Main Menu
  |   Friday, November 24, 2017
  • राष्ट्रवाद सप्रिएछ !
    दिनेश खड्का

    अहो ! आजकल राष्ट्रवाद त क्या सप्रिएछ !
    अहो ! आजकल जिन्दावाद र मुर्दावाद क्या हुर्किएछ !
    अझ नातावाद र कृपावाद बहुत नै मौलाएछ ! !

  • खै कसरी मनाउँ गणतन्त्र ?
    अर्जुन ज्ञवाली

    ए गणतन्त्र !
    खै कसरी मनाउ तिमिलाइ
    आजपनी भोकाको लागि
    गास बन्न सकेनौ
    नाङ्गाको लागि

  • जीवनमा दुखाईले आमालाई सम्झाऊँछ अनि रुवाउँछ
    प्रकास गाैतम

    थाहा छ तपाई हामी सबैलाई आमा धर्ति हुन ,यस धर्तिमा कुल सात अरबको हाराहारीमा मानिसको बसोबास छ ,अरु प्राणी त अनगिन्ति कति हो कति,यो सबको भार यीनै धर्ति माताले बोकिरहेक़ी छिन।हो यसैबाट हामी यो बूझ्न सक्छौ कि जन्म दिने आमाले हाम्रो लागी कति दुःख कस्ट अनि भार बोक्नू भयको छ भनेर हो म यहाँ मैले देखेको,सुनेको अनि भोग्दै गरेको र मेरो कारणले मेरी आमाले पाउनू भएको दुःख अनि कस्टको केहि भाग कोरदै छू । मन परेन भने लेखकको बुझाईं हो मेरो भोगाइ होइन भनि भुझ्नू होला ।

  • कठोर साँझ
    प्रकाश शर्मा आँशू

    गोधूली सितको झम्के सांझले
    मेरो मनोभाव संग अनूप्रास मिलाउदै
    मादकता रुपी कल्पनाको आस देखाएर
    प्याला प्याला नसाको कडक प्यास जगाउदै
    मेरो जीवनका सारा जवानी लूट्थ्यो लूटीरहेछ
    यसैगरी लूट्ने छ

  • गजल
    दिनेश खड्का

    नेताले कार्यकर्तालाई खिलाउन थाले चुनाव आएर होला !
    हरेक साँझमा मदिरा पिलाउन थाले चुनाव आएर होला !

  • मेरो बाउ रे !
    जीवन देवान गाउँले

    म त्यही बाटो भएर आईपुगेको थिए, जुन बाटो भएर गएको थिए । तर, जादा हिडेका पैतलाका डोबहरु फर्किदा बसका चार पाग्राले पहिल्याउदै आए । मैले हिडेको बाटो गाडी हिड्ने रोडमा रुपान्तरीत भै सकेको थियो ।

  • जब तिम्रो मोवाइलमा म्यासेज  आयो‍‍‍‍..
    नबिन भट्टराई

    महल भित्र को आनन्द झुपडीमा तिमि लिन सक्दिनौ पैसा लाई साथी बनाएर साथ दिने हरुको लर्को लाग्दा तिम्रो पछि हराउन्थे म बिचैमा मेरो गन्ति नै हुदैनन्थ्यो त्यहाँ तर, पनि मानसपटल मा भने तिम्रो याद रहिनै रहयो।

  • रामचन्द्र भट्टराईको हरिया सर्प कृति सार्बजनिक
    लुम्बिनी टाइम्स

    बुटवल । कवि रामचन्द्र भट्टराईद्वारा लिखित हरिया सर्प कविता संग्रह शनिबार बुटवलमा विमोचन गरिएको छ । नेपाली साहित्य क्षेत्रका वरिष्ठ साहित्यकार तथा कवि भट्टराईको कविता संग्रह एक कार्यक्रमबीच विमोचन गरिएको हो ।

