Main Menu
  |   Sunday, September 24, 2017
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

  • लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो
    लुम्बिनी टाइम्स

    हामीले एउटा आर्थिक वर्ष सक्यौं । समीक्षा ग¥यौं । अबका कामका बारेमा योजना बनायौं । लुम्बिनीले मधेश आन्दोलनका कारण धेरै क्षति बेहोर्नुप¥यो । आन्दोलनकै कारण भौतिक पूर्वाधार तर्फ ५० प्रतिशत र पूजीगततर्फ ४५ प्रतिशत मात्रै बजेट खर्च भएछ । गुरुयोजनाका कामहरु पनि प्रभावित भए । अब हामीले नयाँ ढंगले काम गर्नुछ ।

  • भारत सार्कलाई आफ्नो सुरक्षा छाताभित्र राख्न चाहन्छ-  बिजुक्छे
    लुम्बिनी टाइम्स

    नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष हुन् । सरकारमा नजाने तर सरकारलाई समर्थन गर्ने भन्दै उनको पार्टीले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको गठबन्धन सरकारलाई समर्थन गरेको थियो ।

  • नवलपरासीदेखि पोखरासम्मको बेल्ट चट्याङका लागि जोखिमपूर्ण क्षेत्र
    लुम्बिनी टाइम्स

    विशेषगरी नेपालको दक्षिणपूर्वी भेग झापा र चुरे क्षेत्रमा असाध्यै धेरै चट्याङ पर्ने गरेको छ। त्यसबाहेक नवलपरासीको नारायणी बेल्टदेखि पोखरासम्मको क्षेत्रपनि चट्याङको लागि पकेट क्षेत्र जस्तै हो।

  • अफ द फिल्ड हाम्रो धेरै समस्या भयो : भावना
    लुम्बिनी टाइम्स

    भावना घिमिरे २०७१ को कात्तिकमा नेपाल क्रिकेट संघ (क्यान)को प्रमुख कार्यकारी अधिकृत रुपमा नियुक्त भएकी हुन् । त्यसयता उनले झण्डै २१ महिना क्यानको सिइओका रुपमा काम गरिन् । उनले क्रिकेट संघका काम गर्ने वातावरण नभएको भन्दैं पदबाट राजीनामा दिएकी छन् ।

  • सरकारसँग संयुक्त संयन्त्र बनाएर काम गर्न चाहन्छौंः अर्याल
    लुम्बिनी टाइम्स

    हालै बुटवलमा सम्पन्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको राष्ट्रिय अधिवेशनबाट बुटवलका व्यवसायी हरि अर्याल अध्यक्षमा निर्वाचित भएका छन । २०२६ सालमा गुल्मीको सिर्सेनीमा जन्मिएका अर्याल संयोगले पुस्तक व्यवसायमा हात हालेका हुन । जन्मथलोमै विद्यालय तहको शिक्षा पूरा गरी काठमाडौंको रत्न राज्यलक्ष्मीबाट २०४७ मा आइए तह पूरा गरेका अर्याल त्यसपछि बुटवलमा आए । बुटवलमा नगरपालिकामा मुखियाको जागिर शुरु गरेका उनी २०५६ मा बाध्यात्मक अवकाश भयो ।

  • अन्तर्वार्ता: नयाँ युगको अगुवाई गर्न नयाँ शक्ति : डा. भट्टराई
    लुम्बिनी टाइम्स

    मुख्य कुरा आर्थिक विकास र समृद्धिको निम्ति दुईवटा कुरा नेपालमा आवश्यक छ । पहिलो कुरा त यसको राष्ट्रिय रुपले आन्तरिक रुपमा एकता कायम गर्ने र एउटा दिगो शान्ति कायम गर्ने र स्थायित्व कायम गर्ने नै हो । त्यसको जगमा मात्रै तीव्र आर्थिक विकास हुन सक्छ । यसको निम्ती नेपालको जुन एउटा जातीय बनोट छ जसमा खस, आर्य, मधेशी, थारु र आदिवासी जनजाति लगायत छन् यी सबै जाति र समुदायहरुलाई एकतावद्ध गरेर लैजाने नीति हामीले अबलम्बन गर्नुपर्छ ।

