Main Menu
  |   Sunday, July 22, 2018
  • कालीगण्डकी किनारमा गिद्ध पच्छ्याउँदा….
    मनिकर कार्की 'निवर्तमान' | बुधबार, १ पुस ।

    बिहान छिप्पिंदै थियो । मंसिर महिनाको अन्तिम दिन, अर्थात् तापक्रम घट्ने क्रम जारी नै थियो । कालीगण्डकी किनारमा छिप्पिंदो बिहानीसँगै चीसो पानीको सतहबाट उठेको भुईं कुहिरोको च्यादर छिचोल्दै घाम देखिन खोज्दैछ । जति जति घामको झुल्को धर्तीमा स्पर्श हुँदैछ, नदी किनारमा चलेको चिसो सिरेटोको करेण्ट घट्दै जाँदा न्यानोपनको आभास बढ्दैछ ।

  • नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ?
    फणिन्द्र नेपाल | बुधबार, ९ मंसीर ।

    इतिहासको उषाकालले के देखाउँछ भने नेपालको क्षेत्रफल विशाल थियो । मध्यकालीन विशाल नेपाल तत्कालीन राजाहरूको व्यक्तिगत सम्पत्ति सरह अंशवन्डा गरिँदै गएपछि आपसी झैझगडा समेतका कारण खण्डित हुँदै गएको प्रमाण पाइन्छ ।

    पृथ्वीनारायण शाहले सर्वप्रथम राज्य राजाको व्यक्तिगत सम्पत्ति होइन र सार्वभौमसत्ता अविभाज्य हुन्छ भन्ने तथ्यलाई हृदयंगम गरे । सन् १७४२ मा २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा विराजमान भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण अभियान सुरु गरे । सन् १७४३ मा नुवाकोटमाथि गरिएको आक्रमण विफल भएपछि उनले दोस्रोपटक नुवाकोटमा आक्रमण गरी २६ सेप्टेम्बर १७४४ मा नुवाकोटमाथि विजय प्राप्त गरे ।

    २८ मे १७५७ मा विजयादशमीको दिन पारेर गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग¥यो । बल्खु खोलाको किनारमा ६ घण्टासम्म भएको लडाइँमा ४०० गोर्खाली सैनिकसहित काजी कालु पाँडेको मृत्यु भयो । यसपछि पृथ्वीनारायण शाहले सैनिक व्यवस्था मिलाउने उद्देश्यले केही समयका लागि युद्ध रोके ।

  • यसरी पकाउनोस् अष्ट्रिचको मासु
    लुम्बिनी टाइम्स | मंगलबार, २४ कात्तिक ।

    बुटवल । तिहारको रमझम शुरु भइसक्यो । तिहारमा मासुका अनेक परिकार बनाएर दाजुभाइ र दिदीबहिनीलाई खुवाउन अनेक तरिका अपनाइन्छ । कसरी मिठो पकाउने भन्नेमा धेरै समय खर्च हुन्छ हामी नेपालीहरुमा । अझ भनौं जे कुरालाई पनि नेपाली शैलीमा पकाउँदा हामी त्यसको खास स्वाद थाहा पाउँदैनौ ।

  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स | शुक्रबार, १३ कात्तिक ।

    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए ।

  • सम्झिराख्नुस् – दसैं, मासु अनि रोग
    डा. लक्की शर्मा | फिजिसियन

    दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यस्तो अवस्था छैन । अहिले मानिसहरू नियमित रूपमा दिनहुँजसो मासु खाइरहेका हुन्छन् तथापि दसैंको मासुको कुरै अलग हुन्छ ।

  • यस्तो विचित्रको छ मानव उत्पत्तिको इतिहास
    एजेन्सी | बुधबार, २० असोज ।

    बाँदर र मानवबीचको प्रागमानव जाति अष्ट्रोलोपिथेकस भएको कुरा स्वीकारे पनि बैज्ञानिकहरुले बाँदरबाट बिकसित सुरुको होमिनिड पुस्ता अष्ट्रोलोपिथेकस नै हो भन्ने कुरामा शंका गर्दै थिए ।

