Main Menu
  |   Monday, August 20, 2018
  • पाल्पामा लोप हुँदै पौष्टिक अन्न कोदो
    लुम्बिनी टाइम्स | १९ माघ ।

    पाल्पा । पछिल्लो समय पाल्पाका किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको माथागडी गाउँपालिका झडेवाका लोक बहादुर घर्तीले बताउँछन् । कोदो बालीप्रति किसानको आकर्षण घटेकाले यस्तो स्थिती सिर्जना भएको उनको भनाइ छ । कोदो खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन । गाँउघरमा कोदोको महत्व नबुझदा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिने घर्तीले बताए ।

  • आएनन् कर्मचारी
    सी. पी. खनाल | १८ माघ ।

    बुटवल । पाँच नम्बर प्रदेशको प्रदेश सभा शुरु हुन चार दिन मात्र बाँकी छ । तर प्रदेश सभा सचिवालयमा खटाएका कर्मचारी प्रदेश राजधानी बुटवल आइपुगेका छैनन् ।

  • चन्द्रौटामा सार्वजनिक शौचालय
    लुम्बिनी टाइम्स | १५ माघ ।

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य वजारको रुपमा चिनिएको चन्द्रौटा बजारमा सार्वजनिक शौचालय संचालनमा आएको छ । शिवराज नगरपालिका द्धारा संचालित रहेको उक्त शौचालय आइतवार नगरप्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गरे ।

  • तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सुरु
    लुम्बिनी टाइम्स | ८ माघ ।

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सोमबारबाट मणिग्राममा सुरु भएको छ ।

  • खुल्ला आकाश मुनी ५ बर्ष विताउदा समेत कुनै राहत पाएनन्
    लुम्बिनी टाइम्स | ३ माघ ।

    पाल्पा । पाल्पाको तानसेन नगरपालिका कुन्सरेका एक गरिब परिवार खुल्ला आकाशमा ५ बर्ष विताउदा समेत उनीहरुले कुनै राहत पाउन सकेका छैनन् । जंगलको बीचमा बल बहादुर वि.कका ३ बालक र श्रीमती सहित जंगली जनावरको डर र चिसोले कठ्याग्रिएर रात विताउन बाध्य भएको बताउछन् ।

  • रात कटाउँदैनन् पर्यटक
    लुम्बिनी टाइम्स | १ माघ ।

    भैरहवा । पछिल्ला बर्षहरूमा स्थलमार्ग रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रने पर्यटक बढ्दै गए पनि उनीहरूको नेपालमा बसाई भने लम्बिन सकेको छैन । जसका कारण पर्यटकको संख्या बढ्दा पनि व्यवसायी तथा सरकारलाई अपेक्षाकृत लाभ भएको छैन ।

  • खोटो विक्रीबाट मोटरबाटो पुगेपछी
    लुम्बिनी टाइम्स | २४ पुस ।

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले मोटरबाटो खन्न सधै बजेटको अभाव भईरहयो ।

  • भैरहवा–तौलिहवा सडक स्तरोन्नतिको काम शुरु
    दीपक घिमिरे/ रासस | १७ पुस ।

    लुम्बिनी । अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।

  • अघि बढ्यो ‘लुम्बिनी स्मार्ट सिटी’को योजना, क्वाकको शान्ति शहर ओझेलमा
    प्रदीप आचार्य | सोमबार २४ साउन ।

    लुम्बिनी । सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न काम अघि बढाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत नयां शहर आयोजनाले लुम्बिनी सहित निजगढ र पालुङ्टारलाई समेत स्मार्ट सिटीको रुपमा विकास गर्न परामर्सदाता छनोटका लागि सूचना जारी गरेको छ । छनोट हुने परामर्शदाता कम्पनीले संसारका महत्वपूर्ण स्मार्ट सिटीहरुको गुरुयोजना बनाएका विज्ञहरुको सहयोगमा काम गर्नुपर्ने प्रावधान छ । परामर्शदाता कम्पनीले लुम्बिनी,निजगढ र पालुङ्टारमा बन्ने स्मार्ट सिटीको मापदण्ड बनाउने,आधाररेखा बनाउने,गुरुयोजना तयार पार्नेे,२० वर्षे रणनीति बनाउने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पार्नेछन् । यो सवै काम परामर्शदाता कम्पनीले आगामी १० महिनाभित्र पुरा गर्नुपर्ने प्रावधान छ ।

  • लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो
    लुम्बिनी टाइम्स | शुक्रबार २१ साउन ।

    हामीले एउटा आर्थिक वर्ष सक्यौं । समीक्षा ग¥यौं । अबका कामका बारेमा योजना बनायौं । लुम्बिनीले मधेश आन्दोलनका कारण धेरै क्षति बेहोर्नुप¥यो । आन्दोलनकै कारण भौतिक पूर्वाधार तर्फ ५० प्रतिशत र पूजीगततर्फ ४५ प्रतिशत मात्रै बजेट खर्च भएछ । गुरुयोजनाका कामहरु पनि प्रभावित भए । अब हामीले नयाँ ढंगले काम गर्नुछ ।

  • बुद्ध जयन्तीको तयारी तीव्र
    लुम्बिनी टाइम्स | मंगलबार , ४ जेठ ।

    लुम्बिनी । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सव नजिकिदै गर्दा लुम्विनीमा यसको तयारी तीब्र पारिएको छ । लुम्विनी विकास कोषका विभिन्न तयारी उपसमितिहरुले दिनरात काम गरिरहेका छन् ।

    लुम्विनीको मायादेवी मन्दिर,परिक्रमा पोखरी र विभिन्न सर्भिस सडकहरुमा सरसफाई र रंगरोगनका कामहरु भइरहेका छन् । दुइ पटक टेन्डर आब्हान गर्दा समेत ठेक्का नलागेपछि कोषले मायादेवी मन्दिरको रंगरोगन,पोखरीहरुको सरसफाई लगायतका कामहरु अमानत प्रकृयाबाट गराइरहेको छ । चारैतिर झण्डा,तुल ब्यानर र पतकाहरुले लुम्विनी विकास कोष क्षेत्र दुलही झैं सिंगारिएको छ । कोष क्षेत्रभित्र बगैंचाहरुको मर्मत,सडकहरुको मर्मत,फुटेका टायल वा ईंटाको मर्मत लगायतका काम गर्न दैनिक २ सय भन्दा बढी कामदार खटाइएका छन् ।

    परिक्रमा पोखरी वरिपरिको घांस काटेर सफा गरिएका कारण त्यो क्षेत्र सुन्दर देखिएपनि पोखरीमा पानी सुकेका कारण केही खल्लो महसुस भएको छ । कोषले आफ्नो क्षेत्र भित्र र वाहिर समेत सरसफाइका काम गरिरहेको कोषका प्रशासन प्रमुख चुरामणी भट्टराइले बताए ।
    शान्तिदीप देखि मायादेवी मन्दिर,पर्सा चौराहादेखि बुद्ध जयन्तीको मूख्य समारोह स्थल म्यूजियमसम्म र केन्द्रिय नहरको दायांबायां समेत ध्वजापतकाले झकिझकाउ पारिएको छ । कोष क्षेत्रभित्र र वाहिर बनाइएका अस्थायी टहरा,टंकी,त्रिपालहरु हटाएर मायादेवी मन्दिर प्रवेश गर्ने मूख्यद्धार खाली गरिएको छ । उक्त क्षेत्रमा जेष्ठ ६ देखि ८ गतेसम्म सवारी पार्किङ समेत निषेध गरिएको लुम्विनी विकास कोषका सुरक्षा अधिकृत लिला बहादुर श्रेष्ठले बताए ।

  • बान की मुन लुम्बिनी आउन इच्छुक
    प्रदीप आचार्य | आइतबार, २३ फागुन ।

    लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनी भ्रमण गर्न इच्छुक देखिएपनि नेपाल सरकारले वेवास्ता गरेको पाइएको छ । नेपाल सरकारले वातावरण बनाए वान आगामी वैशाखमै लुम्बिनी भ्रमणमा आउन चाहेको सूचना गत पुष महिनामै परराष्ट्र मन्त्रालयमा आएको थियो । तर सरकारले यस विषयमा अहिलेसम्म छलफल समेत गरेको छैन ।

