Main Menu
  |   Monday, December 17, 2018
  • के हो अनजिप जसको कारण युवाहरु खराब आचारण त्याग्न तयार भए
    लुम्बिनी टाइम्स | सोमबार, ७ जेठ ।

    बुटवल । अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ नेपालको बुटवल जेसीज र भारतको जेसीआई गोरखपुर मिड टाउनले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

  • पार्टी एकताको निर्णय अनुमोदन, यि हुन एकीकृत कम्युनिष्ट पार्टीका शीर्ष ९ नेता
    लुम्बिनी टाइम्स | बिहीवार, ३ जेठ ।

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको छ । एमाले र माओवादी केन्द्रबीच एकतालाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको हो ।

  • पार्टी एकतापछि कांग्रेस  प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली
    लुम्बिनी टाइम्स | बिहीवार, ३ जेठ ।

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् । काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

  • गृहमन्त्रीको निर्देशन लगत्तै पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ
    लुम्बिनी टाइम्स | शुक्रवार,२१ वैशाख ।

    बुटवल । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

  • ‘बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार रोकिएको छैन,११ गते सम्म म्याद थपिएको हो’
    लुम्बिनी टाइम्स | मंगलबार, ४ बैशाख ।

    बुटवल- बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलमा सुरु गरेको सडक विस्तारको क्रममा स्थानीयले अवरोध गरेका छन् । आयोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले भने – ‘सडक विस्तारको काम रोकीएको छैन हामीले उहाँहरुलाई बैशाख ११ गते सम्म सडक मिचेर बनाइएका घर भत्काउन थप समय दिएका हौं ।

  • फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै
    लुम्बिनी टाइम्स | मंगलबार, ४ बैशाख ।

    काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ ।

  • को हुन नयाँ आईजीपी सर्वेन्द्र खनाल ?
    लुम्बिनी टाइम्स | मंगलबार, २७ चैत ।

    काठमाडौं । मुख्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै डीआईजी सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा हुन सफल भएका छन्। मन्त्रिपरिषदको मंगलबर साँझ बसेको बैठकले खनाललाई डीआईजीबाट आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। महानिरीक्षक प्रकाश अर्यालसहित १५ एआईजीले बुधबारबाट अवकाश पाउँदै छन्।

  • मन्त्रिपरिषद् निर्णय : नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र आईजीपी नियुक्त
    लुम्बिनी टाइम्स | मंगलबार, २७ चैत।

    ठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नयाँ नियुक्ति गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

    दुवै प्रहरी प्रमुखमा दुई खनालका नाममा सहमति भएपछि मंगलबार साँझका लागि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल आईजीपी बनेका हुन्। यसअघि तीन डीआईजी खनाल, खरेल र कार्कीको नाम चर्चामा थियो।

  • आइजिपी नियुक्तिबारे निर्णय नगरी सकियो मन्त्रिपरिषद बैठक
    लुम्बिनी टाइम्स | मंगलबार, २७ चैत ।

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको टुंगो लगाउन ढिलाइ भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बुधबारबाट रिक्त हुन लागेको दुवै प्रहरी संगठनको महानिरीक्षकको टुंगो लगाउने भने पनि कुनै निर्णय हुन सकेन । बैठकमा गृहमन्त्री रामबहादुर थापाले आइजीपी नियुक्तिको प्रस्ताव नै पेस गरेनन् ।

  • पानी कम हुँदा निम्तिन्छ यी ९ समस्या
    लुम्बिनी टाइम्स | बिहीवार, ८ चैत ।

    काठमाडौं । केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ। तर, पानी बिना भने प्राय असम्भव छ। पानी जीवन हो । यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो। शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन । पसिना र पिसाबबाट हाम्रो शरिरको पानी जाने गर्छ।

  • प्रदेश ५ को सरकारमा थपिए तिन मन्त्री, कसलाई कुन मन्त्रालय ?
    लुम्बिनी टाइम्स | सोमबार, ५ चैत।

    बुटवल । प्रदेश नम्बर ५ को सरकार विस्तार भएको छ । सोमबार मुख्यमन्त्री शंकर पोखरेलले सरकार गठन एक महिनापछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलले सोमबार तीन मन्त्री थपेका छन्। सरकारमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक गरि तीन मन्त्री थपिएको हो ।

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स | आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त
    लुम्बिनी टाइम्स | बुधवार, ३० फागुन ।

    काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन्। न्यायपरिषद्को सचिव स्तरिय निर्णयबाट उनको अवकाश भैसकेको जानकारी गराइएको हो।