  • मेरी बहिनी
    सन्देश सुवेदी

    अस्ति भर्खर मात्र हो जस्तो लाग्छ, सिर्सेनीको भञ्ज्याङ्गमा बहिनीले र मैले स्याँ स्याँ गर्दै दाउरा ओसारेको । हजुरको बिहा भए पछि त पछि लाग्ने भाउजू हुनुहुन्छ, अनि म चेलीलाई बिर्सने त होला नि भनेर प्यारी बहिनीले भनिरहँदा मैले दुई चड्कन लगाएको अहिले पनि आफ्नै गालामा दुखिरहेछ, मनमा पड्किरहेछ त्यति माया गर्ने बहिनीलाई मैले थप्पड हानेँ भनेर र पनि मैले मायाले सहन नसकेर उसलाई थप्पड हानेको थिएँ त्यतिबेला । ज्योति रुनु न हाँस्नु भएर मेरो अगाडि अगाडि हिँडिन र मैले आफूलाई धोइ पखाली गर्न पाइन बहिनीसँग सरी माग्न पनि पाइन । दाजु बहिनी भएकाले हामी मिल्यौँ हाँसो खुशी फेरि छायो र पनि त्यो थप्पडको बारेमा न मैले उक्काउन सकेँ न उनले नै मलाई ठाउँ दिइन, मनमा एउटा खिल पर्यो र त्यहीँ बिलायो झिक्न पाइन त्यही भएर बिझाउदो रहेछ कहिलेकाहीँ ।

  • कारवाही हुँदा बाबुरामलाई लाग्यो: प्रचण्डको बुद्धिमा बिर्को लागेको छ
    अनिल थापा

    कारबाही गरेर बन्दी बनाइएपछि पनि ‘बाबुराम भाग्न सक्छ अथवा दुस्मनले हेलिकप्टर लिएर लैजान सक्छ’ जस्ता ‘उटपट्याङ’ हल्ला चलाइयो ।
    जनसेनालाई थप सतर्क गराइयो। ठाउँठाउँमा पूरै चेक गर्न लगाइयो। बाबुरामलाई पीएलएभित्र माया गर्ने पनि थिए, उनीहरुले यस्ता सूचना दिन्थे।

  • सुमी लोहनी

    नेपाली जन्ता भन्या को हुन् हँ ? तपैँलाई था छ कि ? के वाहियात प्रश्न सोध्या तिमी हामी नै त हौँ नि नेपाली जन्ता भन्या भन्नुहोला । साँच्चै, के नेपाली जन्ता भन्या हामी नै हौँ त ? पहिला पहिला त पुस्तौँदेखि यहीँ बसोबास गर्दै आ’का, नेपाली नागरिकता पा’का आदि सबै नेपाली जन्ता हुन् भन्ने लाग्थ्यो । तर केही समयदेखि ठूला बडा नेताका भाषण र कुरा सुनेर यो सबै भ्रम रहेछ भन्ने लाग्न थाल्या छ ।

  • तिमी,म र तिनाउ
    संगिता 'अञ्जुली'

    धेरै पछि आज पुरानो घाउ नमजाले दुखेको छ ।म सम्झिदैछु तिनाउको छातीमाथी तेर्सिएको पुरानो यौटा झोलुङ्गे पुल जसमाथी लाखौं भरियाहरू प्राण बोकेर हिंडे ।जसमाथी
    लाखौं भरियाहरू प्राण बोकेर हिंडे ।लाखौं तन्नेरीहरू जवानीको भारी बोकेर हिंडे । लाखौं बालबालीकाहरू भबिष्य बोकेर हिंडे।

  • लेट अपलोड अफ माइ इङ्गेजमेण्ट‍‍..
    मोहन पौडेल डटकम

    सारको महिना त्यसमाथि तिनचार दिन देखिको भारी बर्षा । अलिअलि भएको जागर पनि मर्दै थियो।घर भित्रै अझै भनौ कोठामा नै कैद भइरहने चाहना मनले गर्दै थियो। कहिलेकाही बाहिरी वातावरण चिहाउन पनि कता कता मनले खोजेको आभास हुन्थ्यो,अनि कोठाका झ्यालमा सजाइयका पर्दाहरु उचालेर बाहिर नियाल्न खोज्दथे अनि क्षणिक भए पनि आनन्द लिने कोशिस मेरो रहन्थ्यो।

  • हुन्न भनेर गरेको काम कसरी हुन्छ र !
    दल बहादुर गुरुङ

    कबुलियति वनकै कारण पूर्वी पाल्पाको झिरुवासले आर्थिक,सामाजिक उन्नति गर्दै आएको कुरा पहिलेदेखि सुन्दै आएको थिएँ । जिल्ला वन कार्यालय,पाल्पाका सरहरुले पटक पटक जाऔं भनेपनि आफ्नो व्यथा उस्तै कहिल्यै जान अवसर नमिल्ने । यसपाली पनि जिल्ला वन अधिकृत दधिलाल कंडेल सरले जाऔं भनेकै हुन् तर उस्तै भयो ।

