Main Menu
  |   Sunday, September 24, 2017
  • क्रिमसन अस्पतालमा क्याथल्याव सेवा सुरु
    लुम्बिनी टाइम्स | शुक्रवार, १६ असार ।

    मणिग्राम । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा क्याथल्याव सेवा सुरु भएको छ । मुटु रोगको उपचारलाई थप प्रभावकारी गराउन अस्पतालले क्याथल्याव सञ्चालनमा ल्याएको हो । अस्पतालले सुरु गरेको क्याथल्यावमा पहिलो पटक रुद्रपुरका बुद्धिराम थारुको एन्जियोग्राम गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिए ।

  • मधुमेहले यसरी बिगार्छ मिर्गौला
    डा. सञ्जीवकुमार शर्मा | सोमबार, २९ कात्तिक ।

    विश्वभर मधुमेहबाट पीडित व्यक्तिहरूको संख्या लगातार बढीरहेको छ । मधुमेहका रोगीहरूको बढ्दो संख्याले मिर्गौैलाले काम गर्न छोड्ने समस्या पनि बढीरहेको छ । मधुमेहले निम्त्याउने सबैभन्दा घातक जटिलता मध्ये यो एउटा हो ।

  • पिसाब, पत्थरी र दशैं
    डा.अर्जुनदेव भट्ट, बरिष्ठ युरोलोजिष्ट | आइतबार, १६ असाेज ।

    सामान्य अवस्थामाभन्दा मानिसले चाडपर्वको समयमा आफूलाई बढी नै मनोरञ्जन गर्न चाहन्छ । नेपाली समाजका दशैं र तिहार यस्तै महान चाडपर्व हुन्, जहाँ वर्षभरीका दुःख बिर्संदै रमाइलो गर्ने प्रयास गरिन्छ । तर यी चाडपर्वमा गरिने खानपिनको लापरबाहीले बिभिन्न रोग निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ । यस लेखमा मैले खास गरेर पिसाब प्रणालीमा खानपिनले पार्नसक्ने नकारात्मक असरबारे चर्चा गर्ने प्रयास गरेको छु ।

  • चिकित्सक सङ्घको निर्वाचनमा दुई समूहको प्रतिस्पर्धा
    लुम्बिनी टाइम्स | शनिबार, ११ भदौ ।

    काठमाडाँै। नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा पेसागत समावेशी चिकित्सक समूह (पेसचिस) र प्रजातान्त्रिक चिकित्सक समूह (प्रचिस)बीच प्रतिस्पर्धा हुने भएको हो ।

  • तौल घटाउनेबारे तपाइँले यस्ता भ्रम पाल्नुभएको त छैन ?
    डा. मनोज भट्टराई | आइतबार २३ साउन ।

    तपार्इं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं । तर,तौल बढाउने अभियानमा कति सफल भयौं त ? तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त ?

  • भ्रम नपाल्नुस्, जिम गएर बढी तौल उचाल्दैमा  सिक्स प्याक देखापर्दैन
    लुम्बिनी टाइम्स | आइतबार २३ साउन ।

    शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात बढ्दो छ । तर, जो फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक अभ्यास गर्न थालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्न थाल्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, आफ्नो शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारीविना र दक्ष फिट्नेस गुरुविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्दैन । फिट्नेस सेन्टर जानुभन्दा पहिला आफ्नो शरीरको अवस्थाबारे जानकारी लिनुपर्छ ।

  • बालबालिकाकालागी आमाको दुध नै अमृत
    रेनुका गिरी | सोमबार, १७ साउन ।

    बुटवल । रुपन्देही पड्सरीकी लक्ष्मी घिमिरेले छोरा समिरलाई पर्याप्त मात्रामा बिगौती दुध खुवाउन पाउनुभएन् । बिगौति दुध बालबालिकाकालागी अमृत सरह मानिए पनि उहाँलाई त्यसबारे ज्ञान नभएका कारण पनि नखुवाएको बताउनुभयो । तिलोत्तमा नगरपालीका १ की चुन्नी झेडीले पनि छोरीलाई बिगौती दुध पर्याप्त खुवाउन पाउनु भएन् । उहाँका परिवारले बिगौती दुध खुवाए खराब गर्छ, होचो हुन्छ, लुरे हुन्छ भन्दै चार घण्टा सम्म उहाँलाई देखाउँदा पनि देखाएनन् ।

