Main Menu
  |   Friday, December 15, 2017
  • लुम्बिनी र तिलौराकोटमा युनेस्कोकोले ल्यायो परिवर्तन
    लुम्बिनी टाइम्स | बुधबार ,२१ माघ ।

    लुम्बनी । युनेस्कोले बृहत् लुम्बिनी क्षेत्रमा बौद्ध पवित्रस्थल तथा प्राचीन नगरक्षेत्र संरक्षण गर्ने कार्यमा आफ्ना प्रयासहरुलाई अझ परिष्कृत पारेको छ ।

    लुम्बिनी गौतम बुद्ध ६२३ ई.पू.मा जन्मिएको पवित्र स्थल हो भनी मान्यता दिएर युनेस्कोले सन् १९९७ मा यो स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । उक्त पावन क्षेत्र संसारभरिका बौद्ध धर्मावलम्बीहरुको लागि सबैभन्दा पवित्रस्थल मानिन्छ जुन स्थल बौद्ध धर्मावलम्बीहरुको तीर्थाटन केन्द्रको रुपमा धेरै पहिलेदेखि नै रहिआएको दरो प्रमाणका धेरै तथ्यहरु विद्यमान छन् ।

  • लुम्बिनी आउने पर्यटकलाई लोमान्थाङ घुमाउने तयारी
    लुम्बिनी टाइम्स | बिहीबार, १५ माघ ।

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकको बसाई लम्व्याउन लुम्बिनी आउने पर्यटकलाई मुस्ताङको लोमान्थाङ घुमाउने तयारी थालेको छ । बर्षेनी लाखौ पर्यटक आउने लुम्बिनीमा उनीहरुको बसाई एकदिन भन्दा बढी हुन नसकेको भन्दै ‘थप प्याकेज’ को रुपमा लोमान्थाङ सम्म घुमाउने गरि योजना निर्माण गर्न लागिएको हो ।

  • यसरी खुल्दैछ तिलौराकोटको ऐतिहासिकता
    लुम्बिनी टाइम्स | मंगलबार, १३ माघ ।

    कपिलवस्तु । कपिलवस्तु । एकै पटक १२ अत्याधुनिक प्रविधि प्रयोग गरी बिज्ञ टोलीद्वारा उत्खनन गरिएपछि प्राचीन नगर तिलौराकोटको ऐतिहासिकता प्रमाणित हुदै गएको छ ।
    भारतले नक्कली कपिलवस्तु निर्माण गरेर भ्रम छरि रहेको बेला युनेस्कोका पुरातत्वबिद् सहितको टोलीले जियोफिजिकल सर्वे सहित १२ प्रबिधिको प्रयोग गरी उत्खनन् र अन्बेषण जारी राखे पछि प्राचीन शहर कपिलवस्तुको ऐतिहासिकता क्रमशः प्रमाणित हुदै गएको हो ।

  • अत्याधुनिक प्रविधि प्रयोग गरी  तिलौराकोटमा उत्खनन
    लुम्बिनी टाइम्स | बुधबार, ७ माघ

    कपिलवस्तु । बुद्धस्थल तिलौराकोटमा यो वर्ष फेरि उत्खनन सुरु गरिएको छ । तीन वर्षे परियोजनाअन्तर्गत दोस्रो वर्ष बेलायतको डुर्हम युनिभर्सिटी, युनेस्को, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले उत्खनन थालेको हो । उत्खनन गरिने स्थानमा अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यताअनुसार काम अगाडि बढाइएको छ । अहिले उत्खननबाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐतिहासिक रुपरङ्ग देख्न सकिने डुर्हम विश्वविद्यालय बेलायतका प्रोफेसर तथा प्रमुख पुरातत्वविद् डा रविन कनिङ्घमले बताए ।

  • लुम्बिनीको प्रवर्द्धनमा पन्तको फोटो प्रदर्शनी
    लुम्बिनी टाइम्स | बुधबार, ७ माघ