    ‘लुम्बिनी विश्व शान्ति शहर’को गुरुयोजना निर्माणकर्ता कोरियन प्रोफेसर क्वाकले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दूर्गा प्रसाद भट्टराइलाई भेटि वानले लुम्बिनी भ्रमण गर्न चाहेको सूचना दिएका थिए । लगत्तै भट्टराइले परराष्ट्र मन्त्रालयलाई ‘गोप्य र जरुरी’ पत्र प्रेषित गरि ‘लुम्बिनी विश्व शान्ति शहर’को गुरुयोजना कार्यान्वयनका लागि आर्थिक सहायताको अभाव नहुने देखिएकाले सकेसम्म आगामी वैशाखमै नभए सन् २०१६ भित्रै वानको प्रमुख आतिथ्यतामा उक्त गुरुयोजनाको शीलान्यास गर्ने तयारी गर्न आग्रह गरेका थिए ।

  • लुम्बिनीको काखमा साईकल यात्री
    लुम्बिनी टाइम्स | शनिबार, १६ माघ ।

    भैरहवा । महिला सशक्तिकरण एवं पर्यावरण संरक्षणप्रति जागरुकता प्रदान गर्न भन्दै नेपालको काठमाडौंबाट साईकल यात्रामा हिंडेको टोली भारतका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी शनिबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ । मानव जीवनलाई प्रदुषणमुक्त बनाएर मानव जीवनको कल्याणको लागि सन्देश प्रवाह गर्न भन्दै बौद्ध भिक्षुणीको २५० जनाको टोली मंसिर २ गते काठमाडौंबाट साईकल यात्रामा निस्केको थियो । टोली भारतका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी शनिबार लुम्बिनी आइपुगेको हो ।

  • रामग्राम स्तूपमा बौद्धभिक्षु सम्मेलन हुने
    लुम्बिनी टाइम्स | आइतबार, २७ मंसिर ।

    नवलपरासी । शान्तिका दूत गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राममा आगामी चैत पूर्णिमामा बौद्धभिक्षु सम्मेलन गरिने भएको छ ।
    गौतम बुद्धको अस्तुधातु बनाइएका प्राचीन बौद्धस्थलमा रहेका भिक्षुलाई रामग्राम स्तूपमा जम्मा गरी सम्मेलन गर्ने तयारीमा स्थानीयवासी जुटेका हुन् ।

    शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि उनका अस्तु तत्कालीन शाक्य, कोलिय, बैशाली, मगध, बलिया, उज्जैनलगायत विभिन्न गणराज्यका राजाले लगेर आआफ्ना राज्यमा स्तूपको निर्माण गराएका थिए । रामग्राम स्तूपबाहेक अन्य स्थानको स्तूप तत्कालीन मगधका मौर्यसम्राट् अशोकले उत्खनन गराई संसारभरि बुद्धको स्तूप बनाउन लगाएका थिए ।

  • ‘बृहत लुम्बिनी विकास’ योजनासहित काम सुरु गर्ने सरकारको तयारी
    लुम्बिनी टाइम्स | शुक्रबार, १८ मंसिर ।

    काठमाडौँ । सरकारले गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीलाई ‘बृहत् लुम्बिनी विकास’ नामको नयाँ योजनासहित काम सुरु गर्ने तयारी गरेको छ ।
    बृहत् लुम्बिनीको समग्र विकास निमार्णमा ढिलाइ भएकाले लुम्बिनी विकासको गुरुयोजना पुनरवलोकन गर्ने र त्यसको अवधारणाको सम्बन्धमा थप अध्ययन प्रारम्भ गर्ने तयारी भएको हो ।

  • यसकारण पर्यटक आएनन् लुम्बिनीमा
    दीपक घिमिरे | बुधबार, २७ असोज ।

    भैरहवा । मुलुकमा आएको प्राकृितक विपत्ति र देशको राजनीकि अस्थिरताका कारण लुम्बिनीमा पर्यटक आगमनको सङ्ख्यामा ह्वात्तै कमी आएको छ ।
    लुम्बिनी विकास कोषले निकालेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा पर्यटक आगमनमा लगभग आधाले कमी आएको उल्लेख छ ।