  • अतीत ब्युझाँउने बैशाख १२
    इन्दिरा पाण्डे

    आहा! सम्झदा पनि कति रमाइलो लाग्छ । स्मृतिका पाना पानामा रङ्गीन बनेर सजिएका तरेलीहरू । सायद त्यसैले होला आज पनि ती सम्झनाका तरेलीहरू परेलीमा अल्झिरहन्छन् । अनयासै टोलाउन पुग्छु । अनि पल्टाउँछु उनीसँग बिताएका पलहरू, अनि उनीसँगै सुस्ताएका प्रहरहरू……….
    टेबुलमाथि ठूलो अक्षरमा ह्याप्पी बर्थ डे टु यु नितेश लेखिएको बर्थ डे केक थियो

  • छोरो खोज्दै सहर पसेकी आमाको कथा
    झविन्द्र देवकोटा

    महेल परेका कपडा, चाउरी परेको अनुहार । ख्वाक, ख्वाक गर्दै बैसाखीको भरमै वल्तिर पल्तिर गर्नु मेरो दैनिकी । बैसाखी विना वरपर गर्न सक्ने अवस्था पनि छैन । बुढो चाउरी परेको शरीरलाई जनतन लतार्दै तल्लो बेसी र उपल्लो गाउँ गर्छु । वर्षामा भित्रै ताल पर्ने र चैतको घामले बिस्कुन सुक्ने फेदीमा रहेको मेरो बुकुरो, सानो बतासलाई पनि थेक्न सक्दैन । छाला झुण्डिएका छन् ।

  • दुश्मन
    मनु मन्जिल

    मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु

  • ‘सलाम छ नेपाली किशाेर फुटबलर तिमीलाई’
    चन्द्रकान्त न्याैँपाने 'रसिक'

    हे!नेपाली किशाेर फुटबलर तिमीलाई सलाम छ।

  • साथीको लोग्ने
    सुनिल सङ्गम

    आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ।

  • ए मेरी आमा पो !
    होम सुवेदी

    “मैले सबैतिर सोधिसक्या छु, मसँग झूट बोल्नु पर्दैन । कहाँ अफिसमा हुनुहुन्थ्यो हजुर ? मलाई छक्याउनु पर्दैन है । भन्नु, कोसँग छ अचेल तपाईंको…….. ?

  • सिमा वारि सिमा पारि
    पुण्य खरेल

    भवानीजीसँग परिचय भएको चार–पाँच वर्ष भयो । भानुजयन्ती नै हो क्यार ! हामीले पारिका पनि निकै साहित्यकारहरूलाई निमन्त्रणा गरेका थियौं । त्यही कार्यक्रममा उहाँसँग चिनजान भएको हो ।

  • बोटानिका प्रेम
    मनि राई गोठाले

    फू–पेकले दिएको ठेगानामा निर्धारीत समय मै क्योरी आईपुगी । क्यानडिल डिनर ईन्भाईटेशन हो यो । साँग्रिलाको तडक भडकमा क्योरीको श्रृङगार निकै खुलेको थियो । हाई, हेल्लो र वेलकमको औपचारीकता पछि केही झुकेर अलिकति मुख बिगारी क्योरीले । तर, त्यो कुरा फू–पेकको नजरबाट लुक्न सकेन र बोल्यो,– ‘मलाई थाहा थियो, यो स्मोकिङ जोन तिमीलाई मन पर्दैन भनेर ।’ ‘हैन हैन ।’

  • आमाको महिमा
    चूडा निर्भीक

    सक्छौ प्यार भयो आदर गरी आमा खुशीले भन
    सक्दैनौ गतिलो आदर दिनै मान्छे कुमान्छे किन
    फाल्छौ वृद्ध भनी कहाँ सडकमा के धर्म मानौं अव
    छाडी शर्म कुकर्ममा रत भयौ मागेर खान्छिन् जव ।

