Main Menu
  |   Wednesday, November 14, 2018
  • राहत वितरणमा विभेद नहोस्
    माधव अर्याल

    भुकम्पवाट प्रभावितहरुलाइ वितरणका लागि प्राप्त भएको राहत सामग्री समितिले एक द्धार प्रणाली मार्फत वितरण गदै आएको छ ।
    तर राहत वितरण गर्दा भेदभाव गरिनु हुँदैन ।

  • “अप्पदिपो भव”
    विवेक विनयी

    अन्ततःभगवान बुद्धले शरीर छाड्ने दिनआयो । यो खबर सुन्ने वित्तिकै चालीस वर्षदेखिसँगै बसेकाशिष्यहरु रुन–कराउनथाले । खासगरी बुद्धका सबैभन्दानजिक रहेर लामो समय बुद्धसँग हिडेकाशिष्य आनन्द हायल कायल भए । पिडाले छटपटाउन थाले ।उनीरुन थाले । बुद्धले विस्तारै आँखाखोल्दै भन्नुभयो– “नरोऊ । किन रोएको त्यसरी ?यतिका वर्ष सम्म के तिमीले मलाई सुनेनौ ?”

  • अब ८०-९० वर्षसम्म ठूलो भूकम्प आउन्न
    श्रीकमल द्विवेदी

    नेपालको ईतिहासमा ९० सालको (सन १९३४) महाभुकम्पको बारेमा हामीले सानैदेखि हजुर बा हजुरआमाहरुबाट सुन्दै आएका हौ। ९० सालको महाभुकम्प सँगै अर्को कुरा पनि आउँथ्यो। वि. सं १८९० साल (सन १८३३)मा पनि महाभुकम्प गएको थियो। हामीले पूरानो पुस्ताबाट सँधै सुन्दै आएका हौ। ‘काठमाडौंमा महाभुकम्प (८ रेक्टरस्केलको हाराहारीको) प्रत्येक १०० बर्षको अन्तरालमा जाने गर्छ।

  • त्यो खुशी फर्केर आउने छ
    सम्पादकीय

    हाम्रा अनन्य मित्र, आशा र विश्वास गरौ फेरि त्यो खुशी फर्केर आउने छ । हामीलाई भरोसा छ, हाम्रो खुशी हामीलाई नै फिर्ता हुनेछ ।

  • १९९० सालको भुकम्प गएको ४ बर्षपछि जुद्धशमशेरले यसो भनेका थिए
    जुद्धशमशेर राणा

    ९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो। परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।

  • कहाँ पाउने जुद्धशमशेर जस्ता प्रधानमन्त्री ?
    मणि शर्मा

    नब्बे सालमा भुइँचालो जाँदा लारी थरको एकजना व्यापारीले चामल बेच्दा पाथीमा चार पैसा बढी लिएकाले प्रधानमन्त्री जुद्धशमशेरले उनलाई देशनिकाला गरेका थिए।

  • भुगर्वविद्को आँखामा महाभुकम्प
    श्रीकमल द्विवेदी

    साधारण उदाहरणबाट यो अनुभव गर्न सकिन्छ। एउटा दाह्री काट्ने ब्लेडलाई दुई हातले समाएर बङयाउँदै जाउँ। ब्लेड बाङ्गिदै जाँदा त्यसमा शक्ति सञ्चय हुँदै जान्छ। एउटा बिन्दुमा पुगेपछि ब्लेड भाँचिन्छ, र भाँचिने क्रममा थर्कदै हातमा कम्पन महसुस हुन्छ। यस्तै प्रकृया चट्टानमा हुँदा भुकम्प जान्छ।

  • बुद्ध विवाद-कहाँ चुकेको छ नेपाल ?
    डा. विपिन अधिकारी

    सबैलाई थाहा छ, बुद्ध कहाँ जन्मेका हुन्। केवल लुम्बिनीको विद्यमानता मात्र होइन, सबै प्रमाण यदि छन् भने नेपालकै पक्षमा छन्। अशोक स्तम्भ र त्यहाँ उल्लेखित हरफहरू ताजै छन्। त्यसैले जुन कुरा आफैंमा प्रमाणित छ, त्यसका लागि कसैको प्रमाणपत्र खोज्नु जरुरी छैन। मूल प्रश्न बुद्ध नेपालमा जन्मिएता पनि के नेपाली जातिले आफ्नो क्षमता र सामथ्र्यअनुसार बुद्धलाई नेपालमा स्थापित गर्न सकेको छ त?