  • उहिलेका पालामा यसरी खिचिन्थ्यो फोटो
    एजेन्सी | बुधबार, २० असोज ।

    काठमाडौं । पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्वीर उतार्नुपर्‍यो भने हातैलै उसको आकृति कागज वा कपडामा उतार्थे । यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो, त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो । यसरी बनाइएको आकृतिमा लियोनार्दो द भिन्सीले बनाएको मोनालिसाको तस्वीर विश्व प्रख्यात छ ।

  • कसैले सम्झेर बाडुली लाग्दैन, खास कारण यस्तो छ
    लुम्बिनी टाइम्स | बुधबार, २० असोज ।

    सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ ।

  • धान, गहुँ, तरकारी, माछा र दूधमा रुपन्देही आत्मनिर्भर
    दीपक घिमिरे | सोमबार, ११ असोज ।

    भैरहवा । रूपन्देही जिल्लाले पछिल्लो समय कृषि क्षेत्रमा फड्को मारेको छ । जिल्लाका किसान व्यावसायिक कृषि पेसाप्रति आकर्षित हुन थालेसँगै रूपन्देहीले कषिमा फड्को मारेको हो । अहिलेसम्म जिल्ला मुख्य खाद्य बाली धान, गहुँ, तरकारी, माछा र दूधमा आत्मनिर्भर भएको छ ।

  • बिर्सने बानीसँग कसरी जुझ्ने ?
    लुम्बिनी टाइम्स | बुधबार, ६ साउन ।

    उमेर बढ्दै जाँदा हामी आफ्नो दिमागलाई सकेसम्म तीक्ष्ण राख्न चाहन्छौं। तर दिमागलाई चनाखो राख्ने उपाय के के हुन् त? ४० उमेर कटेका जो कसैलाई सोध्नुस्, तपाइँलाई सबैभन्दा बढी के कुराले पिरोल्छ? जवाफ आउँछ- स्मरण शक्ति गुम्ने डर।
    म चिन्तित हुन्छु कि मलाई नाम सम्झन कठिन हुन्छ र मलाई सम्झाउने फोन भएन भने म थुप्रै दैनिक भेटघाटको काम पनि बिर्सिन्छु। तपाइँ आफ्नो मानसिक स्वास्थ्य अवस्था राम्रो राख्न चाहनुहुन्छ भने पक्कै केही कुराहरु छन् जसलाई तपाइँले त्याग्न सक्नुपर्छ।

  • लुम्बिनी टाइम्स | बुधबार, ३० असार ।

    आर्थिक वर्ष २०७२/०७३ का लागि अर्थमन्त्री डा रामशरण महतले बजेट सार्वजनिक गरिसकेका छन् । ८ खर्ब १९ अर्बको बजेट उनले मंगलबार संसदमा पेश गरे । अहिलेको बजेटबारे पनि विभिन्न खालका प्रतिक्रिया आएका छन् । नेपालका यसअघिका बजेट कस्ता थिए ?
    यस्तो थियो तत्कालिन अर्थमन्त्री सूवर्ण समशेर राणाले २००८ सालमा पेश गरेको नेपालको पहिलो बजेट:

  • किन मारिए मदन भण्डारी ?
    घनश्याम चापागाँइ | सोमबार, १४ असार ।

    मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई बैचारिक रुपले मार्गदर्शन गरिरहेको छ । “ए हली दाई बाँदेर ल्याउ है सामन्ती थुले लाई ” र “जमीन हुन्छ जोत्नेको धरती पुत्र हे बीर किसान हो ”

  • डा. भरत रावत | शुक्रबार, ११ असार ।

    विभिन्न अस्पतालका आकस्मिक कक्षमा आउने धेरै बिरामीमा रोगभन्दा मानसिक समस्यामात्र भएको पाइएको छ। अत्यासले हुने गडबडी (प्यानिक डिस्अर्डरर्स) त्यसको मुख्य कारण हो।
    यसले बिरामीलाई र तिनीहरूको परिवारलाई मात्र होइन, कहिलेकाहीँ त आकस्मिक कक्षमा सेवारत कर्मचारीलाई समेत रनभुल्लमा पार्छ।