  • ख्याल गर्नुस्, भाइरल ज्वरोले सुताउला
    लुम्बिनी टाइम्स | आइतबार, १६ साउन

    भाइरल ज्वरो, जाइडिया (परजीवीजन्य झाडापखाला) को संक्रमण देखिन थालेको छ । ‘उपचारका लागि आउने बिरामीमध्ये ४० प्रतिशत बिरामी भाईरलका छन्’–लुम्बिनी अञ्चल अस्पताल बुटवलका जनरल फिजिसियन डा. सुदर्शन थापा भन्छन् ।

  • भिटामिन ‘डी’ कमि भए यस्ता लक्षण देखिन्छन्
    डा. प्रवीण नेपाल | बुधबार, १५ बैशाख ।

    खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ । हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन् ।

  • यस्तो छ युवा अवस्थामै मिर्गाैला फेल हुनको कारण, कसरी जोगाउने  ?
    लुम्बिनी टाइम्स | बिहीबार, २७ फागुन

    मिर्गाैला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हो । मधुमेह र उच्च रक्तचापका रोगी बढिरहेकाले मिर्गाैला रोगी पनि बढेको वीर अस्पतालका नेफ्रोलोजिस्ट डा. बराल बताउँछन् ।

  • कसरी बचाउने मिर्गौला ?
    लुम्बिनी टाइम्स | बिहीबार, २७ फागुन

    काठमाडौं । ११ औं विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार राजधानीमा र्‍याली निकालिएको छ । किड्नी फाउन्डेसनले आयोजना गरेको र्‍याली दरबारमार्गबाट सुरु भई कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर टुङ्गिएको थियो ।

  • जाडोमा कसरी जोगाउने ओठ
    लुम्बिनी टाइम्स | शुक्रबार, १७ पुस ।

    फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ । यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ । चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ । यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ । यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन ।

  • चिसोमा पक्षघात र स्टोक समस्या बढ्नसक्छ, चिकित्सक भन्छन्-चिसोबाट बच्नुस्,
    कल्पना पौडेल | बुधबार, १५ पुस ।

    काठमाडौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पु¥याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।

    तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मात्र हुन् ।

    यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उनको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उनकी श्रीमती मनेश्वरी गोर्खालीले बताइन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउँछन् ।

  • चार लाख भन्दा बढी बालबालिका कुपोषणको सिकार
    लुम्बिनी टाइम्स | शनिबार, ४ पुस ।

    काठमाडौँ । पर्याप्त स्वास्थ्य खान नपाएका कारण नेपालका चार लाख ३० हजार बालबालिका कुपोषणबाट प्रभावित छन् ।

    तीमध्ये ९१ हजार बालबालिका शीघ्र कुपोषणबाट ग्रस्त छन् । एसियन इन्टरनेसनल नेपालद्वारा दिइएको जानकारीअनुसार बालबालिकाले पर्याप्त खाना नपाउँदा रोगको सङ्क्रमण र खाद्य असुरक्षाका कारण बालबालिका शीघ्र कुपोषणको सिकार हुने गर्छन् । बच्चाको तौल अत्यन्त कम भई मृत्यु हुने अवस्थामा पुग्नुलाई शीघ्र कुपोषण भनिन्छ ।

  • गर्भवती महिलालाई शुभकामना कार्ड !
    लुम्बिनी टाइम्स | बिहीबार, २ पुस ।

    इलाम । महिलाबाट जन्मिने बच्चा लुलो, लङ्गडो अथवा कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउने उद्देश्यले यहाँका २७ गाविसमा गर्भवतीका लागि शुभकामना कार्ड लागू गरिएको छ ।

  • नेपालमा दश लाख मधुमेहका रोगी, १३ प्रतिशत अन्धोपनको कारण मधुमेह
    लुम्बिनी टाइम्स | सोमबार, २८ मंसिर ।

    काठमाडौँ । नेपालमा बदलिँदो जीवनशैली र फेरिएको खानपिनका कारण मधुमेहका बिरामी बढेसँगै आँखाका बिरामी पनि बढेकोे चिकित्सक बताउछन् ।

    मधुमेहका रोगीलाई आँखाको समस्या हुने प्रवल सम्भावना रहन्छ । योसँगै आँखाको ज्योति गुमाउनेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ । अहिले नेपालमा १० लाख मानिस मधुमेहबाट प्रभावित भएको अनुमान छ ।

    चिकित्सकका अनुसार मधुमेहका बिरामीमा दुई गुणा बढी आँखाको समस्या हुने र त्यसको पच्चीसौँ गुणा बढी दृष्टिविहीन हुने खतरा हुन्छ । गर्भवती महिलालाई मधुमेह भएमा शिशुलाई पनि हुने खतरा बढी भएकाले ध्यान राख्न आवश्यक छ ।
    मधुमेहका कारण हुने अन्धोपन रोक्नका लागि देशव्यापी कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ नेपाल मधुमेह एसोसिएसनका उपाध्यक्ष प्रा डा मधुरदेव भट्टराई । उनले मधुमेहका कारण आँखाका रोगी बढेसँगै त्यसको उपचार गर्ने प्रविधि र दक्ष जनशक्तिको पनि अभाव हुन थालेको उल्लेख गरे ।