  • लुम्बिनी बिकास कोषमा लगाईएको ताला खुल्यो
    दीपक घिमिरे | बुधबार, १३ असोज ।

    भैरहवा । लुम्बिनी बिकास कोष प्रधान कार्यालय रुपन्देहीमा मधेशी मोर्चाका कार्यकर्ताले लगाएको ताला आज देखि खुलेको छ । जिल्ला स्थीत सुरक्षा समितिमा आबद्ध पदाधिकारीहरुले लुम्बिनीको निरिक्षण गर्दै कोषको आन्तरीक सुरक्षा निकायलाई ताला खोल्न लगाएपछि बिगत १५ दिन अगाडि देखि लागको ताला खुलेको हो । ताला खुलेसंगै लुम्बिनी बिकास कोषको प्रशाशनिक काम कार्वाही अगाडि बढाउन निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्ण प्रसाद ढकालले जानकारी दिएका छन् ।

  • लुम्बिनीमा यसकारण लफडा
    लुम्बिनी टाइम्स | सोमबार, ३२ साउन ।

    लुम्बिनी । राजनैेतिक नियुक्तिबाट आएका तीनजना पदाधिकारी तीन तिर फर्किंदा लुम्बिनीमा किचलो बढ्दै गएको छ । पदाधिकारीहरुवीच बोलचाल समेत बन्द हुने गरि किचलो बढ्दै गएकोे मौका छोपी कर्मचारीहरु समेत आन्दोलनमा छन् ।

  • यसरी बढ्नेछन् लुम्बिनीमा पर्यटक
    प्रदीप आचार्य | बुधबार, ६ साउन ।

    लुम्बिनी । संसारभरका बौद्धमार्गीहरु सवैभन्दा पहिला बुद्ध जन्मस्थल लुम्बिनी आएपछि मात्रै अन्य मुलुक भारत, चीन तथा बुद्धिष्ट मुलुकहरु जापान, कोरिया, म्यानमार र भियतनाम जाने बातावरण बन्ने अपेक्षा समेत गरिएको छ । लुम्बिनी आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य बृद्धि गर्न र बसाई अवधि समेत लम्बाउन विभिन्न योजनाहरु अगाडी सारिएका छन् । सन् २०२४ सम्म विदेशी पर्यटकको संख्या सन् २०१३ को तुलनामा करिव पाँच गुणाले बृद्धि गर्ने लक्ष्य राखिएको छ । सन् २०१३ मा लुम्बिनी आउने पर्यटकको कूल संख्या ८ लाख ४९ हजार रहेकोमा सन् २०२४ सम्ममा ३३ लाख ५४ हजार पुग्ने प्रक्षेपण छ ।

  • लुम्बिनीमा फडेलको रुखबाट पानीको बर्षा ( भिडियो सहित )
    दीपक घिमिरे | आइतबार, ३ साउन ।

    भैरहवा । लुम्बिनी स्थित मनाँ मन्दिरको छेउ नजिक रहेको एक रुखबाट लगातार पानी झरिरहेको छ । स्थानिय भाषामा फडेल भनिने उक्त रुखवाट बिगत ८ दिन देखि निरन्तर रुपमा पानी बर्षा झै झरिरहेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

  • यसरी बन्नेछ लुम्बिनी स्मार्ट सिटी
    प्रदीप आचार्य | शुक्रबार, २५ असार ।

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीलाई स्मार्ट सिटी बनाउने महत्वाकांक्षी योजना सरकारले नीति तथा कार्यक्रममा समावेश गरेपछि यसको बारेमा चर्चा शुरु भएको छ ।
    सरकारले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘स्मार्ट सिटी’ बनाउने अति महत्वकांक्षी योजना अघि सारेको छ ।