  • लागूऔषध दुरुपयोग जीवनको समाप्ति
    गोपाल बञ्जाडे | शुक्रबार, ११ असार ।

    जुन पदार्थले “लाग्छ” वा “झुम्म” पार्छ वा लठ्ठ “पार्छ” त्यस्ता पदार्थलाई नै लागूऔषध भनिन्छ । लागूऔषध खास गरि कुनै रोग को उपचार का लागि चिकित्सकको सिफारिस भए पछि मात्र सो रोग सन्चो गराउनका लागि रोगीले निश्चित मात्रा र अवधी सम्म प्रयोग गर्ने गर्दछन ।

  • वढ्दो गर्मि, समस्या र बच्ने उपाय
    दयासागर पन्थी | बिहीबार, २१ जेठ

    गर्मि हामी मानव जातिको गलत क्रियाकलापका कारण विस्तारै प्रत्येक वर्ष बढ्दै गएको छ । गर्मि समयमा अपनाउनु पर्ने सामान्य सावधानी नअपनाउदा धेरै भन्दा धेरै स्वास्थ्य समस्या आउने गरेका छन जसका कारण धेरै मानिसहरुको मृत्ये समेत हुने गरेको छ । वर्षेनी अत्यधिक गर्मि बढ्नुको मुख्य कारण वन विनाश नै हो ।

  • यसरी बच्न सकिन्छ सर्पदशं‌बाट
    दयासागर पन्थी | बिहीबार, १४ जेठ ।

    हामीले जसरी हाम्रा घर भवन बनाउँदा पहिले नै बढी सावधानी अपनाउन नसकेका कारण भूकम्पले मेरो घर भवन भत्काउँछकी भनेर तर्सीएका छौं, त्यसरी नै घर बाहिर निस्कँदा वा घरमै रहँदा पनि सर्पदंश पनि हुन सक्छ है भनेर सावधानी हुनुपर्छ ।

  • गर्मीबाट जोगिन यसो गरौं
    लुम्बिनी टाइम्स | शनिबार, ९ जेठ ।

    काठमाडौ । गर्मी शुरु भइसकेको छ । तराइमा बिहानैदेखि गर्मीले पोल्न थाल्छ । पहाडमा तराइको तुलनामा कम गर्मी भएपनि सचेत भने हुनुपर्छ । अलिकति ख्याल गरिएन भने गर्मीले बिरामी नै बनाउँछ । यहाँ केही सुझावहरु प्रस्तुत गरिएको छ जसले गर्मीबाट जोगिन मदत गर्छ । यी बुँदाहरु विभिन्न स्वास्थ्य विशेषज्ञहरुसँगको कुराकानीमा आधारित छन् ।

  • भूकम्पबारेका वैज्ञानिक रहस्य
    एजेन्सी | शुक्रबार, १ जेठ ।

    काठमाडौ । करिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको थियो ।

  • भूकम्पका बेला यसो नगर्नुस् !
    एजेन्सी | बिहीबार, ३१ वैशाख ।

    भूकम्प कति भयानक हुन सक्छ भन्ने कुरा बैशाख १२ गते शनिबार मध्यान्नमा गएको भुकम्पबाट हामी सबैले अनुभुत गरेका छौं । खासगरी मुख्य भूकम्पपछि त्यसपछि आउने पराकम्पनले समेत मानसिक तनाव र क्षति गर्ने कुरा पनि देखिइसक्यो ।

  • ‘दुई वर्षपछि तपाइँको घरमा बत्ती जाँदैन’
    लुम्बिनी टाइम्स | बिहीबार, १९ चैत ।

    हामीसँग भएका तामाकोशीलगायतका ठूला आयोजनाहरु २ वर्षभित्र पूरा हुन्छ। निजी क्षेत्रका आयोजनाहरु पनि बनेपछि वर्षाको लोडसेडिङ अन्त्य हुन्छ।

