजनलाइ समाबेश गरि निर्माण गरिएको चलचित्रले समाजलाई सकारात्मक सन्देश दिने चलचित्रको टोलिले दावी गरेको छ ।

  • पञ्चेबाजाको तालमा ‘बटौली शहर‘
    लुम्बिनी टाइम्स | शुक्रबार, ६ फागुन ।

    बुटवल । लोक दोहोरी गायिका दुर्गा नेपालको पञ्चेबाजाको लयमा रहेको नयां लोकदोहरी गित बजारमा आएको छ । बटौली शहर नामक उक्त गितको भिडियो समेत एकै पटक बजारमा आएको हो ।

  • ‘सुन साईली ४० कटेसी रमाउँला’
    रमेश अर्याल | शुक्रबार, ६ फागुन ।

    बुटवल । कोठा भित्र एक जोडि छन । उनिहरुलाइ हेर्दा लाग्छ नवदम्पती हुन । नव दम्पतीको खुसीमाथी कालो बादल लागेको सहजै अनुमान लगाउन सकिन्छ । ‘निदाँउन भोली विहान चाडै उठ्नु छ’ युवतिको यो भनाईले प्रष्ट पार्छ की उनिहरुलाइ बिछोडको घडिले अलारम दिदै छ । कालिप्रसाद बास्कोटाल साईली कम्पोज गर्दा गायक हेमन्त राना संगै थिए । गीत सुनिसकेपछि हेमन्तले भने गीत त सारै राम्रो छ । तत्तकाल बास्कोटाले भने उसो भए यो गीत तिम्ले नै गाउ । यसरी यो गीत हेमन्त रानाको पोल्टामा आयो ।

  • तीन चलचित्र उद्यमी सम्मान कार्यक्रमका ४ तस्विर
    लुम्बिनी टाइम्स | बुधबार, २६ माघ ।

    बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा एक कार्यक्रमको आयोजना गरि तीन चलचित्र उद्यमीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
    संघले नेपाल चलचित्र संघका नवनिर्वाचित अधयक्ष प्रदिप उदय, संघका सदस्य कपिल द्वा र ओम जैसीलाई स्वागत तथा सम्मान गरेको हो ।

  • तेरिया मगर नेपालमा
    लुम्बिनी टाइम्स | आइतबार, २३ माघ ।

    बुटवल । भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को नवौं संस्करणको उपाधि जितेकी तेरिया मगर नेपाल आएकी छन् । उपाधि जिते पछि आफन्त र सहयोग गर्ने शुभेच्छुक तथा पत्रकारहरुलाइ भेटन नेपाल आएको बुझिएको छ ।

  • यस्तो छ शिखाको माया भुल्ने अौषधि
    लुम्बिनी टाइम्स | शनिबार, २२ माघ ।

    बुटवल । गायिका अमिता नेपाल शिखाको शब्द संगीत र स्वरमा सजिएको “खै कुन औषधि पिउँदै छौ तिमीले ,मेरो मायालाई भुलाइदिने” बोलको गीत सार्बजनिक भएको छ । शुक्रबार बुटवलमा बुटवल कला साहित्य संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कसुर एल्बममा समावेस उक्त गीतको म्युजिक भिडियो सार्वजिनक गरिएको हो ।

  • बुटवलबाट सुनको महल सार्वजनिक
    लुम्बिनी टाइम्स | शुक्रबार, २१ माघ ।

    बुटवल । बुटवलमा एक कार्यक्रमको आयोजना गरी सुनको महल गीतको म्युजिक भिडियो सार्वजनीक गरिएको छ । चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

  • बुटवलमा नेपाल आईडलको अडिसन हुदै
    लुम्बिनी टाइम्स | बुधबार, १२ माघ ।

    भैरहवा। अन्तराष्ट्रिय आईडल सिरिज अन्र्तगत नेपालमा हुने नेपाल आईडलको अडिसन बुटवलमा हुने भएको छ । माघ १५ गते बुटवलको कालिका उच्च माविमा हुने अडिसनको प्रचार प्रसार तिव्र पारिएको छ । अडिसन प्रति बुटवल, भैरहवा, पाल्पा, सैनामैना, ४ नम्बर, चन्र्दौटा, अर्घाखाची, तौलिहवा लुम्बिनी, नवलपरासी लगायतका स्थानका संगीत अनुरागीहरु उत्साहित देखिएका छन ।

  • भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस बुटवलमा
    लुम्बिनी टाइम्स | शनिबार, १ माघ ।

    बुटवल । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस बुटवल आइपुगेका छन् । बागेश्वरी संगितालयले आयोजना गरेको ‘अल नेपाल डान्स च्याम्पियनसीप’को फाइनलको लागि उनि बुटवल आइपुगेका हुन् । ‘अल नेपाल डान्स च्याम्पियनसीप’को फाइनल आज शनिबार ५ बजे देखि बुटवल १३ देविनगरमा रहेको एन्फा एकेडेमिमा हुदै छ ।

  • ‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका युवा मृत भेटिए
    लुम्बिनी टाइम्स | शुक्रबार, २९ पुस ।

    काठमाडौँ । ‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवा मृत फेला परेका छन् । नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौँ विजयचोकस्थित डेरामा मृत फेला परेका हुन् ।

  • ‘छक्का पञ्जा’  युट्युवमा (पुरा फिल्म सहित)
    लुम्बिनी टाइम्स | शुक्रबार, २९ पुस ।

    काठमाडौं । दिपाश्री निरौंला निर्देशित फिल्म ‘छक्का पञ्जा’ युट्युवमा आएको छ । उक्त फिल्मलाइ ‘हाईलाईट्स नेपाल’ले युट्युवमा सार्वजनिक गरेको हो । रिलिजको केहि घण्टामै फिल्मलाई ५० हजार बराबरले हेरिसकेका छन् । नेपाली हलमा सर्वाधिक विजनेस गर्न सफल फिल्म देश तथा विदेशमा अन्य धेरै दर्शकको प्रतिच्छित फिल्म थियो ।

  • यस्तो छ विह्स्कीको लिरिकल भिडियो
    लुम्बिनी टाइम्स | शुक्रबार, २९ पुस ।

    काठमाडौं । चैत १८ गते रिलिज हुने फिल्म लालटिनले विह्स्की गीतको लिरिकल भिडियो आउट गरेको छ । विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । विह्स्की गीतलाई दर्शक एवं श्रोताले रुचाउने विश्वास लिइएको छ ।

  • कमल थापाको हातबाट टिका र माला लगाएर रेखा थापा राप्रपामा प्रवेश
    लुम्बिनी टाइम्स | सोमबार, २७ मंसिर ।

    काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल (राप्रपा) प्रवेश गरेकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय (कार्यकारी) अध्यक्ष कमल थापाको हातबाट टिका र माला लगाउँदै रेखा राप्रपा प्रवेश गरेकी हुन् ।

  • सैनामैना डासिन्ङ्ग आइडलको उपाधि स्वस्तीकालाइ
    लुम्बिनी टाइम्स | मंगलबार, २१ मंसिर ।

    सैनामैना । स्वस्तीका ढकाल प्रथम सैनामैना डासिन्ङ्ग आइडल–२०७३ को बिजेता रहेकी छन् । उनले नगद ३५ हजार शिल्ड प्रमाणपत्र सगै नोकिया मोबाईत हात पारेकी हुन् । प्रतियोगितामा स्मृति श्रीस द्धितीय, यूरिका खत्री तृतीय , प्रस्ना राना सान्त्वना तथा शिक्षा पोख्रेलले पाँचौ स्थान हासिल गरे । उनीहलाई क्रमश २० हजार,१० हजार,५ हजार,३ हजार नगद सगै प्रमाण पत्रले पुरस्कृत गरीएको अत्तिरीक्त क्रियाकलाप संयोजक दिपेन्द्र ढकालले जानकारी दिए ।

  • ‘जात्रा २’ को प्रतिक्षामा हमाल जोडी
    लुम्बिनी टाइम्स | मंगलबार, १४ मंसिर ।

    काठमाडौं । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् ।

  • गायक सचिन राईको ‘सँगै जिउने बाचा गरी’ सार्वजनिक
    लुम्बिनी टाइम्स | आइतबार, १२ मंसिर

    काठमाडौं । सुमधुर स्वरका धनीगायक सचिन राईको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सँगै जिउने वाचा गरी…’ यूट्यूवमार्फत सार्वजनिकभएको हो । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमाछायाँकनगरिएको म्यूजिक भिडियोमा कुमार, सरिका र राजेन्द्रले अभिनय गरेका छन् ।

  • कति कमायो जात्राले ?
    लुम्बिनी टाइम्स | बिहीबार, २ मंसिर ।

    काठमाडौं । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् ।

  • जात्राको लागि वर्षाले कोसँग गरिन् डेट
    लुम्बिनी टाइम्स | आइतबार, १४ कात्तिक ।

    काठमाडौं । नायिका तथा मोडल वर्षा राउतले नयाँ व्यक्तिसँग डेटिङ गएकी छिन् । कार्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्म ‘जात्रा’ ले गरेको अफर अनुसार उनले महाबौद्ध काठमाण्डौँ बस्दै आएका प्रदिप पौडेलसँग डेटिङ गएकी हुन् ।

  • बुटवलमा शुक्रबार कर्णदास साँझ हुदै
    लुम्बिनी टाइम्स | बिहीबार, ११ कात्तिक ।

    बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा कर्णदास लाइभ इन बुटवल हुने भएको छ । सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको यो पहिलो बृहत कार्यक्रम हो ।

  • बुटवलको तिहार महोत्सवमा प्रमोद र कुलेन्द्रले यसो गरे
    लुम्बिनी टाइम्स | बिहीबार, ११ कात्तिक ।

    बुटवल । कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा विहीबार चर्चित कलाकार प्रमोद खरेल र कुलेन्द्र विकले दर्शकलाई नचाए ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072