    आँखामा आन्तरिक असर परे पनि बाहिरी लक्षण नदेखिने र विस्तारै दृष्टि धमिलो भई पछि उपचारबाट पनि दृष्टि फर्काउन नसकिने चिकित्सकको भनाइ छ ।

  • राम्रो डाक्टर तपाईको स्वास्थ्यका लागि खराब हुन सक्छ ?
    इजेकिल जे इम्यान्युल | सोमबार, ७ मंसीर ।

    एकजना दुःखित साथी र अर्को एकजना दाईको साथीबाट आकस्मिक फोन आउँछ । ‘जेकी आमा घरमै हुनुहन्थ्यो, उहाँको मुटुले काम गर्न छोड्यो । इएमटीहरुले उहाँलाई मियामीस्थित एक्सवाईजेड अस्पतालमा लैजाँदैछन् । के तिमी उहाँका लागि सबैभन्दा राम्रो मुटुरोग विशेषसज्ञ खोजिदिन सक्छौ ?’

  • यसरी गरौं नवजात शिशु र सुत्केरी आमाको स्याहार
    गीता थापा | सोमबार, ७ मंसीर ।

    नवजात शिशुलाई आमाको पहेंलो बिगौती दुधले शिशुको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । यसमा शिशुलाई वृद्धि गर्ने तŒव र भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा आन्द्रालाई पनि परिपक्व बनाउन मद्दत गर्छ र आँखाको रोग र संक्रमणबाट बचाउँछ । बिगौती दुध नवजात शिशुको लागि पहिलो खोप हो । तसर्थ नवजात शिशुलाई विधि पु¥याएर बच्चाले चाहे जति उपयुक्त मात्रामा ६ महिनासम्म आमाको दुध खुवाउनु पर्दछ ।

  • लसुन खाए भाग्छन् यी रोगहरु
    लुम्बिनी टाइम्स | सोमबार, ७ मंसीर ।

    लसुन खाएर बाहिर हिँड्दा ठुस्स गनाउने भएकाले कतिपयलाई लसुन मन पर्दैन । तर, बहुउपयोगी लसुन उपभोगले रक्तचाप नियन्त्रण हुन्छ । यसको उपयोग धेरै भएकाले यसलाई निरुत्साहित गर्नु भने उचित होइन । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् ।

  • टाउकोमा गम्भीर चोटको उपचार के ?
    सु्रेन्द्र फुयाल/बीबीसी | बुधबार, ११ कात्तिक ।

    काठमाडौ । नेपालमा टाउकोमा लाग्ने गम्भीर चोटका कारण हुने मृत्युदर कम गर्न घाइते वा विरामीलाई प्राथमिक उपचारपछि छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल पुर्याउनुपर्नेमा दुई वरिष्ठ मस्तिष्क शल्यचिकित्सकहरुले जोड दिएका छन्।

  • दशैंलाइ दशा बनाउनबाट रोक्ने १० कुरा
    डा . रवीन्द्र पाण्डे | जनस्वास्थ्य बिशेषज्ञ

    नेपालीहरुको खाने परम्पराको रुपमा मनाइने दशैं पर्व आजभोलि स्वास्थ्यको जोखिम पर्वको रुपमा पनि लिन थालिएको छ । असन्तुलित आहार, बिहार र आचारको कारण यो समयमा लाखौँ आममानिसमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा स्वास्थ्य समस्या थपिने गरेको छ । भनिन्छ – अति सर्वत्र वर्ज्यते : अर्थात कुनै पनि कुरामा अति गर्नुहुँदैन ! शरीर स्वस्थ भयो भने बर्षमा […]

  • सम्झिराख्नुस् – दसैं, मासु अनि रोग
    डा. लक्की शर्मा | फिजिसियन

    दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यस्तो अवस्था छैन । अहिले मानिसहरू नियमित रूपमा दिनहुँजसो मासु खाइरहेका हुन्छन् तथापि दसैंको मासुको कुरै अलग हुन्छ ।

  • यसरी स्वस्थ बनौं दसैंमा
    डा.ओम मुर्ति अनिल/मुटुरोग विशेषज्ञ | बुधबार, २७ असोज ।