  • यसरी बच्न सकिन्छ स्वाइन फ्लुबाट
    लुम्बिनी टाइम्स | सोमबार , ११ फागुन ।

    बुटवल । स्वाइन फ्लुका नामले चिनिएको ‘इन्फुएन्जा ए’ को संक्रमण नेपालमा पनि देखिएको छ । हिउँद सुरु भएदेखि गर्मी नबढ्दासम्म यस्ता भाइरस फैलन सक्ने सम्भावना बढी हुन्छ । मौसमी रुघाखोकीको रुपमा देखिने यस भाइरसले सुरुमा श्वासप्रश्वासमा आक्रमण गर्छ । तर, रुघाखोकी लाग्दैमा डराउनु पर्दैन ।

  • हिमालपारि रहस्यबोध !
    जीवन क्षेत्री | शुक्रबार, १६ माघ ।

    २०७१ साल जेठ २९ गते । लमजुङको बेंशीशहरबाट चामे, तिलिचो हुँदै थोराङ छिचोलेर मुक्तिनाथ निस्कने महत्वाकांक्षी योजना बोकेर ट्रेकिङमा निस्केका हामी एकाबिहानै उपल्लो मनाङको खाङसारबाट चामेको बाटो तताउँदै थियौं । अर्थात् हाम्रो योजनाअनुसार खाङसारबाट तिलिचोका लागि उकालो लाग्न छाडेर चामेका लागि ओरालो बाटो लाग्दै थियौं । मनमा यात्रामा हुनुपर्ने उल्लास र अनुहारमा रौनक थिएन । खुलेको आकाशसँगै बाटोको दुवैतर्फ स्निग्ध हिमालहरु देखिएका थिए र उदाउँदो घामले वातावरणलाई न्यानो पार्दै थियो तर हाम्रा मनहरु भने अँध्यारिंदै गएका थिए ।

  • त्यो मायाको चिनो, रानीमहल
    महेन्द्र थापा | शनिबार, १० माघ

    रुरु तिर्थस्थल कालिगण्डकी किनारस्थित एकसय एक्काइस वर्ष पूरानो ऐतिहासिक, पुरातात्विक र वास्तुकलाको नमूना सम्पदा रानीमहलको जग्गा व्यक्तिहरुले निजी बनाइसकेका छन् । रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्ला एवं लुम्बिनी र गण्डकी अञ्चलको संगममा अवस्थित छ । यही रुरुक्षेत्रको महत्वपूर्ण सम्पदा हो रानीमहल ।

  • वर्ष २०१४ मा नेपालमा के भयो ?
    लुम्बिनी टाइम्स | बिहीबार, १७ पुस

    काठमाडौं । बर्षौदेखि नेपाली राजनीतिक शान्ति स्थिरता र एउटा संविधान प्राप्तिको मिसनमा केन्द्रित छ । यो मिसन सन् २०१४ मा पनि जारी रह्यो । संविधान सभाबाट संविधान निर्माण गर्ने मुख्य लक्ष्यमा राजनीतिक क्षेत्रको ध्यान केन्द्रित नै भयो । तर संविधानको मूल काममा भने सकारात्मक प्रगति भएन । एक बर्षभरी पार्टी- पार्टीबीचको तिक्तता देखि एउटै पार्टी भित्रका गुटउपगुट र छिनाझपटीका गतिविधिमा कुनै कमि आएन । जसका कारण संविधान निर्माणको मुल लक्ष्य प्राप्तिमा सन् २०१४ सकारात्मक बर्षको रुपमा रहेन । सन् २०१४ का १४ प्रमुख घटना के भए त ?