  • प्रदेश ५ सरकारका नियुक्तिमा ‘लुम्बिनी क्षेत्र निषेध’
    लुम्बिनी टाइम्स संवाददाता | आइतबार, २० फागुन ।

    बुटवल । प्रदेश ५ सरकारको मुख्यमन्त्री शंकर पोखरेल हुन् । उनी दाङका बासिन्दा हुन् । शुरुदेखि नै दाङलाई प्रशासनिक राजधानी, बुटवल र नेपालगञ्जलाई औद्योगिक नगर बनाउने भन्दै आएका पोखरेल बुटवललाई देउवा सरकारले राजधानी तोकेपछि तनाबमा छन् ।

    जसका प्रतिक्रियास्वरुप उनले सरकारका अधिकांश नियुक्तिमा बुटवल र लुम्बिनी क्षेत्रलाई निषेध गर्न थालेका छन् । प्रदेश सभामा सभामुख माओवादीको भागमा प¥यो । यसमा शंकर पोखरेल र माओवादी नेता वर्षमान पुनको सल्लाहमा लुम्बिनी क्षेत्रका सांसद्को कुरा वेवास्ता गर्दै रुकुम पूर्वका पूर्णबहादुर घर्ती सभामुख बने । सभामुखमा रुपन्देहीका माधव शर्मा र गुल्मीका सुदर्शन बराल पनि दाबेदार थिए ।

  • संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन
    लुम्बिनी टाइम्स | आईतवार, १३ फागुन ।

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्।

  • प्रहरी इन्काउन्टरमा ‘गुन्डा नाइके’ मनोज पुनसहित दुई जना मारिए
    लुम्बिनी टाइम्स | बुधवार, ९ फागुन ।

    बुटवल । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए ।

  • बुटवल जेसीजका अध्यक्ष तिवारी भन्छन- युवाहरुले चिन्ता होईन चिन्तन गरौ‌
    लुम्बिनी टाइम्स | मंगलबार, ८ फागुन ।

    बुटवल । जेसिज अभियान १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्वदायी भूमिकामा विकास गराउने एउटा विश्वव्यापी सञ्जाल हो । बुटवल जेसीज वर्ष–२०१८ को नेतृत्व जेसी यम प्रसाद तिवारीले सम्हाल्नु भएको छ ।

  • एमाले र माओवादीबीच  पार्टी एकताको सहमति
    लुम्बिनी टाइम्स | मंगलबार, ८ फागुन ।

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सात बुँदे आधारपत्र तयार पारी हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म बसेको बैठकमा एमाले र माओवादीका नेताहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

  • अबको राजनीतिक उदेश्य विकास र समृद्धि : पोखरेल
    लुम्बिनी टाइम्स | सोमबार, ७ फागुन ।

    बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई समृद्ध मिनि नेपालको रुपमा विकसित गर्ने बताएका छन् । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश ५ सरकारले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने–अबको राजनीतिक उदेश्य विकास र समृद्धि नै हो ।

  • प्रजातन्त्र दिवस मनाईंदै
    लुम्बिनी टाइम्स | सोमबार, ७ फागुन ।

    काठमाडौं । ६८ वर्ष पहिले १०४ वर्ष निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो । भारतमा निर्वासित जीवन व्यतीत गरिरहनुभएका तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव फागुन ४ गते स्वेदश फर्की फागुन ७ गतेका दिन १०४ वर्षदेखि शासन गर्दै आएको राणा शासन अन्त्य गरी जनताको लागि जनताले नै शासन गर्न जनप्रतिनिधिको संविधान परिषद् गठन गर्ने घोषणा भएको थियो ।

  • ओली सरकार पाँचवर्ष टिक्दैन: खाँण
    लुम्बिनी टाइम्स | आईतवार, ६ फागुन ।

    बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य वालकृष्ण खाँणले ओली नेतृव सरकार पाँचवर्ष नचल्ने दावी गरेका छन् । ओलीको संकिर्ण र एकतन्त्रिय सोंचले सरकार पांचवर्ष नटिक्ने खाँणको भनाई छ । पूर्व रक्षामन्त्री समेत रहेका खाँणले ओली सरकारको विकल्पमा लोकतान्त्रिक शक्ति अगाडी आउने दावी गरेका छन् । उनले पूर्ववर्ती देउवा सरकारले गरेका निर्णयहरु जनताको हितमा रहेको बताउंदै उक्त निर्णयहरु कार्यान्वयन गर्न कांग्रेसले आवश्यक अनुसार आन्दोलन गर्ने बताए ।