  • दुई प्रतिक्रियावादी गुटहरूका बीचको अन्तर्विरोधः सही दिशा के हो ?
    मोहनबिक्रम सिंह

    “साप्ताहिक विमर्श” मा प्रकाशित एउटा लेखमा एकातिर कथित भूमिगत गिरोह र अर्कोतिर थापा गुटका बीचको अन्तर्विरोधलाई “दुई पञ्च समूहको मतभेद” बताइएको छ, त्यो भनाइले वास्तवमा देशमा ती दुवै पक्षका बीचको अन्तर्विरोधको राजनैतिक चरित्रमाथि राम्ररी प्रकाश हालेको छ ।

  • सेवा केन्द्र सार्दैमा विरोध किन ?
    श्यामशंकर पाण्डे

    २०६९ फागुन ५ मा मन्त्रीस्तरीय निर्णयबाट भैरहवामा यातायात सेवा केन्द्र स्थापना गर्ने निर्णय भयो । त्यसपछि ईकाई कार्यालयको रुपमा अस्थायी ईजाजत (पटके) सेवा भैरहवा सुरु भयो ।

  • गैडहवा ताल: पर्यटन र जैविक विविधताको भण्डार
    मुकेश पोखरेल

    गैडहवा ताल जैविक विविधताको भण्डार हो । चराविद्ध डा हेमसागर वरालका अनुसार यस क्षेत्रमा २ सय प्रजातीका चराचुरुङ्गी ,२० प्रजातिका घस्रने वन्यजन्तु, निलगाई, कछुवा, विभिन्न थरिका कछुवा, पाइन्छन । अहिले सम्म नेपालका अन्य ठाउँमा कहिंकतै नपाइएको इण्डियन आई टटल पाइन्छ ।

  • डा’सापको अनसन र सरकारको असंवेदनशीलता
    गगन थापा

    पटक पटक एउटै विषयमा आमरण अनशन बस्ने अवस्था आउनु हामी सवैका लागि लज्जाको विषय हो। सरकारको असंवेदनशीलताले हामीलाई थप लज्जाबोध गराएको छ।

  • यी हुन् औद्योगिक विकासका चुनौती
    कृष्ण ज्ञवाली

    औद्योगिक विकास आर्थिक विकासको मेरुदण्ड हो । उद्योगहरुको स्थापना र सञ्चालन गरी उत्पादित मालसामानको घरेलु बजारमा गरिने ओसारपसार तथा बिक्रीवितरण र बाह्य बजारमा गरिने निर्यातबाट सरकारको कर तथा गैरकर राजस्वमा वृद्धि हुन्छ ।

  • डा.केसीको अनशन र नालायक सरकार
    आनन्द खनाल

    व्यापार गर्ने उद्देश्यले खोलिएका निजी मेडिकल कलेजहरुले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न पनि राजनितिक तथा आर्थिक चलखेल हुने गरेबाट त्यस्ता कलेजबाट उतिर्ण गरेका विद्यार्थिहरुको विश्वसनीयतामा पनि प्रश्न चिन्ह खडा हुने परिस्थितीको निमार्ण हुँदै छ ।