  • देवदहमा ४ कृति विमोचन
    कमला अर्याल

    देवदह । रुपन्देहीको देवदह–८ पिपलडाँडामा अनुराग साहित्य श्रृङखला–९ तथा कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाजको आयोजना र ओम दर्शन पार्टी प्यालेसको सह–आयोजनामा भएको कार्यक्रममा रदिफ सागको ईश्वर बनेका पथ्थरहरु, संयुक्त गजल संग्रह गजल ईन्द्रेणी, गजलकार डा. घनश्याम परिश्रमिको पाश्चात्य साहित्य चिन्तन र संयुक्त मुक्तक संग्रह मुक्तक मिठास गरि ४ वटा कृचि विमोचन गरिएको हो ।

  • यस्तो छ देउसी भैलोको खास महत्व
    शिरोमणि दवाडी

    बाबरी, सयपत्री, मखमलीले डाँडाकाँडा ढकमक्क। गाउँघरमा सेलरोटीको, बास्ना आयो मगमग, मादल र सारङ्गी भिर्दै, देउसे आए नाच्दै, गाउँदै
    खुसीयाली छर्दै, देउसिरे भन्दै तिहार मनाउँदै बुढापाका ठिटा-ठिटी, साथमा ल्यायौँ केटाकेटी देउसेलाई सिदा चामल ठीक पार्दै छन् घरबेटी

  • तर पनि दशैको शुभकामना
    दीपक विश्वकर्मा

    लाहुरे आउँदा घर यसपटक
    पाहुने छैन सग्लो परिवार
    धर्ती सर्केर कम्पनको बेला
    पुरिए आफन्तहरु गर्भमा
    जमरा उमारिएन मझेरीमा
    तर पनि दशैको शुभकामना ।

  • मेरो र माइली विकको दशैं
    रविन्द्र मिश्र

    सधैं झैं यो पटक पनि
    मेरालागि दशैं उस्तै-उस्तै रह्यो
    खोला बग्यो, रगत बग्यो
    (जीन्दगिको) अर्थ ब्यग्यो
    चेतनामा फेरी एकपल्ट मार हान्दै
    दशैं आयो, अनि गयो
    खै के भयो?

  • दशैं पहिचान गुमाएर कतै थला त परेन
    दाजु गुरुङ

    कहिले ननिदाउने शहरका रात्री–नाँच घरहरुमा
    अलमलियो की भनेर खोजीरहेछु,
    र खोजीरहेछु आफ्नै चिरपरिचितका अनुहारहरुमा दशैं ।

  • के यहाँ सरकार छ?
    दिनेश खड्का

    देशभन्दा पेट ठूलो हुन्छ भोक लाग्दाखेरि
    सुन्दैन नि सरकारले खाना मैले माग्दाखेरि
    देशभक्ति गाउँ या भोक मेटाउ मैले यहाँ
    सरकार छैन देशमा लाग्छ किन जहिले यहाँ
    जता जान्छु उतै किन घोच्ने काँडे तार छ !
    म सोध्छु आफैलाइ–के यहाँ सरकार छ ?

  • नौं घण्टे पैदल यात्रामा सेलरोटी पकाउँदा
    दल बहादुर गुरुङ

    जीवनमा यात्रा खुबै गरियो । त्यसमा पनि पैदल यात्रा त मेरो रुचिकै विषय हो । पैदल हिंडेर चप्पल पडकाउँदै,उकाला ओरालामा पसिना पुच्छ्दै,कानबाट हावा फाल्दै,पिंडौला फर्काएर हिड्नुको मज्जै आर्को । यसपटक पनि त्यस्तै विर्सिनै नसकिने यात्रा गरियो ।

  • गाईजात्राकी मेरी बूढी
    पिँडालु पण्डित

    बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।।जनताको सुशासनी राष्ट्रसेवी जस्ती पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती

  • मनिराम थारुको बकपत्र
    लक्ष्मण श्रेष्ठ

    “के छ हो दाजु ? ज्यानलाई आरामै छ नी ?” सेतो गन्जी र हाफ पाइन्ट लगाएर निमको बोटमुनि खटियामा बसेर मोटो किताब पल्टाइरहेको दाजुलाई सोधें मैले । दाजुचाहिं मुसुक्क मुस्काए । कालो अनुहारमा चम्किला देखिए दाँतहरु ।
    “ओहो ! धेरै पछि गाउँ आइयो त ! लौ बसौं बसौं ।” स्वागत गरे दाजुले ।