    चाडपर्वको बेलामा सामान्य दिनहरुमा भन्दा बढी हिँड्ने गर्नु पर्छ । फुर्सद भएकोले हिँड्ने समय पनि हुन्छ र यसले खानबाट प्राप्त भएको क्यालोरी खर्च गरेर तौललाई नियन्त्रण समेत गर्न मिल्छ । जसरी भएपनि बिदामा प्रतिदिन एक घण्टा भन्दाबढी हिँडने गरौं ।

  • नांगै सुत्नेहरुलाई मिल्छ यी ५ फाईदाहरु
    एजेन्सी | बुधबार, २७ असोज ।

    मानव जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ ।

  • सबेरै उठेर यसो गर्नु फाइदा
    लुम्‍बिनी टाइम्स | आइतबार, २४ असोज ।

    बिहान सबेरै उठ्नु राम्रो बानी हो। सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ। बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ। त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया–कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ।

  • कसैले सम्झेर बाडुली लाग्दैन, खास कारण यस्तो छ
    लुम्बिनी टाइम्स | बुधबार, २० असोज ।

    सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ ।

  • नाकाबन्दीले उब्जाएको मनोबैज्ञानिक समस्या
    डा. रवीन्द्र पाण्डे | मंगलबार, १२ असोज ।

    प्राकृतिक बिपत्ति, युद्ध वा नाकाबन्दीजस्ता आकस्मिक एबम अमानविय अवस्थामा भौतिक मात्र हैन मानसिक समस्या अपत्यारिलो ढंगबाट बढ्ने
    गर्दछ । भर्खर महाभूकम्पको त्रासदीबाट त्राण मिलेको समयमा देशमा भएका हिंसात्मक घटना, बन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण
    धेरै व्यक्तिहरुमा आक्रोस, घृणा, पक्षधरता, असुरक्षा महशुष, अभावको कारण असहजता, भविष्यप्रतिको चिन्ता तथा नकारात्मक समाचार एबम हल्लाकोकारण अहिले धेरैमा मानसिक असर देखिएको छ ।

  • मौसमी भाइरल फ्लुबाट यसरी बचौ‌ं
    डा. रवीन्द्र पाण्डे | शुक्रबार, ८ असोज ।

    अहिले मौसमी भाइरल फ्लुको संक्रमण निकै बढेको छ। रुघा, खोकी, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने,सिंगान आइरहने, घांटी दुख्ने, जाडो हुने, थकान महशुस हुने लगायतका लक्षणहरु अधिकांश व्यक्तिहरुमा देखिएको छ । बालबालिकाको रोग प्रतिरोध क्षमता कम हुने तथा स्कुलबाट धेरैमा फैलिने भएकोले बालबालिकाहरु धेरैमा यो समस्या देखिएको छ ।

  • मदिराले कलेजो बिगारिरहेको त छैन !
    डा. खगेन्द्रबहादुर बम | बुधबार, ६ असोज ।

    मदिरा सेवनका कारण संसारमा प्रतिवर्ष २.५ देखि ३ लाखको ज्यान जाने गरेको तथ्यांकले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अंग र प्रणालीलाई असर गर्छ ।

  • आन्दोलन र स्वास्थ्यको सम्बन्ध
    रबिन्द्र पाण्डे 'समीर' | बिहीबार, १० भदौ ।

    द्वन्द र स्वास्थ्यको ठूलो सम्बन्ध छ । अहिले मुलुकमा जुन अराजकता र अमानविय हर्कतको शृंखला चलेको छ, त्यसमा प्रतक्ष्य भोक्ता त रातको निद न दिनको चैन भएर बसेका छन् । उनीहरुको निडरतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।हामी अप्रतक्ष्य असर परिरहेका धेरैको स्वास्थ्य
    बिग्रदो छ ।

  • नवलपरासीमा औषधी अभाव
    लुम्बिनी टाइम्स | मंगलबार, ८ भदौ ।

    परासी । नवलपरासीका सरकारी स्वास्थ्य संस्थामा यतिबेला विभिन्न प्रकारका औषधिको अभाव भएको छ । विभिन्न पक्षबाट गरिएको लामो समयको बन्द साथै पहाडी क्षेत्रका सडक भत्किँदा लामो समयदेखि सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।

  • घाँटी दुख्ने समस्या छ ? व्यायाम गर्नुस
    लुम्बिनी टाइम्स | शनिबार, ३० साउन ।

    काठमाण्डौ । घाँटी दुख्ने समस्या विभिन्न कारणले हुन सक्छ । सामान्य देखि निकै कठिन समस्या सम्म उत्पन्न गराउन छ घाँटीको समस्याले । यस समस्याले घाँटी चलायमान हुन सक्दैन । जसले गर्दा निकै समस्या श्रृजना भईरहेको हुन्छ ।