    बुटवल । बुद्ध जन्मेको देश नेपाललाई विश्वमा चिनाउन रुपन्देहीका पत्रकार चेतन पन्तले अभियान नै चलाएका छन् । सिद्धार्थनगर नगरपालिकाका (भैरहवा) का स्थानीय बासिन्दा ५० वर्षीय चेतन पन्त लामो समयदेखि बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध जीवनीमा आधारित स्थलको अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार गर्न अभियन्ताका रुपमा हिँडिरहेका छन् ।

  • यहाँ छ प्राचीन कपिलवस्तु
    लुम्बिनी टाइम्स | सोमबार, ५ माघ

    कपिलवस्तु । प्राचीन कपिलवस्तुमा शाक्यवंशका राजा सुद्धोधनले राज्य गरेका थिए । पुत्र सिद्धार्थलाई पराक्रमी राजा बनाउने सोच सुद्धोधनको थियो, तर सिद्धार्थलाई राजमहलको सुख सयल, मोजमस्ती र राजकाज चलाउन कुनै शोख थिएन । बरु गृहत्याग गरी सद्धर्म प्राप्त गर्ने र संसारको दुःख, पीडालाई मेटाउने इच्छा लागिरहेको थियो । दरबारमा ब्राह्मणहरुको राजनीति देखेर राजनीतिप्रति सिद्धार्थलाई वितृष्णा पैदा भइरहेको थियो र बन्धनमा कसिएको अनुभव भइरहेको थियो । राहुलको जन्म भइसकेपछि सिद्धार्थले यसोधरालाई मन बुझाउने माध्यम हुने सोंचविचार गरी गृहत्यागको मानसिक तयारी गरे ।

  • तिलौराकोटमा अाए ३६ हजारभन्दा बढी पर्यटक
    लुम्बिनी टाइम्स | आइतबार, ४ माघ

    तौलिहवा । कपिलवस्तुमा रहेको बुद्धको क्रिडास्थल तिलौराकोटमा एक वर्षभित्रमा ३६ हजार ३३१ जना आन्तरिक र बाह्य पर्यटकले अवलोकन गरेका छन् । त्यस अवधिमा ६० भन्दा बढी देशका ३० हजार २३४ पर्यटकले भ्रमण गरेकामा सबैभन्दा बढी विदेशी पर्यटकमा चार हजार ५९३ भारतीय पर्यटक आएको जनाइएको छ ।

  • जहाँ बुद्ध जन्मे
    लुम्बिनी टाइम्स | आइतबार, ४ माघ

    ‘जहाँ बुद्ध जन्मे, त्यही मेरो देश हो’–आम नेपालीहरूले अझैपनि विश्वव्यापी रूपमा प्रचार गर्न बाँकी रहेको बुद्धको जन्मस्थल : लुम्बिनी । बुद्धकी मावली हजुरआमा (मायादेवीकी आमा) लुम्बिनी (रूपवती) को नामबाट तत्कालीन रूपन्देही माईको मन्दिरसहित बनेको लुम्बिनी बगैंचामा जन्मिएका थिए सिद्धार्थ गौतम ।

  • के हो लुम्बिनी र कपिलवस्तुको पहिचान ?
    तारानन्द मिश्र | शुक्रबार, २ माघ

    शाक्यमुनि गौतम बुद्धको जन्म थेरवाद मत अनुसार ६२३ इसापूर्वमा भएको हो। तर, केही बौद्ध मत र विश्लेषकका अनुसार उहाँको जन्म ५६५ इसापूर्व आसपास भएको भन्ने छ। जन्ममितिबारे विवाद भए पनि उहाँको जन्म नेपालको लुम्बिनीमा भएकामा भने कुनै विवाद छैन। बौद्ध धर्मग्रन्थ महापरिनिर्वाण सूत्र र अशोक स्तम्भमै बुद्ध जन्मस्थल लुम्बिनी भनेर प्रस्ट उल्लेख छ। कुनै पनि पुरातात्त्विक अभिलेखमा उहाँको जन्मस्थानबारे मत बाझिएको छैन ।