  • अरे, नाममा के छ ?
    दीपक विश्वकर्मा

    भारतीय सिनेजगतमा एउटा खुव प्रचलनमा आउने शब्द छः “साला नाममे क्या रख्खा हैं ।” मेरो विचारमा यो एकदमै सही कुरो हो । नाम भनेको कसैलाई वा केही चिजलाई इंगित गर्ने कुरो त । अनेकका अनेक नाम हुन्छन् । संसारमा भएका हरजीवनिर्जीव सबैका र यहाँ सम्म कि आकाश पातलका नाम छ । नयाँ प्रयोगमा आउने, नयाँ पैदा हने हरेक उत्पत्तिका नयाँ नाम राखिन्छन् ।

  • इच्छामृत्यु
    देवेन्द्रराज शाक्य

    मलाई इच्छामृत्यु चाहियो । म इच्छा मृत्युको माग गर्छु । के मैले इच्छामृत्यु माग गर्न सक्छु ? के मलाई इच्छामृत्यु माग गर्ने अधिकार छ ?

  • परिवर्तन भयौ आज
    सपना शर्मा

    वीर सहिदको रगतले अखण्डन बनेको देशलाई । अहिले आएर देशलाई खण्डित तिमी किन गर्छौ ।। मन्दिरको घण्टी र शान्तिका गित सुनिने ठाउमा ।
    बमगोलाको आड लिएर अशान्ति तिमी किन छर्छौ ।।

  • खगिन्द्रा खुसी

    “तारा दिदी आइनन् आज ?”
    “तारा दिदी ? ए….आज देखि हो ? तारा दिदी नआएको १५ दिन भन्दा धेरै भइसक्यो । ”
    “ओए हो र ? मलाई त थाहै पो थिएन त ? किन नआएकी रे ? ”
    “खै किन हो ? अहिले त चटपटे पसल पो खोलेर बसेकी छिन् अरे त !”
    “लौ..चटपटे पसल पो ! चियाका मुना चुँडेर त्यत्रो कमाउनेले अब चटपटे पसल खोलेर के फाइदा ?”
    “त्यै त भन्या” “ओए फोन लगा न तिनलाई, किन छोडिछिन्, बुझौं”

  • आस्था मिल्दैमा के हुन्छ र ?
    बिबेक दुलाल क्षेत्री

    उसले सोधी, ” हजुरको विवाह भएको छ कि छैन ?” मलाई झनक्क रिस उठ्यो, मैले आफ्नो रिस नदेखारै उसलाई उत्तर दिएँ, “धत् लाटी, पढाइमा ध्यान लगाऊ, किन चाहियो यी सबै कुरा तिमीलाई !”उसले पुन भनी – “सर भन्नु न प्लिज !”

  • साथी
    सरण राई

    ‘पालेको चरीले आँखा ठुङ्छ’ भनेझैँ राजनीतिमा त विश्वास गरेको साथीले आँखा मात्र होइन ज्यानै समेत लिएका उदाहरणहरू प्रसस्तै पाइन्छन् । आफूले भनेजस्तो भएन भने साथी त्यागी हाल्नु पर्छ भन्ने सोच्नु हुँदैन । ‘दोषरहित मित्र’को खोजीमा रहँदा मित्रविहीन एक्लो भइने अवस्था बन्न सक्छ ।

  • रगत भन्दा गाढा हुन्छ मित्रता
    निता के.सी. भट्टाराई

    हिरा मोतीले किन्न सक्दैन चोखो मित्रता मीठो बोलीमा हजारौ चोटी मारिदिन्छ मित्रता, कहिले सुदामा झै गरिब बन्छ मित्रता
    कहिले कृष्ण झै दानी हुन्छ मित्रता

  • यसकारण मैले डिर्भोस गरे
    सन्जु बजगाईं 'नेपाल'

    बिवाह पछि पटक-पटक गर्भ रहेको थियो उसको तर अडिन सकेको थिएन । डाक्टरलाई देखाउँदा औषधि खाएर अझैकेही समय धैर्य गर्न सल्लाह दिएका थिए ।लोग्नेसँग छुट्टिएको पहिलो प्रभातमा सम्पूर्ण फरकहरुलाई नियाल्न मन लाग्यो उसलाई । उसले झ्यालको पर्दा उघारी । सुन्दर बिहानी पहिले जस्तै कलिलो घामसँगै झुल्किएको थियो ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..