  • कुपोषण न्यूनीकरण मुख्य चुनौती : अधिकारी
    गोपाल भण्डारी

    पोषणको अवस्था कमजोर भएका कारण कपिलवस्तु जिल्लामा कुपोषणको भयावह अवस्था देखिएको छ । पोषणको अवस्था सुधार गर्न जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला तह देखि गाउं तह सम्मका स्वास्थ्य संस्थाहरु मार्फत पोषण सम्वन्धि विविध गतिविधी तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

  • मुख्य चुनौती संविधान कार्यान्वयन
    लुम्बिनी टाइम्स

    सकेसम्म सबै पक्षलाई सहमति र सहकार्यबाट अघि बढाउने मेरो प्रयास हुनेछ। किनभने संविधान घोषणा भइसकेपछि रूपान्तरित संसद् छ, मुख्य चुनौती संविधान कार्यान्वयनको हो। सबै कुरामा राजनीतिक दल एक भएर अघि नबढे मुलुककै लागि झ्न चुनौती थपिने छ।

  • नयाँ शक्तिको लक्ष्य मुलुक समृद्ध बनाउनु हो –भट्टराई
    लुम्बिनी टाइम्स

    यहाँ कुरा भावनात्मक हैन । यो त विचार र विज्ञानको कुरा हो । नयाँ युग वदलिएपछि त्यो युगको आवश्कता पुर्ती गर्ने किसीमले काम गर्नुपर्छ । ति साथीहरुलाई अलिकति नयाँ युगमा प्रवेश गर्न अलिकति कठिनाई भैरहेको छ ।

  • ‘मोदीजीले नबोलेसम्म केही भन्ने अवस्था छैन’
    लुम्बिनी टाइम्स

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नबोलेसम्म केही भन्ने अवस्था छैन । म त्यो शब्द व्यक्त गर्दिनँ । आपसी समझदारीमा केही समस्या पक्कै भएको हो । उहाँहरूको भूमिकामा परिवर्तन गर्नुपर्छ भनेर नै हामी सबैले आ–आफ्नो ठाउँबाट कूटनीतिक पहल गरिरहेका छौँ । आशा गरौँ केही दिनमा सबै समस्याको समाधान हुन्छ ।

  • भारतसँग भन्दै आएका छौं हामी यस म्यान हुन सक्दैनौं : प्रचण्ड
    लुम्बिनी टाइम्स

    दिल्ली जाँदाखेरी मैले त्यहाँका सबै नेताहरुसँग र प्रधानमन्त्री मोदीसँग पनि यो कुरा भनेको थिएँ- हामी असल मित्र हुन चाहन्छौँ, तर तपाईँहरुले हामीलाई ‘एस म्यान’ बनाउन चाहनुभयो भने सरी, यो सकिँदैन, हामीलाई हाम्रै राष्ट्रको माया हुन्छ, तपाईँहरुलाई तपाईँकै राष्ट्रको बढी माया हुन्छ। अब मित्रले तपाईँको कन्सर्नलाई सम्मान गर्न सक्छ, एस म्यानले कहिल्यै पनि तपाईँको कन्सर्नलाई सम्बोधन गर्न सक्दैन। यो मैले खुलेर भनेको कुरा हो।

  • प्रगतिशील र लोकतान्त्रिक संविधान बनेको छ : नेम्वाङ
    लुम्बिनी टाइम्स

    नेपालकै इतिहासमा पहिलोपटक जनताको ६५ वर्ष पुरानो चाहना र भावनाअनुरूप संविधान बनेको छ । सोझै जनताको मतमा प्रतिनिधिहरूको हातबाट संविधान बनेको छ ।

  • बाहुनवादबारे डोरबहादुर विष्टको धारणा (अन्तरवार्ता)
    लुम्बिनी टाइम्स

    बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन् । सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे । बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थे । भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो ।

  • १९५०को नेपाल–भारत सम्झौता एकतर्फी छ : दाहाल
    लुम्बिनी टाइम्स

    सन् १९५० मा भएको सम्झौता एकतर्फी छ । सन् १९५० मा भएको यो सम्झौता राणा कालमा भएको थियो । हामी यसलाई अन्त्य गर्न चाहन्छौं । तर भारतले यो सम्झौता आफू एक्लैले अन्त्य गर्न नमिल्ने बताउँदै आएको छ । यसलाई दुबै पक्ष मिलेर अन्त्य गर्नु पर्दछ । यस विषयमा हाम्रो छलफल जारी छ ।