  • लोकतन्त्र र समावेशी शिक्षा
    सपना शर्मा

    शिक्षा, स्वास्थ्य, तथा अन्य थुप्रै कुरामा अझै पनि समान पहुच पुग्न सकेको छैन ।

  • पत्रकार कि प्रहरीका दूत ?
    भानुभक्त आचार्य

    ‘पत्रकारिता आवाजविहीनको आवाज हो’ भनेर गरिने प्रचार जारी छ ।

  • अनशनः डा केसीको बाध्यता, राज्यको रहर
    जीवन क्षेत्री

    डा गोविन्द केसीको आन्दोलनको विभिन्न कोणबाट आलोचना विगतदेखि नै हुँदै आएका छन् र अधिकांश त्यस्ता आलोचनाहरुको सार के हुन्छ भने आन्दोलनका क्रममा सेवा अवरुद्ध हुँदा उपचार नपाएर कोही मर्यो भने त्यसको जिम्मेवार डा केसी हुनुपर्छ । विगतदेखि नै उपभोक्तावादी संघसंस्थाहरु त्यही कारण देखाएर डा केसीलगायत चिकित्सकहरुको विरुद्ध अदालत जाने र अदालतले चिकित्सकहरुका कदम रोक्न आदेश दिने गरेका छन् ।

  • सन्दर्भ मार्च २१ : अझै सम्म किन चुप ?
    विनोद परियार

    २१ मार्च मनाइरहदा दक्षिण अफ्रिकामा जस्तो विद्रोह गर्नुपर्ने आवश्यकता हो कि अधिकारकर्मीहरुले सोच्नुप¥यो । जनजातीहरुले अधिकार प्राप्तीका लागि आन्दोलन चर्कारहेका छन् । जो नेपालमा सम्पन्नताको हिसाबले उच्च छन् । तर, जो होचो, उसैको मुखमा घोँचो भनेजस्तै जसलाई सबभन्दा बढि अधिकार चाहिएको छ, उही चुप लागेर बसेको छ । अब त जाग्नुप¥यो दलितका सभाषद, नेताहरु र अधिकारकर्मीहरु ।

  • पाल्पाको पाँच वर्षे ‘पर्यटन विकास तथा व्यवस्थापन योजना’ अलपत्र
    माधव अर्याल

    लुम्बिनी अञ्चलका छ जिल्ला मध्ये पाल्पा मनोरम र प्राकृतिक रुपमै सुन्दर पहाडी जिल्ला हो । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा प्राकृतिक विविधताका हिसाबले यस जिल्लालाई धनी जिल्लाको रुपमा हेर्न सकिन्छ ।

  • होलीमा नताकौ चेलीको चोली
    रमेश अर्याल

    युवतीहरू होलीबाट नराम्रोसँग प्रभावित छन । यस मामिलामा कतिपय पुरुषहरु निकै अभद्र व्यवहार प्रदर्शन गर्नसम्म चुक्दैनन्। यही कारणले खुलेर होली खेल्न नसकेको भन्दै महिलाहरु भन्छन्– ‘चिनेजाने कै मानिसहरु पनि रङ लगाई दिने बहानामा स्तन देखि गोप्य अंगसम्म हात पूराउन खोज्छन बाहिर निस्क्यो भने त नचिनेका मान्छेले भ्याईहाल्छन नि ।’

  • होलीलाई मर्यादित बनाऔं
    संगीता रेग्मी

    होली पर्व सद्भाव र भातृत्वको मियो हो । समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होलीपर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ । सभ्य समाज निर्माणका लागि पनि अपराधिक मानसिकता र प्रवृत्तिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ ।

  • योगको परिचय, प्रकार र फाईदा
    ठाकुर प्रसाद रेग्मी

    “योग चित्तवृति निरोध” अर्थात चन्चल चित्तलाई निश्चल गराउनु नै योग हो । योगको अर्थ समाधि अथवा अनुभुति हो । महर्षि ब्यासले योगको अर्थ समाधि भन्छन ।

  • किन चरम जातिय भेदभावमा परेका समुदायहरु गन्तव्यहीन छन ?
    टीका दत्त शिवा

    सामाजिक भेदभाव भएकै कारण अन्य आर्थिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक लगायतका समस्याहरुले ग्रषित बनाएको हो । त्यसैले समस्याको मूल जरो सामाजिक भेदभाव हो । सामाजिक भेदभावको अन्त्य गर्नका लागि एकल प्रयास वा ति पीडित समुदायहरुको प्रयासले मात्रै सम्भव छैन, समाजमा बस्ने सबै समुदायको सहभागिता विना सामाजिक भेदभावको अन्त्य हुन् सक्दैन ।