  • लुम्बिनीलाई शान्ति क्षेत्र घोषणा गर्न माग
    दीपक घिमिरे | बुधबार, ३० पुस

    लुम्बिनी । बिभिन्न पार्टी तथा समुहले गर्ने बन्द हड्तालका कारण बिश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीमा आउने पर्यटकलाई नराम्रो असर परेको भन्दै लुम्बिनीलाई शान्ती क्षेत्र घोषणा गर्नु पर्ने आवाज उठेको छ । बन्द हड्तालका कारण पर्यटन क्षेत्र पुर्ण रुपमा प्रभावित हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई नराम्रो असर परेको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा लुम्बिनीवासीले लुम्बिनीलाई शान्ती क्षेत्रको रुपमा बिकास गर्नु पर्ने बताएका छन् ।

  • विश्वका उत्कृष्ट १० अन्वेषणमा लुम्बिनी उत्खनन समावेश
    लुम्बिनी टाइम्स | शुक्रबार, २५ पुस

    काठमाडौ । अमेरिकी पुरातात्विक संस्थाद्वारा प्रकाशित पत्रिका “आर्क्योलोजी” ले लुम्बिनीस्थित भगवान बुद्धको जन्मस्थलमा रहेको ईस्वी पूर्व छैठौं शताब्दीमा निर्मित संरचनाको खोजीलाई सन २०१४भरिकै संसारका उत्कृष्ट १० अन्वेषणहरुमध्ये एक भनी नामाङ्कन गरेको छ । लुम्बिनीको संरक्षण र व्यवस्थापनलाई सुदृढिकरण गर्ने उद्देश्य लिएको उक्त पुरातात्विक अन्वेषण युनेस्को आयोजना अन्तर्गत रही जापान सरकारको वित्तीय सहयोग तथा नेपाल सरकारको पुरातत्व विभाग र लुम्बिनी विकास कोषद्वारा कार्यान्वयन गरिएको हो ।

  • यी हुन् २०१४मा  लुम्बिनी आउने वरिष्ठ व्यक्तिहरु
    दीपक घिमिरे | बुधबार, २३ पुस

    लुम्बिनी । शान्तिको मुहान लुम्बिनीलाई विश्वमाझ चिनाउन सहयोग पु-याउने उद्देश्यले विश्वका विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरूले लुम्बिनीको भ्रमण गरेका छन् ।
    लुम्बिनी विकास कोषले सन् २०१४ लाई लुम्बिनी प्रवद्र्धन वर्षका रूपमा मनाएका बेला बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा राष्ट्र प्रमुखदेखि बलिउडका चचित अभिनेतासम्मले लुम्बिनीको भ्रमण गरेका छन् ।
    लुम्बिनीमा अति विशिष्ट व्यक्तिको आगमनका कारण विश्वमाझ लुम्बिनीको प्रचारप्रसार र प्रवद्र्धनमा ठूलो टेवा पुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।

  • लुम्बिनीका बिहारहरुमा खुलेआम मासुको प्रयोग
    दीपक घिमिरे | शनिबार, १९ पुस २०७१

    लुम्बिनी । बिहार क्षेत्रमा रहेका थाई, बर्मीज, कम्वोडियन, श्रीलङकन, कोरियन, म्यानमार, जापान, फ्रान्स, सिंगापुर, नेपाली, चाइनिज, क्यानेडियन, जर्मन, भियतनाम, लगाएतका बिहारहरुले मासुको प्रयोग गर्ने गरेको कोषको दावी छ । लुम्बिनी गुरुयोजना भित्र रहेका बिहारका लागि छुट्टाईएको ४२ वटा प्लटहरु मध्य त्यहा सञ्चालनमा रहेका ३०-३५ बटा बिहारले मासुको प्रयोग गर्ने गरेको छन् ।

  • शान्ति खोज्दै १२ लाख पर्यटक लुम्बिनीमा
    लुम्बिनी टाइम्स | बिहीबार १७ पाैष २०७१

    लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीमा बर्ष २०१४ मा कुल ११ लाख ९३ हजार ८ सय २८ पर्यटकले भ्रमण गरेका छन् ।
    लुम्बिनी बिकास कोष सूचना शाखाका अनुसार आन्तरीक पर्यटक ९ लाख २ हजार ६ सय २१, भारतीय १ लाख ५४ हजार २ सय १६ तथा तेश्रो मुलुकका १ लाख ३६ हजार ९ सय ९१ पर्यटकहरुले लुम्बिनी भ्रमण गरेका हुन् ।