  • स्वस्थ शिशु प्रतियोगिताको उपाधि प्रविनलाई
    लुम्बिनी टाइम्स | शुक्रबार, २२ साउन ।

    बुटवल । बुटवलमा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न भएको छ । विश्व स्तनपान सप्ताहको अवसर पारी बिहीबार लुम्विनी अञ्चल अस्पतालमा भएको प्रतियोगितामा झण्डै एक सय प्रतियोगिलाई पछि पार्दै प्रविन अर्याल प्रथम भएका छन् । प्रतियोगितामा अक्षता थापा द्वितीय, शुलक्षण भूषाल, तृतिय तथा माधव अर्याल र समिक्षा क्षेत्रीले सान्त्वना स्थान हासिल गरेका छन् ।

  • यसरी गरौँ अाँखाको सुरक्षा
    लुम्बिनी टाइम्स | सोमबार, १८ साउन ।

    आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो । यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्‍याउन सक्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं । यहाँ आँखा जोगाएर स्वस्थ राख्ने मुख्य १० वटा उपायहरु यस प्रकार छन :

  • तपाईलाई राती निन्द्रा लाग्दैन ? त्यसो भए यसो गर्नुहोस
    डा‍. सरोज ओझा | आइतबार, १७ साउन ।

    निद्रा भनेको हाम्रो जीवनको आधारभुत आवश्यकता हो । आधारभुत आवश्यकतामा खाना, पानी, निद्रा, सेक्स आदि पर्छन् । २४ घण्टामा कमसेकम ७ देखि ९ घण्टासुत्न सक्यो भने शरीरलाई फाइदा हुन्छ । जसका कारण ब्रेनलगायत शरीरका महत्वपूर्ण अंगलाई आराम दिन्छ ।

  • तयार भयो इबोलाको खोप
    लुम्बिनी टाइम्स | शनिबार, १६ साउन ।

    काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार गीनीमा गरिएको इबोला विरुद्धको एउटा खोपको परीक्षणले शत प्रतिशत सुरक्षित परिणाम दिएको छ । सो सफलताले उक्त प्राणघातक रोगको प्रभावकारी खोपको नजिकै अब विश्व पुगेको संकेत दिएको संगठनले जनाएको छ ।

  • किन र कसरी हुन्छ  ग्याष्टिक ?
    लुम्बिनी टाइम्स | शुक्रबार, १५ साउन ।

    मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) भनेर चिनिने यो रोगलाई साधारण बोलीचालीको भाषामा ग्याष्टिक वा ग्याष्ट्रिक भनिन्छ। यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ।

  • अनौठो रोग थाइराइड,यस्ता छन लक्षणहरु
    डा. दिना श्रेष्ठ | शुक्रबार, ८ साउन ।

    थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।

  • थाहा पाउनुस कपाल झर्ने कारणहरु
    लुम्बिनी टाइम्स | बुधबार, ६ साउन ।

    चिकित्सा विज्ञानअनुसार सामान्यरुपमा मानिसको टाउकोबाट दैनिक एक सयदेखि डेढसयसम्म कपाल झर्ने गर्छ । यतिसम्म कपाल झर्नुलाई सामान्य नै मानिन्छ । तर विशेषज्ञका अनुसार दैनिक डेढ सयभन्दा बढी कपाल झरेमा त्यो चिन्ताको विषय हो ।

  • बिर्सने बानीसँग कसरी जुझ्ने ?
    लुम्बिनी टाइम्स | बुधबार, ६ साउन ।

    उमेर बढ्दै जाँदा हामी आफ्नो दिमागलाई सकेसम्म तीक्ष्ण राख्न चाहन्छौं। तर दिमागलाई चनाखो राख्ने उपाय के के हुन् त? ४० उमेर कटेका जो कसैलाई सोध्नुस्, तपाइँलाई सबैभन्दा बढी के कुराले पिरोल्छ? जवाफ आउँछ- स्मरण शक्ति गुम्ने डर।
    म चिन्तित हुन्छु कि मलाई नाम सम्झन कठिन हुन्छ र मलाई सम्झाउने फोन भएन भने म थुप्रै दैनिक भेटघाटको काम पनि बिर्सिन्छु। तपाइँ आफ्नो मानसिक स्वास्थ्य अवस्था राम्रो राख्न चाहनुहुन्छ भने पक्कै केही कुराहरु छन् जसलाई तपाइँले त्याग्न सक्नुपर्छ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..