  • जटिलतामा जनताको संविधानसभा
    सूर्यदेव यादव

    जनताको हित हुने गरी नै इतिहासको पन्नामा रहेको विचारलाई मुक्तिको अन्तिम सफलतासँग जोडेर युद्धमोर्चामा जनता प्रवेश गरेका हुन्छन् । जसको मानसपटलमा स्वतन्त्रतासहितको विचार, लोकतान्त्रिक सिद्धान्तमा आधारित अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायको आधारमा राज्यसत्तामा समान सहभागिताको प्रतिविम्व देखेर नै जनयुद्ध, जनआन्दोलन र जनविद्रोहमा जनता होमिएका थिए र अहिले पनि संविधानसभा हलमा आन्दोलन जारीरहेको छ ।

  • आवरणमा अमानवीय अत्याचार
    सरिता अर्याल

    पुरुषहरुले पनि के बुझन जरुरत छ भने महिलाहरु पुरुषका प्रगतीका बाधक होइनन उनीहरु सारथी हुन । छोरी र बुहारी बिचमा भिन्नता देख्ने आखाँहरुले बुझनु पर्छ कि कसैकी छोरीमाथि अन्याय र विभेद गर्नु भनेको अन्यत्र कतै आफ्नै छोरीमाथिको अन्यायलाई पनि बढावा दिनु हो ।

  • हास्य विधाका महादेव
    पं. बाबुराम भट्टराई

    नटराज देवता शिव हास्य विधाका महान् देवता हुन् । उनी सर्बत्र विद्यमान छन्, भन्ने अर्थमा ‘सर्बं शिवमयं जगत्’ भनिन्छ । यसको अर्थ हो, हास्य, लास्य, क्रोध, रुद्र, काम, वाम सबै प्रकारका देवता हुन् उनी । उनलाई लिएर केही पुराणमा वर्णित, केही काल्पनिक हास्य प्रस्तुत गर्ने जमर्को गरेको छु । हास्य विधाका महान् देवता शिवलाई सम्झेर यो मेरो स्तवन सम्झे पनि हुन्छ । उनी हिन्दु वा अन्य कुनै पनि मतभन्दा माथिका देवता हुन्, महादेव हुन् ।

  • जनयुद्धका दुई दशक
    कमल चुँदाली

    नेपाली श्रमिक वर्गको अग्रदस्ता ए.ने.क.पा. (माओवादी)को नेतृत्वमा संचालित महान जनयुद्ध बीस बर्षमा प्रवेश गरेको छ । यो महान् जनयुद्धको सन्र्दभमा नेपाली आमाका हजारौं सपूतहरुले सर्वहारा वर्गको मुक्ति र साम्यवादी ध्येयका लागि साहस, बलिदान, विरता र सौर्यको विश्व कीर्तिमान कायम गर्दै आए । यस क्रममा प्राणको आहुति दिने अमर शहीदहरुप्रति हार्दिक क्रान्तिकारी सलामी दिंदै शहीदले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्ने प्रण गर्नु सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व हुन्छ । हामी त्यही बाँकी दायित्व पूरा गर्न संकल्परत रहेका छौं ।

  • गौतम बुद्ध र दलीय कलह
    पं. बाबुराम भट्टराई

    गौतम बुद्धको मुखमा एक जना मान्छेले थुक्यो । उहाँले च्यादरले थुक पुछ्नुभयो र भन्नुभयो–‘तिमीलाई अरु केही भन्नु छ ?’ किनभने बुद्धको विचारमा त्यो पनि उसको भनाइ हो । थप्नुभयो–‘त्यो कुरो त मैले बुझें, थप केही भन्नु छ ?’ आनन्द निकै क्रुद्ध भयो, उहाँको शिष्य । उसले भन्न थाल्यो–‘सीमाभन्दा वाहिर जान थाल्यो कुरो । तपाईंमाथि कसैले थुक्छ अनि हामी वसेर हेरिरहौं ? ज्यान लिने–दिनेसम्मको झगडाको कुरो हो यो । तपार्इं आज्ञा मात्र दिनुस्, म त्यसलाई ठिक गर्छु ।’

