Main Menu
  |   Thursday, July 27, 2017
  • भलिबल प्रतियोगिताको उपाधि न्यू इन्भारन्मेन्टलाई
    लुम्बिनी टाइम्स | बुधबार, ३० चैत ।

    बुटवल । रुपन्देहीको तिलोत्तमा–११, शिवपुर स्थित शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा सञ्चालित मणिग्राम स्रोत केन्द्र स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि न्यू इन्भारन्मेन्ट माविले हात पारेको छ । उपाधिसँगै न्यू इन्भारन्मेन्टले नगद १५ हजार, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

  • सैनामैना गोल्डकप- देविनगर सेमिफाईनमा प्रवेश
    लुम्बिनी टाइम्स | बिहीबार, १० चैत ।

    सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुनौला संगम फुटबल क्लब बुटवल देबिनगर सेमीफाईनमा प्रवेश गरेको छ ।

  • सैनामैना गोल्डकपको सेमिफाईनमा फर्साटिकर प्रवेश
    ललित पाण्डेय | मंगलबार, ८ चैत ।

    सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज फर्साटिकर एफ सी सेमीफाईनमा प्रवेश गरेको छ । कपिलबस्तु जिल्ला फुटबल संघ लाई ५–४ गोल अन्र्तरले पराजित गर्दै फर्साटिकरले जितेको हो । निकै कडा प्रतिस्प्रर्धात्मक खेलमा दुबै टिम बाट १–१ गोल बराबरी भएपछि खेल ट्राईबेकरकमा धकलिएको थियो । प्रतियोगितामा फर्साटिकरका जर्सी न १२ का सुजन राना र कपिलबस्तुका केशव नेपालीले ३७ औ मिनेटमा गोल गरेपछि खेल बराबरी भएको थियो । ट्राईबेकरमा धकेलिएको खेलमा कपिलबस्तुका भरत कार्की , केशव नेपाली र विवेक मल्लले १–१ गोल गरेका थिए । त्यस्तै फर्साकिरका सुजन राना , भुपाल गुरुङ्ग , गौरव बुढा मगर , कृष्ण रानाले समान एक एक गोल गरेका थिए ।

  • सैनामैना गोल्डकप- नवलपारासी सेमिफाईनमा प्रवेश
    ललित पाण्डेय | सोमबार, ७ चैत ।

    सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज बाट क्वाटरफाईनका खेलहरु सुरु भएका छन् । सोमबार भएको क्वाटरफाईनको पहिलो खेलमा देशभक्त भैरव एफ सी नवलपरासी सेमिफाईनलमा प्रवेश गरेको छ ।

  • सैनामैना गोल्डकपमा कपिलबस्तुको जित
    ललित पाण्डेय | शनिबार, ५ चैत

    सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आजको खेल युनाईटड कपिलबस्तुले जितेको छ । सैनामैना ११ लाई २–१ गोल अन्र्तरले हराउदै कपिलबस्तुले खेल जितेको हो । शनिबार खेलमा सालझण्डीका ११ नम्बर खेलाडी उमेश थापाले ४० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पुरन भण्डारी , प्रवश थापाले एक एक गोल गरका थिए ।

  • रुपन्देही ११ ले चुम्यो नेपालगञ्ज गोल्ड कपको उपाधि
    लुम्बिनी टाइम्स | बिहीबार, ३ चैत ।

    नेपालगञ्ज । अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो ।६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो ।

  • प्रथम सैनामैना गोल्डकप सुरु
    ललित पाण्डेय | बुधबार, २ चैत ।

    सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । आयोजक जनप्रिय स्पोर्टिङ्ग युवा क्लब र देशभक्त भैरव एफ.सी नवलपरासी बिच खेल भएको हो । पहिलो खेलमा आयोजकलाई फराकीलो गोल अन्र्तर ८–२ ले हराउदै भैरव एफसी नवलपरासीले खेल जितेको हो । खेलमा नवलपरासीका १२ नम्बर खेलाडी राम बहादुर थापाले ६ गोल गरेका थिए । त्यस्तै फोरम बहादुर फौजा , सुरेन्द्र बुढाथोकीले १–१ गोल गरेका थिए ।

  • मणिमुकुन्द रनिङ्ग कप- बाग्लुङको विजयी सुरुवात
    लुम्बिनी टाइम्स | शनिबार, २९ माघ ।