  • यसरी बचौं चिसो र शितलहरबाट
    डा.प्रकाश बुढाथोकी | बुधबार, १६ पुस २०७१

    जब शितलहर शुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । सरसर्ती हेर्दा हुनेखानेको जीवनमा सामान्य प्रभाव तथा एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अभ बुढाबुढी बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । मधेशमा अधिकांश समय गर्मी हुने भएकोले जाडोको लागि जोहो गरिदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन, भएको एकशरो लुगा पनि सितलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्दछ ।

  • शान्ति ! कहाँ खोजु म तिमीलाई
    दिनेश खड्का | बुधबार, २ पुस २०७१

    मन अशान्त थियो । मष्तिष्क विथोलिएको थियो । आजित लाग्थ्यो जिन्दगी देखेर आफनो र अरुको पनि । मतभेदहरु जहाकही । घर अशान्त । कार्यालय अशान्त । बाटो अशान्त । अस्पताल अशान्त । पार्कहरु अशान्त । यस्तो लाग्दैथ्यो मलाई शान्त कही छैन । मानिसबीचका अस्वस्थ प्रतिस्पर्धाहरु यति तिव्र लाग्थ्यो कि म आफूलाई प्रतिस्पर्धा गर्न नै घिन लागेर आईसकेको अवस्था थियो । घरमा बाबुछोराबीच द्वन्द्व । आमाछोरीबीच द्वन्द्व । भाईभाईबीचमा द्वन्द्व । कार्यलयमा कर्मचारी र हाकिमबीच द्वन्द्व ।सहकर्मीहरुबीच द्वन्द्व । जुनियर र सिनियरका नामका द्वन्द्व । अस्पतालमा बिरामीहरुबीच द्वन्द्व । सवारी साधनमा सवारी धनी र चालकबीच द्वन्द्व । यात्रु र सहचालकबीच द्वन्द्व । मन्दिरमा पुजारी र भक्तजन तथा भक्तजनबीच पनि द्वन्द्व । संसार देखेर यस्तो लाग्दैथ्यो कि म अब चैनले स्वास फेर्न सक्दिन ।

  • लुम्बिनीको संवेदनशीलतामाथि मनपरी
    सी. पी. खनाल | शुक्रबार, २६ मंसिर २०७१

    बुटवल । गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको प्रवद्र्धन, विदेशीहरुको सहयोग आउने र समन्वयका नाममा निषेधित क्षेत्रमा समेत हस्तक्षेप हुँदै आएको छ । जुन पूरातात्विक हिसाबले अत्यन्तै गम्भीर गल्ती हो । ‘लुम्बिनीमा अत्यन्त महत्वपूर्ण र निषेधित क्षेत्र नै तोकिएका पूरातात्विक क्षेत्रहरुमा कुनैपनि खालका संरचना निर्माण गर्न र जरा फैलिने खालका विरुवा पनि रोप्न पाइँदैन,–पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टेलिफोनमा भने–पूरातत्व विभागले त्यस्ता क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न रोक लगाएको छ ।’

  • लक्ष्मी गारु | आइतबार, २१ मंसीर २०७१

    भक्तपुर । धान्य पूर्णिमा अर्थात यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घर आँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका भक्तपुरमा गुन्जिन छाडेको छ । आधुनिकताको चपेटामा परेपछि मौलिक लोक संस्कृति लोप हुने क्रममा यःमरी माग्ने चलन पनि लोप हुँदै गएपछि उल्लिखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो ।

  • नेपालमा ४१ हजार जना एचआइभी संक्रमित
    लुम्बिनी टाइम्स | आइतबार १४ मंसीर २०७१

    काठमाडौं । नेपालमा एचआइभी संक्रमितको संख्या झण्डै ४१ हजार रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
    राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले २७ औं विश्व एड्स दिवसको अवसरमा आइतबार पत्रकार सम्मेलन गरी एचआइभीबाट संक्रमितको संख्या ४० हजार ७ सय २३ रहेको तथ्य सार्वजनिक गरेको हो ।

  • २३ बुँदे घोषणापत्र जारी गर्दै बौद्ध सम्मेलन सकियो
    लुम्बिनी टाइम्स | सोमबार १ मंसीर २०७१