  • चुरे संरक्षणः हल्ला बढी, काम कम
    माधव अर्याल

    पाल्पाको २५ प्रतिशत भूःभाग चुरे क्षेत्रमा परेको छ । ५ वर्षअघि गरेको अध्ययनमा भने १८ प्रतिशत मात्रै थियो । जिल्लाको चुरे क्षेत्रको अध्ययन गरेका प्राकृतिक स्रोत समाजशास्त्री विष्णु ज्ञवालीले यस जिल्लामा पनि हरेक वर्ष चुरे क्षेत्र बढ्दै गएको निष्कर्ष निकालेका थिए । उनले भनेका थिए, ‘भुगर्भशास्त्रीले गरेको अध्ययनलाई फलो (पिछा) गरेर हामीले अध्ययन गरेका हौ ।’ भूगर्भविद्ले सन् सन् २००० मा गरेको अध्यनले मुलुकका सबै स्थानमा चुरेक्षेत्र बढ्दै गएको देखाएको थियो ।

  • सभाध्यक्षको कदमले जन्माएका प्रश्न
    दिल साहनी

    राष्ट्रपति डां रामवरण यादव कटवाल काण्डमा विवादित भए । आलोचित भए । उनको तथस्थताको भूमिकामा प्रश्नचिन्ह लाग्यो । यस्तै अरु एकाध घटना बाहेक अरु कुृरामा उनी तठस्थ जस्ता देखिएका छन् । हुन पनि उनी तठस्थ बस्नु पर्ने मान्छे । निष्पक्ष रहनु पर्ने मान्छे । त्यसरी नै सभाध्यक्ष सुभाष नेबाङ पनि तुलनात्मक रुपमा तठस्थताको भूमिका नै बसेको जस्तो देखिन्थ्यो । तर माघ ८ गते उनको तथस्थताको पर्दाफास भयो । माघ ११ गतेको घटनाले उनको तठस्थता नराम्ररी नांगियो । उदागिंयो । पराकाष्ठमा पुग्यो । उनी स्पष्ट रुपमा कांग्रेस र एमालेका मान्छे भए । प्रवक्ता भए । अझ कार्यकर्ता नै भए । खुला रुपमा कांंग्रेस र एमालेको सभाध्यक्षको रुपमा देखा परे । उनले आफ्नो छवि धूमिल पारे । आफ्नो पदको गरिमालाई जोगाउन सकेनन् । जुवा खेले ।

  • मेरो देश र शहीद
    अर्जुन ज्ञवाली

    आज सहिद दिवस । प्रत्येक बर्ष माघ १६ गतेलाइ सहिद दिबसको रुपमा मनाउदै आएको छौ । देश र राष्ट्रका लागी हासी हासी आफ्नो जिवन आहुती दिने ती महान सपुत नै सहिद हुन । तर जुन आकांक्षा साथ, जुन सपनाको साथ महान सहिदले जसरी जिवन उत्सर्ग गरे के साँच्चिकै पुरा भएको छ त ? वास्तवमा एउटा आधुनिक समाज निर्माणका लागी, एउटा स्वतन्त्र र पुर्ण प्रजातान्त्रिक मुलुक निमार्णको लागी जसरी क्रान्तिको बिगुल फुकियो, जसरी जर्जर निरंकुश शासन प्रणालीको समुल अन्त्यका लागि शखंघोष गरे, त्यो मुताबिक के राज्य ब्यबस्था परिवर्तन भएको छ ? प्रश्न गम्भिर छ । शासन सञ्चालकका टाउका परिबर्तन हुनु मात्र, के जनताले चाहेको परिबर्तन हो ।