    बुटवल । प्रथम मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उद्याटन खेलमा बाग्लुङले बिजयी सुरुवात गरेको छ । बाग्लुङले पाल्पालाई ३–२ को सेटमा हराउदै बिजयी सुरुवात गरेको हो । बागलुङले २१-२५, २५-२३, २५-२१, २०-२५ र १३ -१५ को सेटमा खेल जित्यो । आजको खेल गुल्मि र नवपरासी, रुपन्देही र स्याङ्गजा बिच हुने छ ।

  • तिलोत्तमामा क्षेत्रियस्तरको भलिवल प्रतियोगिता हुदै
    लुम्बिनी टाइम्स | बिहीबार, २७ माघ ।

    बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रथम मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
    माघ २८ गते देखि सुरु हुने प्रतियोगीतामा पश्चिमाञ्चल विकास क्षेत्रका १२ जिल्लाका टिमले सहभागिता जनाउने मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले जानकारी दिएको छ ।

  • बुटवलका गणेशलाई ब्याडमिन्टनको उपाधि
    लुम्बिनी टाइम्स | आइतबार, १६ माघ ।

    बुटवल । पाचौ पश्चिमाञ्चल क्षेत्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७३ को मेन्स सिगलकोउपाधि बुटवलका गणेश रायमाझीले हात पारेका छन । उनले फाईनल प्रतिस्प्रर्धामा पोखराका भुगोल गुरुङ्गलाई पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै उनले नगद २५ हजारसहित प्रमाणपत्र, शिल्डबाट पुरस्कृत भएका छन । उपविजेता गुरुङ्ग शिल्ड, नगद १५ हजार, प्रमाणपत्रमा चित्त बुझाएका छन । भने प्रतियोगितामा पोखराका विशाल खड्का र बाग्लुङ्गका राजेन्द्र खड्का तृतियस्थान हासिल गर्दै शिल्डसहित नगद १० हजार, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

  • सुपरलिगमा साई ग्लोवल बिजयी
    लुम्बिनी टाइम्स | सोमबार, १० माघ ।

    भैरहवा । भैरहवामा जारी नेपाल टेलीकम जिल्ला स्तरीय सुपर लिग अन्तरगत सोमवारको खेलमा साई ग्लोवल क्रीकेट क्लव बिजयी भएको छ ।
    बि डीभीजन अन्तरगत भएको खेलमा साई ग्लोवलले नमस्ते नेपाल क्रीकेट क्लवलाई ८ विकेटले हराउदै बिजयी भएको हो ।

  • नेपाल फिफा विश्व वरीयतामा ६ स्थान माथि उक्लियो
    लुम्बिनी टाइम्स | बिहीबार, २८ पुस ।

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ विश्व वरीयताक्रममा नेपालले थप ६ स्थान सुरक्षित गरेको छ । अघिल्लो महिना सार्वजनिक गरिएको वरीयताक्रममा ५ स्थान सुधार गर्दै १८१औं स्थानमा रहेको नेपाल फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा ६ स्थान फड्को मार्दै १७५औं स्थानमा आइपुगेको हो ।

  • बुद्ध टिभिलाइ भलिबल प्रतियोगिताको उपाधि
    स्वस्तिक श्रेष्ठ | सोमबार, १३ मंसिर ।

    बुटवल । बुटवलमा जारी बुटवलटुडे अन्तर मिडिया भलिबल प्रतियोगिता २०७३ को उपाधि बुद्ध टिभिले हात पारेको छ । सोमबार भएको प्रतियोगितामा बुद्धले आयोजक बुटवल टुडे दैनिकलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

  • बुटवल टुडे अन्तरमिडियाकप भलिबल-उपाधिका लागि आयोजक र बुद्ध टिभी भिड्ने
    स्वस्तिक श्रेष्ठ | आइतबार, १२ मंसिर ।

    बुटवल । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसर आयोजना आयोजना गरिएको ‘बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३’ को उपाधिका लागि आयोजक बुटवल टुडे दैनिक र बुद्ध टिभी भिड्ने भएको छ ।

  • योङ्ग स्टारलाई हराउंदै कास्की ११ क्वाटर फाइनलमा
    लुम्बिनी टाइम्स | बुधबार, ३ कात्तिक ।

    नवलपरासी । संरक्षित एक सिंगे गैंडाको संरक्षणका लागि आयोजना गरिएको राइनो संरक्षण गोल्डकप बुधबार भएको खेलमा कास्की ११ पोखरा विजयी भएको छ। अघिल्लो पटकको गैडा संरक्षण फुटबल प्रतियोगिताका उपविजेता योङ्ग स्टार क्लब ४–२ गोल अन्तरले पराजित भएको हो ।