  • स्वर्गको टुक्रा बन्दैछ लुम्बिनी
    प्रदीप आचार्य | बिहीबार, १७ असार ।

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सकिएको छ । तर गुरुयोजना क्षेत्रभित्र निर्माण हुने ठूलो लागतका आयोजनाहरु बांकी रहेकाले लुम्बिनी गुरुयोजना पुरा गर्न अझै पाँच अर्ब लाग्ने अनुमान छ । ८० प्रतिशत काम पुरा हुँदासम्म लुम्बिनीमा चार अर्बभन्दा बढी लगानी भइसकेको छ । ८० प्रतिशत काम हुँदा जापनि वास्तुकलावीद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरे अनुसार लुम्बिनी सुन्दर र भब्य देखिन थालेको छ । चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणका काम करिव सकिएका छन् । यहाँ उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम मात्र बाँकी छ । पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुवो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ ।आगामी वर्षभित्र यो काम सम्पन्न भएपछि पर्यटकहरुले परिक्रमा पोखरी वरिपरि बसेर आनन्द लिनेछन् । पोखरीको डिलमा बनेको परिक्रमा पथमा ईंटा छाप्ने काम पनि पुरा भएको छ ।

  • ‘नेपाल सुरक्षित छ’  भन्न पर्यटन ब्यबसायी बिदेश जाने
    लुम्बिनी टाइम्स | शुक्रबार, ११ असार ।

    भैरहवा । दुई महिना अघि बैशाख १२ र त्यसपछी गएको भुकम्पका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभाबित भएको र बिदेशमा नेपाल भ्रमण सुरक्षित छैन भन्ने भ्रम चिर्नका लागी अघिल्लो महिना बाट अभियान सुरु गरेका लुम्बिनी क्षेत्रका पर्यटन ब्यबसायीहरु दोश्रो चरणमा पुनह प्रबद्र्धनात्मक कार्यक्रम लिएर पाँच देशको भ्रमणमा जाने भएका छन् ।एशोसियसनले लुम्बिनीमा पत्रकार भेटघाट तथा छलफल गर्दै प्रबद्र्धनात्मक कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

  • लुम्बिनी टुर प्याकेज तयार
    प्रदीप आचार्य | शनिबार, ५ असार ।

    लुम्बिनी । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरेर पहिलो पटक टुर प्याकेजहरु तयार भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्र र जिल्लाहरुलाई समेत समावेश गरेर त्यस्ता प्याकेजहरु तयार गरिएका हुन् । लुम्बिनी घुम्न आउने पर्यटकका लागि अहिलेसम्म टुर प्याकेजहरु बन्न सकेका थिएनन् । अधिकांश पर्यटकहरु भारतीय पर्यटन ब्यवसायीले बनाएको टुर प्याकेजमा घुमेर उसैदिन फर्किने गरेका थिए ।

  • लुम्बिनी विकास कोषको उपाध्यक्षमा भिक्षु निग्रोध
    लुम्बिनी टाइम्स | सोमबार, ४ जेठ ।

    काठमाडाैं । पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) लाइ नियुक्त गरेको छ ।

  • भूकम्पले लुम्बिनीमा केही भएको छैन
    लुम्बिनी टाइम्स | मंगलबार, २९ वैशाख ।

    लुम्बिनी । आज मंगलबार दिउसो आएको भूकम्पका कारण बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा क्षति पुगेको भन्ने खबर झुटो भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

  • सुरक्षित छ शान्तिको मुहान लुम्बिनी
    लुम्बिनी टाइम्स | सोमबार, २८ वैशाख ।

    बुटवल । शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटन एवम् तीर्थाटन गर्न सुरक्षित रहेको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ ।
    युनेस्को विश्व स‌‌ंस्कृति सम्पदामा समेटिएको लुम्बिनीमा बैशाख १२ गते आएको महाभूकम्पको कुनै किसिमको असर, प्रभाव नपरेको भन्दै कोषले आन्तरिक तथा बाह्य बौद्ध–धार्मिक तिर्थयात्री तथा धर्मिक–पर्यटकहरुले बृहत्तर लुम्बिनी क्षेत्रहरुमा भ्रमण गरिहेको जनाएको छ ।

  • यसरी मनाइयो बुद्ध जयन्ती एवम लुम्बिनी दिवस
    लुम्बिनी टाइम्स | सोमबार, २१ वैशाख ।

    लुम्बिनी । यही बैशाख १२ गते नेपालमा आएको प्रलयकारी महाभुकम्पमा परी ज्यान गुमाएकाहरुको चिरशान्ति तथा घाईतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गर्दै २५५९ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०७२ भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मनाईएको छ ।