  • तिलोत्तमा राजपत्र प्रकाशित,  स्थानीय कानुन कार्यान्वयनमा
    लुम्बिनी टाइम्स | आईतवार, ६ फागुन ।

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरबासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आईतबार राजपत्रमा प्रकाशित गरिएको हो ।

    नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरेको थियो ।

  • प्रदेश ५ : अाज तेस्राे संसद बैठक
    अाचार्य प्रदीप | फागुन ६ अाईतबार ।

    बुटवल । नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आज बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

    संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप गरेका हुन् ।

  • धागो कारखाना क्षेत्रको संभाव्यता अध्ययन गर्न टोली बनाइने
    लुम्बिनि टाईम्स | फाल्गुण ५ शनिबार ।

    बुटवल । प्रदेश ५ को सरकारले मन्त्रालय राख्नका लागि भवनको खोजी थालेको छ । हाल दरबारमार्ग लाइनमा रहेको ६ तले भवनमा ५ वटा मन्त्रालय राखिएका छन् । मन्त्रालय र तिनका विभागहरूका लागि थप भवन आवश्यक परेपछि प्रदेश ५ का मुख्यमन्त्रीसहितको टोलीले शुक्रबार १० वर्षअघि बन्द भएको बुटवल धागो कारखाना क्षेत्रको अवलोकन गरेको हो ।

  • बुटवलमा एकैसाथ दुई गोल्डकप
    लुम्बिनि टाईम्स | फाल्गुण ५ शनिबार ।

    बुटवल । रूपन्देहीमा एउटै महिनामा दुई गोल्डकप गर्ने घोषणा गरिएको छ । मोफसलकै पुरानो तिलोत्तमा गोल्डकप र मदन भण्डारी गोल्डकप फागुनको अन्तिम सातामा गर्ने गरी मिति घोषणा गरिएको हो ।

  • मोबाइल छ, तर टावर नै आउँदैन
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    चन्द्रौटा ।अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरूमा त सबै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाँची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रायः सबै घरमा मोवाइल छ तर त्यहाँ टावरले काम गर्दैन । स्थानीयहरू संचारको पहुँचबाट धेरै टाढा रहेको देखिन्छ ।

  • घरधुरी ९३ हजार, दमकल ३ मात्र
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    कपिलवस्तु । जिल्लामा ९३ हजार घरधुरी र ६ लाख बढी जनसंख्या छन् । तर दमल भने मात्र ३ वटा मात्र छन् । हावाहुरीको मौसम सुरु भएको छ, आगलागी पनि सुरु भएको छ तर दमकलको अभाव खड्किएको छ ।

  • २० औँ तिलोत्तमा गोल्डकप हुँदै
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    बुटवल । पुरानो तथा प्रतिष्ठित मध्ये एक तिलोत्तामा गोल्डकपको २० औँ संस्करणको लागी सम्पूर्ण हुने भएको छ । फागुन २४ गते देखि हुने प्रतियोगिता चैत्र ३ गते सकिने छ ।

  • प्रदेश ५ मा ३ सदस्यीय मन्त्रीमण्डल
    लुम्बिनि टाईम्स | फाल्गुण ३ बिहिबार ।

    बुटवल । प्रदेश नम्बर ५ मा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । यस प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र २ मन्त्रीहरुले बिहिवार सपथ ग्रहण गरेका हुन् । संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम गठन भएको ३ सदस्यीय मन्त्रीमण्डलमा एक एमाले र एक माओवादी केन्द्रका मन्त्री छनोट भएका छन् ।

  • आज ओली प्रधानमन्त्री बन्ने
    लुम्बिनि टाइम्स | फाल्गुण ३ ।

    काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको  छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

  • मुख्यमन्त्री पाेखरेलकाे सपथ ३ बजे
    लुम्बिनि टाइम्स | फाल्गुण ३ बुधबार ।

    बुटवल । प्रदेश नम्बर ५ काे मुख्यमन्त्री शंकर पाेखरेलले अाज दिउसाे सपथ ग्रहण गर्दै छन् ।

    उनले अाज अपराह्न ३ बजे बुटवलमा रहेकाे सडक डिभिजन कार्यालयकाे सभागृहमा शपथग्रहणको तयारी भइरहेको ५ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पाेखरेललाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।

  • प्रदेश ५ को सभामुखमा घर्ती निर्वाचित
    लुम्बिनि टाईम्स | फागुन २ ।

    बुटवल । प्रदेश ५ को सभामुखमा पूर्ण बहादुर घर्ती निर्वाचित भएका छन् । संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका हुन् ।