  • आत्मविश्वास बढेको छ
    लुम्बिनी टाइम्स

    आफ्नो परिचय, भाषा, संस्कृतिलाई सम्मान गर्दै यो मुलुक अघि बढ्नेछ। यो मुलुकमा यति धेरै स्रोतसाधन हुँदाहुँदै पनि पछि पर्नुमा अरू कसैलाई होइन, हामीलाई दोष जान्छ। यो मुलुक बनाउने जिम्मा हाम्रै हो।

  • ‘मेरो कार्यकालमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ’
    लुम्बिनी टाइम्स

    लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध)ले आफ्नो कार्यकालमा लुम्बिनी विकास गुरुयोजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • ‘दुई वर्षपछि तपाइँको घरमा बत्ती जाँदैन’
    लुम्बिनी टाइम्स

    हामीसँग भएका तामाकोशीलगायतका ठूला आयोजनाहरु २ वर्षभित्र पूरा हुन्छ। निजी क्षेत्रका आयोजनाहरु पनि बनेपछि वर्षाको लोडसेडिङ अन्त्य हुन्छ।

  • ‘६० प्रतिशत जनता वित्तीय पहुँचबाट बाहिर’
    लुम्बिनी टाइम्स

    वित्तीय स्थायित्व कायम राख्न अहिले बजारमा बढेको वित्तीय अपराधलाई रोक्नु पहिलो चुनौती हो।

  • अब अष्ट्रिचको बजारीकरण–शर्मा
    लुम्बिनी टाइम्स

    संसारकै ठूलो चरा अष्ट्रिचको व्यवसायिक पालन गर्ने एकमात्र नेपाली सी पी शर्मा ।

  • ‘राष्ट्र बैंकमा दबाब थेग्न सक्ने मान्छे चाहिन्छ’
    लुम्बिनी टाइम्स

    मेरो उपलब्धि मैले आफैं कसरी भन्ने ? समग्रमा वित्तीय स्थायित्व देखिने नीतिहरूबाट मात्रै हुने होइन । वित्तीय स्थायित्व सबभन्दा ठूलो विषय रहेछन्, सुशासनका सवालमा । सुशासन एकदमै सूक्ष्म हुन्छ । किनभने त्यहाँ कुनै व्यक्ति विशेषको कामकारबाहीको प्रसंग आउँछ । सञ्चालक समिति, प्रमुख कार्यकारीका विषय आउँछन् । त्यसलाई व्यवस्थापन गर्ने कुरा (माइक्रो म्यानेजमेन्ट) बडो जटिल हुँदोरहेछ ।

  • दोषारोपणभन्दा सहमति उपयुक्त : नेपाल
    लुम्बिनी टाइम्स

    संवादहीनताको अवस्था आउनुमा कारण छन् । तर, म कसैलाई दोषारोपण गर्न चाहन्नँ। तर, एउटा तथ्य के हो भने चार वर्षसम्म संविधान भन्दै त्यत्तिकै अल्झियौं। म त तीन महिनामा संविधान जारी गर्न सकिन्छ भन्ने मान्यता बोकेको मान्छे हुँ। अहिले र पहिले पनि संविधान निर्माणमा लागेको मान्छे हुँ। संविधानका आधारभूत कुरामा सहमति गर्नु मुख्य कुरा हो, बाँकी कुरा गर्न समय लाग्दैन। तर, अनावश्यक समय लिइयो। बहसै गरिरहने हो भने त जति पनि समय लाग्न सक्छ।

  • ‘कृषि क्षेत्रका संभावना खोज्ने प्रयास’
    लुम्बिनी टाइम्स

    यहाँ ४५ जिल्लामा उत्पादित कृषि उपजका प्रर्दशनी हुनेछ यो नै आफैमा आकर्षण हो । यसको साथै कृषकका लागि उपयोगी कार्यक्रम पनि गर्दै छौ । जस्तो माटो विशेषज्ञबाट माटो परिक्षण गदैछौ । जुनसुकै कृषक दाजुभाइले आफ्नो खेतबारीको माटो कस्तो प्रकारको छ र यो मोटोमा के के लगाउदा राम्रो उत्पादन हुन्छ ? कुन तरकारी फलफुल तथा अन्नपात बढी उत्पादन हुन्छ ? माटो परिक्षण गरेर थाहा पाउन सक्नुहुन्छ । त्यसैगरी अर्को कुरा हामी बोटविरुबाको स्वास्थ्य पनि परिक्षण गर्दैछौ । जसले गर्दा विरुबामा लागेको रोगको जानकारी हुन्छ । र अर्को कुरा उन्नत जातका बिउ बिजन पनि हामीले प्रदर्शनीबाटै बिक्री वितरण गर्दैछौ ।

