Main Menu
  |   Monday, September 24, 2018
ओमको शाखा लमहीमा
ओमको शाखा लमहीमा

दाङ । ओम डेभलपमेन्ट बैंक लि.ले दाङको लमहीमा शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुल बहादुर के.सि.ज्यूले देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गर्नुभएको थियो ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गराउनु भएको थियो । बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ ।

बैंकले शेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश लगायत बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भईसकेको छ भने बैंकको फाल्गुन २५ गते शुक्रबार, पोखरामा हुने बार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि बितरण हुनेछ । हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।