  • युनाईटेड प्लाष्टिकमा आगलागी, २ करोडको क्षति, ७ घण्टापछि आगो नियन्त्रणमा
    लुम्बिनि टाइम्स | फाल्गुण २ बुधबार ।

    बुटवल । बुटवल संगमपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बुधबार बिहानपख मात्र नियन्त्रणमा आएको छ ।

  • यस्तो छ प्रदेश ५ को दोस्रो बैठकको काम, मुख्यमन्त्री र सभामुख चयन हुँदै
    लुम्बिनि टाइम्स | फाल्गुण २ बुधबार ।

    बुटवल । बुधबार प्रदेश नम्बर ५ को दोस्रो संसद बैठक बस्दै छ । दोस्रो बैठकले प्रदेश ५ को मुख्यमन्त्री नियुक्ति र सभामुखको चयन बुधबार हुँदैछ । मुख्यमन्त्री एमाले सांसद शंकर पोखरेल र सभामुख माओवादीका पुर्ण घर्ती हुनेछन् ।

  • कपिलबस्तुमा छोटकी बहिनी कार्यक्रम संचालन
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    कपिलवस्तु । बालिका शिक्षालाई सहयोग पुर्याउनका लागि कपिलवस्तुमा छोट्की वहिनी खातिर शिक्षा अर्थात बहिनी शिक्षाका लागि दिदी कार्यक्रम शुरु भएको छ । शिक्षाबाट बञ्चित भएका बालिकाहरूलाई विद्यालयमा नियमित शिक्षा प्रदान गर्नका लागि जिल्लाको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकका २४ वटा विद्यालयमा कार्यक्रम संचालन गरिएको हो ।

  • आँखा शल्यक्रिया गर्न आउने भारतीय बढी
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    दाङ । नेपाल–भारत सिमा क्षेत्रअन्तर्गत भारतका नागरिक आँखा उपचारको लागि नेपाली अस्पताल खोज्दै आउने गरेका छन् । भारतीय नागरिकको लागि नेपाली आँखा अस्पताल उपचार गर्न भरपर्दाे ठाउँ बनेको छ । नेपाली नागरिकहरू अन्य स्वास्थ्य उपचारको लागि भारत लगायत अन्य देशमा जाने गरेको देखिएको छ । तर, आँखा उपचारको लागि भारतीय नागरिकहरू नेपाली अस्पतालमा आउने गरेको पाइएको छ ।

  • बजेट निकाशा नहुँदा प्रसूति सेवा संचालनमा समस्या
    लुम्बिनी टाइम्स | बुधबार, २४ माघ ।

    कपिलवस्तु । बजेट निकासा नहुँदा मायादेवी गाउँपालिकामा रहेको हरनापुर प्राथमिक सेवा केन्द्रको चौबिस घन्टे प्रसूति सेवा संचालनमा कठिनाई भएको छ । मायादेवी गाउँपालिकाले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि समयमै बजेट निकाशा नदिँदा बर्थिङ्ग सेन्टर सञ्चालनमा समस्या आएको केन्द्रका कर्मचारीहरू बताउँछन् । गत साउनयता केन्द्रमा बजेट निकासा भएको छैन ।

  • राष्ट्रियसभा निर्वाचन आज, सदस्यको पदावधि गोला प्रथाबाट
    लुम्बिनि टाइम्स | २४ माघ ।

    बुटवल । स्थायी सदन राष्ट्रियसभा सदस्यको निर्वाचन ६ वटा प्रदेशमा बुधबार हुँदैछ । प्रदेश २ बाट सबै निर्विरोध निर्वाचित भइसकेकाले १, ३, ४, ५, ६ र ७ प्रदेशमा शुक्रबार निर्वाचन हुन लागेको हो ।

  • भोलि राष्ट्रियसभा निर्वाचन : ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा
    लुम्बिनी टाइम्स | मंगलबार, २३ माघ ।

    बुटवल । ६ वटा प्रदेशमा बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको र ६ वटा प्रदेशमा मात्रै निर्वाचन हुने जनाएको छ ।

  • प्रदेश नम्बर ५:  सरकार गठनमा ढिलाई हुने
    लुम्बिनी टाइम्स | मंगलबार, २३ माघ ।

    बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ । माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ । पहिलो संसद बैठककै दिन संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी एमालेले गरेको थियो ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स । ३ माघ ।
    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • उल्लु : लाटोकोसेरो कि हामी ?
    लक्ष्मीप्रसाद पंगेनी
    नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्..
  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..