  • राइनोकप फुटबल प्रतियोगिता सुरु
    लुम्बिनी टाइम्स | मंगलबार, २ कात्तिक ।

    कावासोती । संरक्षित एक सिंगे गैंडाको संरक्षणका लागि आयोजना गरिएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी विजयी भएको छ । उद्घाटन खेलामा पिप्ले युथ क्लब हेटौडा मकवानपुरलाई १ का विरुद्ध ३ गोल गर्दै जगदम्बा लुम्बिनी विजयी भएको हो ।जगदम्बा लुम्बिनीका लागि पूर्णबहादुर गुरुङ, मन्दिप थापा र अजित थापाले एक÷एक गोल गरेका थिए ।

  • देवदहमा जारी क्रिकेटमा रामापुर र कुमारवर्ति विजयी
    लुम्बिनी टाइम्स | बिहीबार, २३ भदौ ।

    बुटवल। देवदह क्रिकेट यूनिटको आयोजनामा देवदहमा सञ्चालान भईरहेको प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय नक–आउट क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारबाट सेमिफाईनलका खेलहरु सञ्चालन भएका छन । वर्षाका कारण खेलको नियमित कार्यतालिका प्रभावित भएर बिच–बिचमा रोकिएको सेमिफाईनलका खेलहरु बुधबारबाट सञ्चालन भएकाहुन् । बुधबार भएको पहिलो खेलमा रामापुर रिभाईभल्सले एपेक्स बार्डिङ्गलाई चार विकेटले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ ।

  • जिल्ला स्तरीय क्रिकेटमा ग्रिनप्लान्ट र बुद्ध पब्लिकको जित
    लुम्बिनी टाइम्स | मंगलबार, ३२ साउन ।

    बुटवल। रुपन्देहीको देवदहमा जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा मंगलबार दुईवटा खेलहरु भएका छन् । प्रतियोगिता अन्र्तगत मंगलबार भएको पहिलो खेलमा ग्रिनप्लान्ट उच्च मावि र दोस्रो खेलमा बुटवल पब्लिक स्कुल विजयी भएको छ । प्रतियोगिता अन्र्तगत आईतबारको पहिलो खेलमा ग्रिनप्लान्टले गार्गि ईन्टरनेशनल स्कुललाई ८ विकेटले पराजीत गरेको हो ।

  • नेपालले लियो नेदरल्यान्ड्ससँग बदला
    लुम्बिनी टाइम्स | मंगलबार, ३२ साउन ।

    काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। नेदरल्यान्ड्सको घरेलु मैदान भीआरमा भएको खेलमा नेपालले नेदरल्यान्ड्ससँग पहिलो खेलमा बेहोरेको पराजयको बदला लिँदै १९ रनले पराजित गरेको छ।

  • नेपाल र नेदरल्यान्ड्सबिचको दोस्रो खेल आज, जित हात पार्नेमा आशावादी
    लुम्बिनी टाइम्स | सोमबार, ३१ साउन ।

    काठमाडौं । नेपालले सोमबार नेदरल्यान्डससँग आमस्ट्राडामको भिआरए मैदानमा दोस्रो खेल खेल्दैछ । नेदरल्यान्ड्समा नेपालले निकै फितलो ब्याटिङ गर्दै आएको छ । नेपाल शनिबार पहिलो खेलमा ९४ रनमै अलआउट भएको थियो । लिस्ट ‘ए’ मान्यता खेलमा नेपालको यो न्युन स्कोर हो । बिहीबार नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा पनि नेपाल ८८ रनमै अलआउट भएको थियो ।

  • उसेन बोल्ट १ सय मिटर दौडमा ३ स्वर्ण जित्ने पहिलो खेलाडी
    लुम्बिनी टाइम्स | सोमबार, ३१ साउन ।

    जमैकाका धावक उसेन बोल्ट ओलम्पिकमा १ सय मिटर दौडमा ३ स्वर्ण जित्ने पहिलो एथलिट बनेका छन्। उनले सन् २००८, सन् २०१२ र जारी रियो ओल्मपिकमा स्वर्ण पदक जित्दै कीर्तिमान बनाएका छन्।

  • ओलम्पिकमा अचम्म : एकाएक निलो रंगको पानी हरियो कसरी भयो ?
    लुम्बिनी टाइम्स | बुधबार,२६ साउन ।