  • लुम्बिनीमा महाभूकम्प प्रभावितका लागि  प्रार्थना (तस्विरहरु सहित)
    लुम्बिनी टाइम्स | सोमबार, २१ वैशाख ।

    लुम्बिनी । यस पटकको २५५९ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस महाभुकम्प प्रभावितहरुको सहयोगमा केन्द्रित गर्दै मनाइएको छ । वैशाख १२ गते शनिबार आएको भूकम्पबाट ज्यान गुमाएका तथा घाइतेहरुको सम्झना गर्दै बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसमा विभिन्न कार्यक्रम गरिएको हो ।

  • बुद्ध विवाद-कहाँ चुकेको छ नेपाल ?
    डा. विपिन अधिकारी | शुक्रबार, ११ वैशाख ।

    सबैलाई थाहा छ, बुद्ध कहाँ जन्मेका हुन्। केवल लुम्बिनीको विद्यमानता मात्र होइन, सबै प्रमाण यदि छन् भने नेपालकै पक्षमा छन्। अशोक स्तम्भ र त्यहाँ उल्लेखित हरफहरू ताजै छन्। त्यसैले जुन कुरा आफैंमा प्रमाणित छ, त्यसका लागि कसैको प्रमाणपत्र खोज्नु जरुरी छैन। मूल प्रश्न बुद्ध नेपालमा जन्मिएता पनि के नेपाली जातिले आफ्नो क्षमता र सामथ्र्यअनुसार बुद्धलाई नेपालमा स्थापित गर्न सकेको छ त?

  • लुम्बिनीमा स्तरीय होटल खुल्ने क्रम बढ्यो
    दीपक घिमिरे | बुधबार, २ बैशाख ।

    लुम्बिनी । लुम्बिनी सहित बुद्धसँग सम्बन्धित क्षेत्रलाई बुद्ध सर्किट बनाएर अगाडि बढ्ने चर्चासंगै लुम्बिनीमा स्तरीय होटल खुल्ने क्रम बढेको छ । बिश्व शान्किो मुहान लुम्बिनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिहरुको चासो बढेपछि लुम्बिनी क्षेत्रमा पछिल्लो समयमा ठूला लगानीमा होटल खुल्न थालेका हुन् ।

  • ‘नयां वर्षमा लुम्बिनी जाऔं, सडकमा खाऔं’
    लुम्बिनी टाइम्स | अाइतबार, २९ चैत

    रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सडक खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएका छन् । ‘नयां वर्ष २०७२ मा लुम्बिनी जाऔं, सडकमा खाऔं सडकमै रमाऔं, नारासहित उद्योग ब्यापार संगठन रुपन्देही र लुम्बिनी सांस्कृतिक नगरपालिका शाखाको संयुक्त आयोजनामा आगामी बैसाख १ गते महोत्सव हुन लागेको हो ।

  • बुद्धजन्मस्थलमा बर्थिङ सेन्टर !
    प्रदीप आचार्य | बुधबार, २५ चैत ।

    लुम्बिनी । महामानव गौतम बुद्धको जन्म भएको स्थल रुपन्देहीको लुम्बिनीमा बच्चा जन्माउन चाहनेहरुलाई खुशीको खबर छ । लुम्बिनीमा मायादेवी प्रसुति अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । बुद्ध जन्मेको पवित्र भूमिमा आफ्ना सन्तानलाई जन्म दिने चाहना राख्ने पर्यटकलाई लक्षित गरेर यस्तो प्रस्ताव आएको हो । लुम्बिनीमा आफ्ना सन्तानलाई जन्म दिने चाहना राखेका पर्यटकहरु विगतदेखि नै सम्पर्कमा आएका कारण त्यस्ता पर्यटकका लागि प्रसूति अस्पताल जरुरी रहेको लुम्विनी विकास कोषको भनाई छ ।

  • लुम्बिनी विकास कोषको काम प्रभावित
    लुम्बिनी टाइम्स | आइतबार , २२ चैत ।

    लुम्बिनी । अन्तराष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिना भन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ ।
    कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सख्या रिक्त हुन पुगेको छ । तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यायाङ्बो शेर्पाले गत पुस २५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यसमक्ष राजीनामा बुझाएका थिए ।