  • यसरी स्थापना भएको थियो नेपाली कांग्रेस
    पुरुषोत्तम बस्नेत

    माघ १२ गते नेपाली कांग्रेस स्थापना भएको ऐतिहासिक दिन हो। प्रत्येक वर्ष यस दिनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास सम्झाउँछ। अनेकौं आरोहअवरोहलाई छिचोल्दै, कैयौं ऐतिहासिक घुम्तीबाट अघिबढ्दै, नेपाली कांग्रेसले सात दशकको लामो यात्रा पूरा गर्नलागेको छ। यसले निरंकुशताका विरोधको अनेकौं संघर्षमा सधैं आफूलाई समाहित गर्नुपर्यो।
    हुनत, नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा रहेका नेपाली जनताले लगाउनु परेको झुत्रो कपडाको ‘पार्सल’ चन्द्र शम्शेरलाई सिंहदरबारमा पठाएकै दिन विसं १९७४ को श्रावणमै प्रारम्भ भएको हो।

  • माघ ८ : संविधान र अप्रिल फुल ?
    अर्जुन ज्ञवाली

    पोहोर साल संविधान नबनाई संविधान सभा फाट्यो । तर पनि धैर्य गरी नेपाली जनताले अर्को दोस्रो संविधान सभामा भाग लिए । दोश्रो संविधान सभा गठन भो । सबै दलको संविधान जारी गर्न सहमति तय गरेको तालिका माघ ८ हो । तर माघ ८ पनि अप्रील फुल जस्तै भो फेरि । जनता रातीसम्म संविधान सभाको रमिता टुलु टुलु हेरिरहे । संविधान बनाउन गएका नेता चरित्रकला हरिरहे ।

  • लोकतान्त्रिक गणतन्त्रको विरोधको “क्रान्तिकारी” कार्यदिशा
    मोहनविक्रम सिंह

    “उहाँहरू (प्रचण्ड र बाबुराम) लोकतान्त्रिक गणतन्त्र मानेर गैहाल्नु भयो । त्यो त मान्नै सकिन्न नि । एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले कसरी लोकतान्त्रिक गणतन्त्र मान्छ ? यो त कुनै हालतमा मान्न सकिन्नँ । यो त चुनवाङकै वैठकमा पनि भनिएको छ । चुनवाङमा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेपछि त्यहीँबाट बिग्रियो । त्यो एकदम गलत थियो । प्रचण्ड–बाबुराम आफूले त्यही राजनीति लिएपछि अरूलाई दोष दिएर त भएन नि ।” वैद्यले आफ्नो त्यो भनाइमा दुई वटा कुरा स्पष्टसित राख्नु भएको छ ।

  • मुलुक मुठभेडतिर
    दिल साहनी

    महाभारतको युद्ध रोक्न खोजिएको हो । तर सकिएन । संविधानसभा यतिबेला हाम्रो लागि अर्को महाभारत भएको छ । यस महाभारतको लडाईलाई रोक्न सक्ने कुनै संभावना देखिन्न । शायद संविधानसभाले सृजना गरेको महाभारतको लडाई आवश्यक भइसकेको छ । यो बारवारको लडाई हुन सक्दछ । यो संभवत दुबै परस्पर विरोधी शक्तिको समाप्तिले रोकिन सक्दछ ।

  • यसकारण अन्तरिम संविधानलाई पूर्ण संविधान बनाउनुपर्छ
    शेरबहादुर देउवा

    अहिले पनि अन्तरिम संविधान सबैको संविधान हो । यसले राजा हटाइसक्यो । दुइटा चुनाव गराइसक्यो । पाँचवटा प्रधानमन्त्री फेरिसक्यो । साना दलको प्रतिनिधित्व छ । साना जनसंख्या भएका जातको पनि प्रतिनिधित्व छ । अल्पसंख्यकको पनि प्रतिनिधित्व छ । महिलाको, जनजातिको, आदिवासीको प्रतिनिधित्व पनि छ । कसको छैन ? यो ‘हायस्ट बडी’ (उच्च निकाय) हो । यसले सरकार बनाउने र बदल्ने ताकत राख्छ यसले । साना पार्टी, ठूला पार्टीको प्रतिनिधित्व छ । आफ्नो आवाज उठाउने सबैको प्रतिनिधित्व छ । लड्ने ठाउँ यहि हो । यसले धेरै कुरा गर्न पाउँछ ।