    ब्राजिलमा जारी ओलम्पिकमा यस्तो एउटा घटना भयो जसले दुनियाँलाई चकित पारेको छ । कुरा हो ओलम्पिकमा पौडी प्रतियोगिताका लागि बनाइएको पुलको । अघिल्लो दिन निलो रहेको पुलको पानीको रंग अर्को दिन एकाएक हरियो भयो ।

  • रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै, छैन पदकको आशा
    लुम्बिनी टाइम्स | मङ्गलबार, २५ साउन ।

    काठमाडौं : ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन्। पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ। उनको खेल नेपाली समयानुसार साँझ ५:२१ बाट सुरु हुनेछ।

    यसअघि मोक्तान शनिबार भएको खेलमा ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका छन्। ३६ वर्षीय मोक्तानले भारतीय खेलाडीलाई दासलाई अङ्कमा पछाडि पार्न सके अन्तिम १६ मा स्थान बनाउने छन्।

  • स्वीमिङमा प्रतिश्पर्धा गर्नु अघि गौरिकाको पोशाक कसरी च्यातियो ?
    लुम्बिनी टाइम्स | सोमबार २४ साउन ।

    काठमाडौं । रियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडीका रुपमा विश्वमै चर्चित भएकी नेपालकी जलपरी गौरिका सिंहको ‘स्वीम सुट’ अचानक च्यातियो ।

  • नेपालकी गौरिका सिंह अन्तिम १६ बाट बाहिरिइन्
    लुम्बिनी टाइम्स | आइतबार २३ साउन ।

    काठमाडौं । नेपालकी गौरिका सिंह सय मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन्। उनी ३१ स्थानमा रहिन्। उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी रहे। यो स्पर्धामा ३४ खेलाडीले भाग लिएका थिए।

  • ओलम्पिकमा क-कसले जिते स्वर्ण ?
    लुम्बिनी टाइम्स | आइतबार २३ साउन ।

    काठमाडौँ । ब्राजिलमा शनिबार बिहानदेखि औपचारिक रुपमा सुरु भएको रियो ओलम्पिक २०१६ मा पहिलो दिन दक्षिण कोरिया, अमेरिका, अर्जेन्टिना, बेल्जियम र हंगेरी, रुस र भिएतनामले स्वर्ण पदक जितेका छन् । अमेरिका र दक्षिण कोरियाले एक स्वर्ण र एक रजत पदक जितेका छन् ।

  • नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै
    लुम्बिनी टाइम्स | आइतबार २३ साउन ।

    काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् ।

  • फुपुको पहिलो भिड्न्त क्युबाकी इस्पिनोसासँग
    लुम्बिनी टाइम्स | शनिबार २२ साउन ।

    काठमाडौं । रियो ओलम्पिकमा नेपालको झन्डा फहर्याएकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले आफ्नो पहिलो खेल क्युबाकी मारिसेट इस्पिनोसासँग भिड्नु पर्ने पक्का भएको छ। यी दुईबीचको खेल मंगलबार साँझ ५ बजेर ४५ मिनेटमा हुनेछ।

  • ओलम्पिकमा नेपालका जीत ६० औं स्थानमा, शनिवार भारतीय खेलाडीसँग भिड्ने
    लुम्बिनी टाइम्स | शनिबार २२ साउन ।

    काठमाडौं । नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले ३१ औं गृष्मकालीन ओलम्पिकको पहिलो दिन शुक्रबार प्रारम्भिक चरण (र्‍यांकिङ राउन्ड) मा ६ सय ७ स्कोर गरेका छन् ।

    रियो ओलम्पिकको आर्चरीतर्फ ६० औं स्थान बनाएका नेपालका जीतबहादुर मोक्तानले पुरुष एकलतर्फको स्पर्धामा स्वर्णका लागि पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्ने भएको छ।
    शुक्रबार साँझ रियो दि जेनेरियोमा ५६ देशका ६४ खेलाडी सहभागी ‘र्याङकिङ’ राउन्डको खेलमा जीतले ६० औं स्थान ओगट्न सफल भए।

  • यसरी शुरु भयो रियो ओलम्पिक, हेर्नुस् तस्वीरहरु
    लुम्बिनी टाइम्स | शनिबार २२ साउन ।

    काठमाडौं । रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । रियो ओलम्पिक अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उद्घाटन समारोह नेपाली समय शनिबार बिहान सुरु भएको हो । दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