  • लुम्बिनीबारे अब यसरी सोंच्ने कि !
    माधव अर्याल | आइतबार, १५ चैत ।

    रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा या अन्य गुल्मी र अर्घाखाँचीको एक्लाएक्लै विकास नभई समग्र र एकीकृत रुपमा सोंच बनाउन जरुरी छ । किन भने भैरहवामा बन्ने विमानस्थलको फाईदा पहाडी तीन जिल्ला र तराइका नवलपरासी र कपिलवस्तुले पनि पाउनेछन् ।

  • बाह्रौँ राष्ट्रिय बौद्ध सम्मेलन बेंसीसहरमा
    लुम्बिनी टाइम्स | शनिबार, १४ चैत ।

    काठमाडौँ । धर्मोदय सभाद्वारा प्रत्येक दुई दुई वर्षमा नेपालका विभिन्न स्थानमा आयोजना हुँदै आएको राष्ट्रिय बौद्ध सम्मेलन यस वर्ष १२औँ राष्ट्रिय बौद्ध सम्मेलनका रुपमा लमजुङको बेँसीसहरमा आगामी जेठ ८ देखि १० गतेसम्म हुने भएको छ ।

  • हट्यो पूरातात्विक क्षेत्रको अतिक्रमण
    लुम्बिनी टाइम्स | बिहीबार, १२ चैत ।

    कपिलवस्तु । कपिलवस्तुको दोहनी गाबिस–१ मा रहेको पुरातात्विक स्थल दोहनीकोटमा अतिक्रमण गरी बनाईएका घर टहरा हटाईएको छ । दोहनीकोटमा भएको अतिक्रमणप्रति ध्यानकर्षण भएको जनाउदै स्थानीय प्रशासनको निर्देशन पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको अगुवाईमा डोजर लगाएर रहेका ७ घर टहरा भत्काईएको हो ।

  • लुम्बिनीमा बन्दैछ संसारकै उत्कृष्ट महासिद्ध विश्व शान्ति स्तुपा
    लुम्बिनी टाइम्स | बिहीबार, १२ चैत ।

    लुम्बिनी । बौद्ध धर्म गुरू तेन्जिङ रिम्पोछेले लुम्बिनीस्थित कोरियन टेम्पलको छेउमा एउटा भब्य र आकर्शक विश्वकै उत्कृष्ट महासिद्ध विश्व शान्ति स्तुपा निमार्ण गर्ने भएका छन्।

  • लुम्बिनीमा ग्रेटवाल बनाउन प्रस्ताव
    महेन्द्र थापा | मंगलबार, १० चैत ।

    रूपन्देही । लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि गुरु योजनाअन्तर्गत १४ किलोमिटर लामो सुरक्षा पर्खाल परिवर्तन गरी ग्रेटवाल बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । कोषका सदस्यसचिव अजितमान तामाङका अनुसार ग्रेटवाल संसारका सात आश्चर्यमध्ये गणना हुने चीनको ग्रेटवालजस्तै भव्य र विशाल हुनेछ। कोषको हालैको बोर्ड बैठकले ग्रेटवाल बनाउने निर्णय गरेको हो। कोषले योजना स्वीकृतिका लागि आइतबार पर्यटन तथा संस्कृति मन्त्रालयमा पेस गरेको छ ।

  • चौडा हुँदैछन् लुम्विनी जोड्ने  पुल
    प्रदीप आचार्य | मंगलबार , ३ चैत ।

    लुम्विनी । भैरहवा हुंदै लुम्विनी पुग्ने अधिकांश पर्यटकको एउटै गुनासो रहन्छ – ‘सांघुरो सडक, झन् सांघुरो पुल’ । यही गुनासोको सुनुवाई गर्दै सरकारले यहांका ५ वटा पक्की पुल चौडा गर्न शुरु गरेको छ ।

    Page 1 of 212

पछिल्ला समाचार

Happy Cheese Balls
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स । ३ माघ ।
    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • उल्लु : लाटोकोसेरो कि हामी ?
    लक्ष्मीप्रसाद पंगेनी
    नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्..
  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..