    लुम्बिनी । बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा आयोजित अन्तरराष्ट्रिय बौद्ध सम्मेलन २३ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सम्मेलनले लुम्बिनीको बृहत्तर विकासमा संसारभरका मुलुकहरुसंग सहयोगका लागि आह्वान गरेको छ । सम्मेलनका क्रममा छलफल भएका पाँच विषयगत विधामा विभिन्न निर्णयहरू गरि घोषणापत्र जारी गरिएको हो ।

  • एक वर्षमा ३० लाख मानिसको मृत्यु मधुमेहबाट
    लुम्बिनी टाइम्स | आइतबार ३० कार्तिक २०७१

    काठमाडौ । नेपालमा अहिले २५ लाख भन्दा बढी मानिसहरुमा मधुमेह भएको अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेहजन्य रोगका कारण मृत्यु हुनेमा ८० प्रतिशत भन्दा बढि विकासोन्मुख मूलुकका मानिसहरु पर्छन ।

  • कहाँ छिन् तेरिया
    लुम्बिनी टाइम्स | शुक्रबार २८ कार्तिक २०७१

    तेरियालाई पनि उनीहरुको माया नजिकै गएर लिने मन त छ । तर उनको व्यस्तता यति धेरै छ कि एकछिनसम्म फुर्सद भएको छैन ।
    विभिन्न देशमा आएको निम्तो स्वीकार्दै जानैप¥यो, जी टीभीले गर्ने कार्यक्रमहरु पनि सकाउनै प¥यो अनि पढाई । उनी अहिले जी टीभीकै कार्यक्रम डान्सका टसन, जी रिस्ते अवार्डजस्ता कार्यक्रमको तयारीमा छिन् । डान्सका टसन केही दिनपछि नै जी टीभीमा आउँदै छ । जसमा उनले प्रतिस्पर्धात्मक सहभागिता जनाउने छिन् । यस्तै कलर्स टीभीबाट प्रशारण हुने हास्यव्यङ्ग कलाकार कपिल शर्माको कार्यक्रम कमेडी नाइट्स विथ कपिलमा पनि उनलाई निम्त्याइएको छ । केही दिनपछि नै उनी सहभागी हुने कार्यक्रमको सुटिङ गर्ने जानकारी कमेडी नाइट्स टीमले दिएको छ । उनी सो कार्यक्रममा अतिथिको रुपमा सहभागी हुने छिन् ।

  • देशभर वाथ मुटु रोगीले लगाउने सुइ अभाव
    लुम्बिनी टाइम्स | बिहीबार २७ कार्तिक २०७१

    काठमाडौ । मुलुक भरका वाथ मुटु रोगीले उपचार अन्तर्गत सरकारी अस्पतालवाट निःशुल्क पाउने ‘पेनिड्युरा’, इन्जेक्सन केहि साता देखि लगाउन पाएका छैनन ।
    सरकार कै अर्को निकाय औषधि व्यवस्था विभागले उक्त औषधि मुलुकमा भित्राउन सिफारिस पत्र नदिएकोले बाथ मुटु रोगीहरु उपचार विहिन हुन पुगेका हुन ।

  • विप्लवको नेतृत्वमा घना जंगलमा भेला
    चिन्ता परियार | बुधबार २६ कार्तिक २०७१

    कपिलवस्तु । अध्यक्ष मोहन वैद्यको कार्यशैली प्रति विमति जनाउदै पोलिट ब्युरो बैठक बहिस्कार गर्नु भएका नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवको समूहले कपिलवस्तुको शिवगढी जंगलमा भूमिगत भेला गरेको छ । जनयुद्धका बखत होस् या संविधान सभाको दोस्रो निर्वाचन, दुबै समयमा माओवादीको आधारईलाका भनेर चिनिएको शिवगढी क्षेत्रको घना जंगलमा भेला आयोजना गरिएको हो ।
    आन्तरिक सुरक्षाका दृष्टिले अति नै उपयोगी मानिएको शिवगढी गाविसको ९ नं. वडामा पर्ने विजगौरीको घना जंगलमा आफु निकट नेता कार्यकर्तालाई बोलाएर भेला शुरु गरेको उनी निकट श्रोतले बताएको छ ।