  • रियो ओलम्पिकको उदघाटन आज, पहिलो दिन नेपालले आर्चरीमा खेल्ने, तस्वीरमा हेर्नुस् रियोको तयारी
    लुम्बिनी टाइम्स | शुक्रबार २१ साउन ।

    काठमाडौं । विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता रियो ओलम्पिकको उद्घाटन शुक्रबार ब्राजिलमा हुँदैछ । नेपाली समय अनुसार भने शनिबार बिहान पौने ५ बजे मात्र उद्घाटन हुनेछ । प्रतियोगिता ब्राजिलको रियी दि जेनेरियोमा हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालबाट आर्चरीका जितबहादुर मुक्तानले प्रतिस्पर्धा गर्नेछन् ।

  • यस्तो छ नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली क्रिकेट टोली
    लुम्बिनी टाइम्स | बुधबार, १९ साउन ।

    काठमाडौं । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ निलम्बन परेको अवस्थामा आइसिसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो ।

  • स्थगित लिस्नुकपको फाइनल आज
    लुम्बिनीटाइम्स | आइतबार, ९ साउन ।

    बुटवल । अविरल वर्षाका कारण स्थगित भएको १६ औं लिस्नुकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज आइतबार हुंदैछ । यसअघि शुक्रबार हुने भनिएको फाइनल खेल भारी वर्षाका कारण खेलाउन नसकी मिति सारिएको थियो । उपाधिका लागि पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र बुटवल र डीवाईसी कोटहीमाई रुपन्देही भिड्दै छन् ।

  • लिस्नु कप फुटबल: फाइनलमा डीवाईसी र प्रहरी भिड्ने
    लुम्बिनी टाइम्स | बुधबार, ५ साउन ।

    बुटवल । लिस्नु युवा क्लबको आयोजनामा रुपन्देहीको कोटिहवामा जारी १६ औं लिस्नुकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा डीवाईसी कोटहीमाई रुपन्देही विजयी हुंदै फाइनलमा प्रवेश गरेको छ ।

  • ‘क्रिकेटको घर’मा नेपालको शानदार जीत
    लुम्बिनी टाइम्स | बुधबार, ५ साउन ।

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतमा अर्को जीत हात पारेको छ । बेलायतको मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई ४१ रनले हराएको छ। लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेलु टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो।

  • लिस्नु कप फुटबल: भूमहीमाथि करौजियाको फराकिलो जित
    लुम्बिनी टाइम्स | शनिबार, १ साउन ।

    बुटवल । लिस्नु युवा क्लबको आयोजनामा रुपन्देहीको कोटिहवामा जारी १६ औं लिस्नुकप फुटबल प्रतियोगितामा शनिबारको तेस्रो क्वाटर फाइनल खेलमा न्यू सिर्जना युवा क्लब करौजिया विजयी हुंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

  • लिस्नु कपमा क्वाटरफाइनल खेल सुरु
    लुम्बिनी टाइम्स | शुक्रबार, ३१ असार ।

    बुटवल । लिस्नु युवा क्लब कोटिहवाको आयोजनामा रुपन्देहीको कोटिहवामा जारी १६ औं लिस्नुकप फुटबल प्रतियोगिता अन्तर्गत
    बिहीबार पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र बुटवल विजयी भएको छ ।

  • लिस्नु कपमा नारायणगढको जित
    लुम्बिनी टाइम्स | सोमबार, २७ असार ।

    बुटवल । लिस्नु युवा क्लब कोटिहवाको आयोजनामा रुपन्देहीको कोटिहवामा जारी १६ औं लिस्नुकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा नारायणगढ फुटबल क्लब नारायणगढ सडेनडेथको सहाराले विजयी भएको छ ।

  • अफ द फिल्ड हाम्रो धेरै समस्या भयो : भावना
    लुम्बिनी टाइम्स | सोमबार, २७ असार ।

    भावना घिमिरे २०७१ को कात्तिकमा नेपाल क्रिकेट संघ (क्यान)को प्रमुख कार्यकारी अधिकृत रुपमा नियुक्त भएकी हुन् । त्यसयता उनले झण्डै २१ महिना क्यानको सिइओका रुपमा काम गरिन् । उनले क्रिकेट संघका काम गर्ने वातावरण नभएको भन्दैं पदबाट राजीनामा दिएकी छन् ।

  • युरोकप फुटबलको उपाधि पोर्चुगललाई
    लुम्बिनी टाइम्स | सोमबार, २७ असार ।

    काठमाडौं । फ्रान्सलाई उसकै घरेलु मैदानमा हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ । आयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको हो ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072