  • लुम्बिनीमा विद्युतीय रिक्सा सरर
    लुम्बिनी टाइम्स | बिहीबार १७ पाैष २०७१

    लुम्बिनी । विश्व शान्तिको मुहान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बढ्दो प्रदूÈण न्यूनीकरण गर्ने उद्देश्यले विद्युतीय रिक्सा सञ्चालनमा ल्याइने भएको छ ।
    रिक्सा सञ्चालनका लागि आवश्यक कार्यविधि तयार गरी एक महिनाभित्र विद्युतीय रिक्सा सञ्चालनमा ल्याइने लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिए ।

  • कहाँ छैनन् बुद्ध
    लुम्बिनी टाइम्स | शुक्रबार, ११ पुस २०७१

    श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष १८औं सार्क शिखर सम्मेलनमा भाग लिन ९ मंसीर २०७१ काठमाडौं उत्रेलगत्तै लुम्बिनीतिर उडे। १० मंसीरको सार्क उद्घाटन मन्तव्यमा राजापाक्षको प्रस्ताव थियो– दक्षिण एशियाको दिगो विकास र आर्थिक समृद्धिका लागि ‘बुद्धिष्ट कल्चरल ट्रेल’। नेपाली मनोविज्ञान ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमै रहेको समयमा यस्तो प्रस्ताव कसै न कसैले ल्याउनुपर्थ्यो, जुन श्रीलंकाका राष्ट्रपतिबाट आयो।

  • लुम्बिनी अाउने पर्यटकको सङ्ख्यामा बृद्धि
    लुम्बिनी टाइम्स | मंगलबार, ८ पुस २०७१

    लुम्बिनी । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीको प्रचारप्रसारले व्यापकता पाएसँगै लुम्बिनी आउने आन्तरिक पर्यटकको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । पछिल्लो समय लुम्बिनीमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् ।

  • लुम्बिनीको संवेदनशीलतामाथि मनपरी
    सी. पी. खनाल | शुक्रबार, २६ मंसिर २०७१

    बुटवल । गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको प्रवद्र्धन, विदेशीहरुको सहयोग आउने र समन्वयका नाममा निषेधित क्षेत्रमा समेत हस्तक्षेप हुँदै आएको छ । जुन पूरातात्विक हिसाबले अत्यन्तै गम्भीर गल्ती हो । ‘लुम्बिनीमा अत्यन्त महत्वपूर्ण र निषेधित क्षेत्र नै तोकिएका पूरातात्विक क्षेत्रहरुमा कुनैपनि खालका संरचना निर्माण गर्न र जरा फैलिने खालका विरुवा पनि रोप्न पाइँदैन,–पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टेलिफोनमा भने–पूरातत्व विभागले त्यस्ता क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न रोक लगाएको छ ।’

  • नेपाल–भारत जोड्ने बुद्ध परिपथ निर्माण गरौं : भारतीय राजदुत रे
    लुम्बिनी टाइम्स | बुधबार, २४ मंसिर २०७१

    कपिलवस्तु । नेपालका लागि भारतीय राजदुत रंजित रेले नेपाल र भारतका बुद्धसँग सम्बन्धित पर्यटकीय क्षेत्रको विकास साझा ढंगले गर्नुपर्ने बताएका छन् । उनले भगवान गौतमबुद्धका बाबुको दरबार रहेको क्षेत्र कपिलवस्तुको तिलौराकोटको अवलोकनपछि कुरा गर्दै दुबै देशमा रहेका बुद्धस्थललाई समेटेर परिपथ निर्माण गर्नु पर्ने बताए ।

  • मोदीले रोप्ने भनिएको वृक्ष राजदुत रेले रोपे
    दीपक घिमिरे | बुधबार, २४ मंसिर २०७१