  • कुनामा बसेको लामखुट्टे मलेरियाको बिउ
    रामजी ज्ञवाली | मंगलबार १८ कार्तिक २०७१

    बुटवल । न एकदमै गर्मी । न एकदमै जाडो । सबैका लागि यो मौसम प्रिय लाग्छ । मानिसलाई मात्रै हैन, किरा, लामखुट्टेको वृद्धि हुनका लागि पनि यो मौसम उपयुक्त मानिन्छ ।
    केही दिनदेखि मौसम पुर्वानुमान महाशाखाको मौसम जाच्ने यन्त्रले देखाएको २० देखी २८–३० डिग्रीको अधिकतम तापक्रम चाडै घट्ने सम्भावना छैन । मौसम पुर्वानुमान महाशाखा काठमाडौंले दिएको जानकारी अनुसार यो मौसम तत्कालै बदली हुने छाँटकाट देखिदैन ।

  • सुर्तिजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीयुक्त चित्र
    लुम्बिनी टाइम्स | शुक्रबार १४ कार्तिक २०७१

    काठमाडौं । सरकारले सुर्तिजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीयुक्त चित्र र सन्देश छापेर मात्रै बिक्री गर्न पाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सूर्तिजन्य पदार्थको सेवनबाट हुने असरबारे जनचेतना फैलाउन यस्तो निर्णय गरेको जानकारी दिएको हो ।

  • पूरा हुँदैछ लुम्बिनी विकास गुरुयोजना
    दीपक घिमिरे | सोमबार १० कार्तिक २०७१

    लुम्बिनी । विश्व शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थलको एकीकृत विकास गर्ने उद्देश्यले तयार गर्न लागिएको लुम्बिनी विकास गुरुयोजनाको ८० प्रतिशत काम सकिएको छ ।
    गुरुयोजनाले उल्लेख गरेअनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोण्ड, सङ्ग्रहालयलगायतका संरचनाको काम पूरा भएकाले आगामी पाँच वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ । यससँगै लुम्बिनी जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ ।

  • यसरी चल्यो भाइटीका
    लुम्बिनी टाइम्स | शनिबार ८ कार्तिक २०७१

    परापूर्वकालमा मृत्युका राजा यमराज बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा लामो समय आएका थिएनन्। त्यसैले यमुनाले निम्ता दिएर दाजुलार्इ बोलाइन्, त्यो बेलामा यमपञ्चक परेको थियो। यमराज यमपञ्चकभर यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीका शुरु भएको विश्वास छ ।

  • लीलामणिको लगन र सुधार अभियान
    लुम्बिनी टाइम्स | बुधबार ५ कार्तिक २०७१

    सर्वसाधारणको दैनिकीसँग पनि सरोकार राख्ने उनी नौबिसे–नागढुंगा सडक खण्डको स्तरोन्नति, चुरे संरक्षण, मुस्ताङ–जोमसोम सिण्डिकेट अन्त्य र दुर्गम क्षेत्रका अस्पतालमा मेडिकल कलेजको सेवा दिलाउन पनि लागे । नौबिसे–नागढुंगा सडक खण्डको स्तरोन्नति नहुँदा दैनिक रु.४० लाख बराबरको पेट्रोलियम पदार्थ बढी खर्च हुने एक अध्ययनले देखाएको थियो ।

  • इबोलाविरुद्धको सिरम केही साताभित्रै
    लुम्बिनी टाइम्स | बुधबार ५ कार्तिक २०७१

    काठमाडौ । प्राणघातक इबोला भाइरसका बिरामीहरुको उपचारमा प्रयोग हुने सिरम आगामी केही साताभित्र लाइबेरियामा उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। इबोला भाइरसबाट संक्रमित भएर निको भइसकेका मानिसहरुको रगतबाट सिरम बनाउने गरिएको छ।

    Page 1 of 212

पछिल्ला समाचार

Happy Cheese Balls
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स । ३ माघ ।
    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • उल्लु : लाटोकोसेरो कि हामी ?
    लक्ष्मीप्रसाद पंगेनी
    नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्..
  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..