Main Menu
  |   Monday, October 22, 2018
कर संकलन शिविरले व्यवसायीलाई सहज
कर संकलन शिविरले व्यवसायीलाई सहज

तिलोत्तमा । व्यवसायीहरु करप्रतिको दायित्व बोध गराउन आयोजना गरिएको कर संकलन शिविरमा एकैदिन एकसय भन्दा बढी व्यवसायी करको दायरामा आएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ले दर्ता नभएका व्यवसायीहरुलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता तथा कर शिविरको आयोजना गरेको थियो । \

एकैदिनमै एकसय भन्दा बढी व्यवसायीहरु करको दायरामा आएको वडाध्यक्ष दिवाकर ढकालले जानकारी दिए । कर संकलन शिविरमा नगरपालिकाको राजश्व टोली समेत खटिएको थियो । शिविरमा व्यवसाय दर्ताको व्यवस्था मिलाउनुका साथै कर तिर्ने व्यवस्था समेत मिलाइएको थियो । शिविरमा कर सम्बन्धी जानकारी पनि गरार्ईएको वडाध्यक्ष ढकालले बताए । शिविरमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, राजस्व अधिकृत इन्द्रदत्त सापकोटा, तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की लगायतले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र निर्धक्क भएर कर तिर्न आग्रह गरेका थिए ।

राजस्व अधिकृत सापकोटाले राष्ट्र निर्माणमा करदाताको महत्वपूर्ण भूमिका हुने भएकोले व्यवसायीहरूले नाफाबाटै कर तिर्ने भएकाले डराउनु नपर्ने बताए । उनले कर सम्बन्धी आवश्यक जनचेतना बढाउन नसक्दा राजस्व संकलनमा समेत असर परिरहेकाले खुशीका साथ कर तिर्ने बानीको विकास गर्न सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।
शिविरमा किराना, फेन्सी, होटल तथा रेष्टुरेन्ट, सुर्तीजन्य, मदिराजन्य र निर्माण व्यवसायमा सम्बद्ध व्यवसाय दर्ता भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।