    लुम्बिनी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा रोप्ने भनिएको वृक्ष नेपालका लागि भारतिय राजदुत रञ्जित रेले रोपेका छन् । भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा रहेको बोधीवृक्षको कलमे बिरुवा राजदुत रेले रोपेका हुन् । बोधगयाबाट ल्याईएको उक्त विरुवा मायादेवी मन्दिरको पश्चिम पट्टि रोपिएको छ ।

  • लुम्बिनीमा बन्यो क्यानेडियन विहार
    लुम्बिनी टाइम्स | शुक्रबार २८ कार्तिक २०७१

    भैरहवा । क्यानडाका बौद्ध समुदायको सहयोगमा लुम्बिनीमा क्यानेडियन बिहार निमार्ण गरीएको छ । ध्यान तथा बौद्ध अध्यन गर्ने उदेश्यका साथ उक्त बिहार स्थापना गरीएको हो ।
    अध्ययन र ध्यान गर्न इच्छुक जो कोहीलाई पनि सहभागी गराईने उक्त बिहार सचांलक समीतीले जनाएको छ । करीव तिनकरोडको लागतमा निर्मीत बिहारको सामान्य प्रसासन मन्त्रि लालबाबु पण्डितले उद्घाटन गरेका छन् ।

  • बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटक घटे
    लुम्बिनी टाइम्स | आइतबार १६ कार्तिक २०७१

    रुपन्देही । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । चीन, थाइल्यान्ड, श्रीलङ्का, जापान, कोरिया, म्यानमारलगायतका तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
    सन् २०१३ को सेप्टेम्बरसम्ममा तेस्रो मुलुकबाट ८३ हजार ४८५ पर्यटकले लुम्बिनीको भ्रमण गरेकामा सन् २०१४ मा घटेर ८३ हजार २७७ मा झरेको छ । विगतको वर्षमा भन्दा यो सङ्ख्या २०८ ले कमी हो ।

  • पूरा हुँदैछ लुम्बिनी विकास गुरुयोजना
    दीपक घिमिरे | सोमबार १० कार्तिक २०७१

    लुम्बिनी । विश्व शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थलको एकीकृत विकास गर्ने उद्देश्यले तयार गर्न लागिएको लुम्बिनी विकास गुरुयोजनाको ८० प्रतिशत काम सकिएको छ ।
    गुरुयोजनाले उल्लेख गरेअनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोण्ड, सङ्ग्रहालयलगायतका संरचनाको काम पूरा भएकाले आगामी पाँच वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ । यससँगै लुम्बिनी जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ ।

  • लुम्बिनी नजिकै बौद्धकालीन अवशेष फेला
    रासस | बिहीबार, १९ भदौ २०७१

    लुम्बिनी । रुपन्देहीको आमा गाविसस्थित अमहवामा बौद्धकालीन वस्तुले निमार्ण गरिएको नगरको स्वरुप फेला परेको छ ।
    गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको अमहवामा रहेको दानव नदीको छेउमा पुरिएको अवस्थामा रहेको उक्त पिल्लर जस्तो वस्तु केही समय अगाडि आएको बाढीले नदी किनार भत्काएपछि उक्त स्थानमा बौद्धकालीननगर हुनसक्ने सम्भावनाको आंकलन गरिएको छ ।

  • सुन्दर बन्दैछ बुद्ध जन्मस्थल लुम्बिनी
    सी. पी. खनाल/प्रदीप आचार्य | शुक्रबार, १३ भदौ २०७१

    लुम्बिनी । महारानी मायादेवी माइती देवदह जानेक्रममा बास बसेको ठाउँ, जहाँ सिद्धार्थको जन्म भयो–लुम्बिनी, एउटा सून्दर बगैचा ।
    विश्वभरका बौद्धमार्गी, बौद्ध दर्शनका अनुयायीहरुको आस्थाको केन्द्र । त्यही आस्थाको केन्द्र, शान्तिप्रेमीहरुको सर्वोच्च शिखर लुम्बिनी गाउँ एउटा शान्ति शहरको रुपमा स्थापित हुने क्रममा छ ।

    Page 2 of 212

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..

लोकप्रिय

Above Sambad Ishika
  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।

  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
  • काँग्रेसलाई नै मत किन ?
    शोभाकर पराजुली
    गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वा..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..