  • अबको मिसन विश्वविद्यालयतर्फ
    लुम्बिनी टाइम्स

    ‘उदेश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझै हामीले एउटा सुनौलो उद्देश्य लिएर होराइजनको स्थापना गरेका थियौं । हामीले यस क्षेत्रका विद्यार्थी र अभिभावकलाई जुन खालको विश्वास दिलाउन सक्यौं, त्यो अहिलेसम्म कायम रहेकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु, अब मलाई विश्वास छ, उहाँहरुले हामीलाई सधैभरि विश्वास गर्न सक्ने अवस्थामा हामीहरु आइपुगेका छौं । हामीले धेरै ठूला ठूला सपना बोकेर यो क्षेत्रमा प्रवेश गरेका थियौं । एउटा सपना पूरा भएको घडीमा हामीहरु पुगिसकेका छौं । हामीले यस क्षेत्रका विद्यार्थीहरुलाई विश्वका जुनसुकै विद्यालय, विश्वविद्यालयमा पुगेर पनि प्रतिस्पर्धा गर्नसक्ने र नाम कमाउनसक्ने अवस्थामा पु¥याइसकेका छौं ।

  • माघ ८ मा संविधान नआएपनि खासै फरक पर्दैन
    लुम्बिनी टाइम्स

    पूर्वसभासद नीलाम्बर आचार्यको समय हिजोआज प्रायः राजनीतिक चिन्तनमा बित्ने गर्छ। उनलाई संविधानसभाले आफ्नो हैसियत एवम् अधिकारअनुरूपको कार्य सम्पादन नगरिरहेकोमा ठूलो चिन्ता छ। अनि राजनीतिक दल एवम् तिनका नेताहरूले जनतालाई दिएको वचनअनुरूप काम गर्न नसकेको या नगरेकोमा रोष उत्तिकै छ। नयाँ संविधान निर्माणका तगाराहरू के-के हुन्? दलहरूबीच कुरा के कारणले नमिलिरहेको हो?

  • ‘लगानीको क्षेत्रहरु विस्तार गर्न सक्ने योजनाहरु आवश्यक’
    लुम्बिनी टाइम्स

    साना तथा ब्यवसायीक कृषि क्षेत्रमा लगानी गरिरहेका छौं तर पनि ति क्षेत्रहरु जोखिम रहित क्षेत्र नभएको कारणले गर्दा हामीले हाम्रो लगानीलाई ब्यापक बनाउन सकिरहेका छैनौ । त्यसकारणले गर्दा लगानीको वातावरणलाई मूर्तरुप दिन सरकारले लगानीको क्षेत्रहरु विस्तार गर्न सक्ने किसिमले योजनाहरु तर्जुमा गर्नुपर्ने थप आवश्यकता रहेको छ ।

  • राजस्व चुहावट देखे उजुरी गर्नुहोस् : अर्थमन्त्री
    लुम्बिनी टाइम्स

    अर्थ मन्त्रालयले विश्वास दिलाउने काम गर्दै आएको छ । सदुपयोग गर्ने काम अर्थ मन्त्रालयको मात्रै होइन । अर्थ मन्त्रालयले रकम वितरण गर्ने मात्रै हो । सबै मन्त्रालय, विभाग र मातहतका सरकारी कार्यालयले इमानदारीपूर्वक सदुपयोग गर्नुपर्‍यो । खर्च गर्ने ठाउँमा अर्थ मन्त्रालय हुँदैन । मन्त्रालयहरूलाई रकम विभाजन र योजनाहरूलाई रकम दिन्छौँ । सदुपयोग गर्ने काम प्रत्येक निकाय, उपभोक्ता र नागरिकको पनि हो ।

