Main Menu
  |   Thursday, July 27, 2017
अन्तरिक्षमा फुल्यो फूल
अन्तरिक्षमा फुल्यो फूल

काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस विषयमा जानकारी दिएका छन् । वैज्ञानिक निकै लामो समयदेखी यसमा काम गरिरहेका थिए र उनीहरूले यसमा सफलता पनि प्राप्त गरेका छन् । यसअघि पनि उक्त केन्द्रमा काउली फलाइएको थियो ।

एस्टर कलीको एक फूलको एक फोटो ट्वीट गरेर केलीले लेखेका छन्, ‘अन्तरिक्षमा पहिलो फूल फुलेको छ ।’केलीले एक अर्को ट्वीटमा लेखेका छन्, ‘हो ब्रह्माण्डमा जीवनको अन्य रूप पनि रहेको छ ।’यस्तै उनले एक ट्वीट गर्दै उक्त फूल पहिलो पटक घाममा ल्याइएको समेत बताएका छन् ।

आजकल केन्द्रमा तरकारी तथा अन्य विरूवा उमार्ने प्रयोग भइरहेको छ । गत वर्ष केन्द्रमा काउली फलाइएको थियो । उक्त काउलीलाई त्यहाँ रहेको फ्रिजमा नै राखिएको थियो । वैज्ञानिक परिक्षणबाट उक्त काउली हानिकारक नरहेको समेत पुष्टी भइसकेको छ । नासाले अन्तरिक्षमा यस्तो अन्य प्रयोगका लागि पनि अनुमति दिएको थियो । स्पेस स्टेशनको निवासीहरूले १० अगस्त २०१५ मा पहिलो पटक अन्तरिक्षमा फलाइएको तरकारी बारे जानकारी दिइएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।