  • लोकतान्त्रिक संविधानको निर्माणमा देखापरेका बाधाहरू
    मोहनविक्रम सिंह

    सबै प्रमुख राजनीतिक शक्तिहरूले माघ ८ गतेसम्म संविधानको निर्माण गर्ने घोषणा गरेका थिए । तर अहिले जुन प्रकारको राजनीतिक परिस्थितिको निर्माण भएको छ, त्यसले गर्दा माघ ८ गतेसम्म संविधान नबन्ने मात्र होइन, त्यसपछि पनि अनिश्चित समयसम्म लोकतान्त्रिक संविधानको निर्माण हुन नसक्ने, २०६२–६३को आन्दोलनका उपलब्धिहरू समाप्त हुने, गणतन्त्र र लोकतन्त्र संस्थागत हुन नसक्ने तथा देशको भविष्यमा समेत गम्भीर आँच पुग्ने सम्भावना देखा पर्दै गइरहेको छ ।

  • सलाम नेपाल निर्माणका अभियन्तालाई
    कमल चुँदाली

    बाह्र हजार जनता भएको गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले विशाल नेपाल निमार्णको महाअभियान थालेका थिए । यो अभियान आखिरी साकार भई छाड्यो । नेपाल राष्ट्रको जग मात्र होइन यसको आयतन विशाल बन्यो । महाअभियानको वीरगाथाले सांस्कृतिक पहिचान स्थापित गरायो । विश्व साम्राज्यवादको रड्डमञ्चमा स्वतन्त्र राष्ट्रको गणना कायम गरायो । यो सबै श्रेयको नेतृत्व कर्ता पृथ्वीनारायण शाह हुन । नेपाली इतिहासले उनलाई युग–युगसम्म महानायक कै सूचनामा कायम राख्नेछ । आज उनको २९२औं जन्म जयन्ती हो । यसको अवसरमा नेपाल निर्माणका अभियन्तालाई सलाम ।

  • बन्दका कार्यक्रम फिर्ता गर
    सम्पादकीय

    एमाओवादीसहितका मोर्चामा संलग्न दलहरु अशान्ति र हिंसाका विरोधी हुन् भने यो बन्द र हडतालको कार्यक्रम तत्काल फिर्ता गर्नुपर्छ । संविधानसभाबाट संविधानमा उल्लेख गर्न चाहेका विषयलाई बल पुराउन सडक बन्दको कार्यक्रम सफल हुन्छ भन्ने सपना देख्न छाडे हुन्छ । यो जनतामाथिको लाचारीपन हो र जनताको ढाडमा टेकेर टाउकोमा प्रहार गर्नु सरह हो ।
    समय अझै बाँकी छ, सबै सचेत नेपालीहरुको अनुरोध पनि यही छ कि बन्दका कार्यक्रम फिर्ता होउन् र कहिले पनि कसैको मुखबाट बन्दका कार्यक्रम सार्वजनिक भएको सुन्नु नपरोस् ।

  • किन चाहियो हिन्दू राष्ट्र ?
    प्रतिक खनाल

    हिन्दू राष्ट्र नेपाल भइरहँदा हिजोसम्म के भइरहेको थियो ? यतातिर फर्के एकपटक हेरिसकेपछि मात्रै आगामी कुरा गरौंला । भगवानको बास रहन्छ भनेर मान्ने मन्दिर सबैका लागि खुला भएन यही हिन्दू राष्ट्र भएकै समयमा । अहिले पनि छैन अपवादबाहेक । जहाँ मन्दिरमा लाखौंका लाखौं भेटीको रुपमा संकलन हुन्छ त्यसका अगाडि जिन्दगी र मरणको दोसाँधमा रहेका असहाय, असक्त, अपाङ्गता भएका व्यक्ति, अनाथहरु कचौरा थापेर बसिरहेका हुन्छन् ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स । ३ माघ ।
    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..