  • परिश्रम अनुसारको फल जापानमा : गैरे
    लुम्बिनी टाइम्स

    गोज एजुकेसन कन्सल्टेन्सी बुटवलमा खोल्नुको कारणहरु धेरै छन । यो यस्तो ठाउँ हो जहाँबाट धेरै युवायुवतीहरु अध्ययनको लागि होस या रोजगारको लागि विदेशिने क्रम बढ्दो छ । यस्तो अवस्थामा हामी गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य लिएर आएका छौ । अहिले हामी जापानको लागि मात्र लक्षित छौ । हाम्रो चाहना कोही पनि विद्यार्थी नठगिउन् भन्ने हो । कठोर परिश्रम गरेर आफ्ना सन्तानलाई विदेश पढ्न पठाउन तयार अविभावकको रकम सहि ठाँउमा सदुपयोग गर्नकोलागि गोज एजुकेसन कन्सल्टेन्सी बुटवलमा आएको हो । यसको मुख्य कार्यालय काठमाडौंमा छ । अर्को कुरा हाम्रो बुटवल शाखा शतप्रतिसत रिजल्टका साथ संचालित छ ।

  • सहकारी पनि मर्ज गरे हुन्छ : थापा
    लुम्बिनी टाइम्स

    सहकारी यति धेरै भए कि यसबाट सहकारीकर्मीले लिएको शिक्षा भन्दा विकृती धेरै हुन थाल्यो । किनकि धेरै बच्चा भएमा रेखदेख र स्याहार सुसार पु¥याउन नसकिए जस्तै निश्चित कर्मचारीले धेरै सहकारीहरुको नियमित अनुगमन गर्न सकिदैन जसले गर्दा सहकारी नजानेर दुर्घट्नातिर लम्किरहेको हुन्छ एकैचोटी दुर्घट्ना भएपछि मात्र जानकारी हुन्छ ।
    अर्को कारण के हो भने बजारको क्षमता भन्दा बढि सहकारीहरु भएमा सहकारी संस्थाको वार्षिक आय भन्दा खर्च बढि हुन जान्छ जसले गर्दा सहकारी फस्टाउन सक्दैन बरु घाटा व्यवसाय तर्फ जान सक्छ । यसता केवल दिन धकल्ने र काल पर्खने सहकारी संस्थाले गर्दा अरु सक्षम र क्षमतावान राम्रो सहकारीलाई पनि केहि न केहि नकारात्मक असर पर्छ ।

  • नेपालमै सेवा गर्न मन छ : डा. धिताल
    लुम्बिनी टाइम्स

    म त अहिले पनि हाम फालेर जान तयार छु। तर वातावरण त बन्नुपर्‍यो। नेपालमा गएर केही गर्ने वातावरण बनिसकेको छ जस्तो लाग्दैन। कुनै पनि माध्यमबाट आफूले पाएको ज्ञान र सीपको माध्यमबाट केही मद्दत गर्न पाइन्थ्यो भने त्योभन्दा ठूलो खुसीको कुरा मेरो लागि केही हुँँदैन। म त भन्छु हामीमा परिवर्तन आउन आवश्यक छ। यदि त्यस किसिमको वातावरण बन्यो भने म नेपाल जान तयार छु। मैले बेलायतमा रहँदा इटलीको एक टापुमा गएर मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी हेल्थ क्याम्प चलाइसकेको छु।

  • संघको गरिमा उचो बनाउने नेतृत्व आओस् : श्रेष्ठ
    लुम्बिनी टाइम्स

    म नेतृत्व हस्तान्तरणको संघारमा आएको छु । मैले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । मैले नेतृत्व लिइसकेपछि अब मैले नै नेतृत्व लिएर नेतृत्व लिन तयार भएका उद्योगी व्यवसायी साथीहरुलाई मैले रोक्नुहुन्न । यसकारण संघका हरेक क्रियाकलापलाई चुस्त दुरुस्त बनाउँदै, संघको भिजनलाई अरु उचाइँमा पुराउँदै, अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नो पहिचानलाई थप स्थापित गर्दै, युवा उद्यमीहरुलाई अगाडि बढ्नका लागि प्रेरणा र साहस प्रदान गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने नेतृत्व आओस् भन्ने मेरो कामना छ ।

  • फुटवलर विमल भन्छन्–बुवाको कारण यहाँसम्म आएँ
    लुम्बिनी टाइम्स

    विमल घर्ति मगर काठमाण्डौंमा भएको साफ च्याम्पीयनसिपमा पाकिस्तानसँगको भिडन्तमा वरावरीमा पुराउने फुटवल स्ट्राईकर हुन । नेपाली फुटवलमा छोटो समयमै सेलिब्रेटीसमेत भएका युवा स्ट्राईकर विमल अहिले नेपाली फुटबल क्षेत्रमा सवैभन्दा चर्चामा समेत छन् ।
    सानै उमेरदेखी फुटवलमा रमेका विमल उमेर समुहका भरपर्दा खेलाडी समेत हुन् ।

