Main Menu
  |   Monday, April 23, 2018
आइजिपी नियुक्तिबारे निर्णय नगरी सकियो मन्त्रिपरिषद बैठक
आइजिपी नियुक्तिबारे निर्णय नगरी सकियो मन्त्रिपरिषद बैठक

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको टुंगो लगाउन ढिलाइ भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बुधबारबाट रिक्त हुन लागेको दुवै प्रहरी संगठनको महानिरीक्षकको टुंगो लगाउने भने पनि कुनै निर्णय हुन सकेन । बैठकमा गृहमन्त्री रामबहादुर थापाले आइजीपी नियुक्तिको प्रस्ताव नै पेस गरेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कसलाई आइजीपी बनाउने भन्ने विषयमा सहमति नबनेकाले मन्त्रिपरिषदले निर्णय गर्न नसकेको बताइएको छ ।

आइजीपी नियुक्तिका लागि मंगलबारै दोस्रोपटक मन्त्रिपरिषद बैठक बस्नसक्ने मन्त्रीहरुले बताएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबारबाट अवकाश पाउँदैछन् ।

मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराज घिमिरेलाई बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ ।

त्यसैगरी, बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सन्चार तथा सूचना प्रविधि राजमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकले विद्यार्थी भर्ना अभियान सशक्तरुपमा सन्चालन गर्ने निर्णय पनि गरेको छ ।

शिक्षा लिनबाट बन्चित दलित, सीमान्तकृत र गरिब परिवारमा विद्यार्थीहरु विद्यालय लैजानका लागि एक विद्यार्थी भर्ना गर्न राज्यका सबै तहका व्यक्ति, मन्त्री, जनप्रतिनिधिहरु र नागरिक समाजलाईसमेत आह्वान गर्ने निर्णय गरेको छ । बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।