  • आमाको पछि लागेर मामाघर जाँदा ….
    लुम्बिनी टाइम्स

    सधैकोे दशै जस्तै यो दशै पनि उस्तै रहने छ । यद्यपि कलाकार भईसकेपछि दशै मनाउने शैली आममान्छेको भन्दा थोरै फरक पर्दो रहेछ । यस कारण भोलि काठमाडौंमा उपलब्ध कलाकारहरु जमघट भई शुभकामना आदान प्रदान गर्ने छौ भने सवै साथीहरु दशै मनाउनका लागि घरमा जानुपर्ने भएकोले भोलि नै एकअर्काबाट बिदा हुने छौं ।

  • बुटवल वित्त क्षेत्रमा हब बन्दैछ
    लुम्बिनी टाइम्स

    एउटा चिन्ताको कुरा के हो भने एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको युग हो भने पनि हामीले त्यसको भरपुर प्रयोग गर्न त के त्यसको न्यूनतम उपयोग गर्न पनि सकेका छैनौं । त्यो हाम्रो दोषभन्दा पनि नीति र नियमको अभावको कारणले खुला अर्थतन्त्र देश भन्ने, स्वेदशी विदेशमा लगानी गर्न नपाइने, विदेशीले नेपालमा लगानी गर्न नपाइने, यदि विदेशमा लगानी गर्न पाउने छुट भएको भए कतिजना विनोद चौधरी जस्ता नेपाली विश्वको धनीको सूचीमा पर्दथे होला ।

  • ‘गृह पुस्तकालय सन्तानलाई वरदान’
    लुम्बिनी टाइम्स

    मान्छेको जातै अनौठो हो । अति रहस्यमय । मान्छेको प्रवृत्ति नै विचित्रको छ । हाम्रो इतिहासले त्यसै भन्छ । सबै युगमा सबै प्रकारका मान्छे देखिए । अहिले पनि त्यस्तै हो । तर हामी सबैको प्रयास नराम्रो होइन राम्रो तर्फ नै हुनु पर्छ । मान्छेले युगौं देखि गर्दै आएको पनि त्यही नै हो । संसार ज्ञानले नै चलाउने हो । संसारका करोडौं मान्छे यो अभियानमा लागेकै छन् । तपाई हामीले त पेसा नै बनायौं । मान्छेले बुझिरहेका छन् । सबैलाई बुझाउने भन्ने कुरा असम्भव प्रायः छ ।

  • समर लभले जन्माएको प्यास सायाले तृप्त गर्नेछिन्
    लुम्बिनी टाइम्स

    यौन भन्ने कुरा हाम्रो समाजमा सकारात्मक ढंगले अगाडि ल्याउन आवश्यक छ कि छैन भन्ने कुरामा हामी प्रष्ट हुन जरुरी छ । यदि जीवनमा यौन आवश्यक छ भने कुनै पनि सिर्जनामा त्यो अनावश्यक कसरी हुन्छ ? चाहे त्यो पुस्तक होस् वा सिनेमा । साहित्य समाजको दर्पण हो तसर्थ यौनको कुरालाई फिल्टर गरि रहनुपर्छ जस्तो मलाई लाग्दैन । समर लभको सिक्वेलको रुपमा साया लिएर आएको हुँ । समर लभले जन्माएको प्यास सायाले तृप्त गर्नेछिन् ।

  • ‘चीनियाँ लगानीबारे भारतीय चासो हास्यास्पद’
    लुम्बिनी टाइम्स

    नेपालले चीनसँग राखेको सम्बन्धबारे चिन्ता गर्नु हास्यास्पद कुरा हो । जब मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो, के उहाँ चीन गएर ब्यापारका लागि सम्झौता गर्नुभएन् ? आगामी महिना जब अमेरिका जानुहुन्छ, कुनै सम्झौताबारे छलफल गर्नु हुन्न ? अनि किन नेपालको चीनसँगको सम्वन्धबारे चिन्ता लिनुहुन्छ ?

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..