Main Menu
  |   Sunday, July 22, 2018
डिआइजी रमेश खरेलले दिए राजीनामा

काठमाडौं। डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन्।

राजीनामा दिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्,‘ नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी खनाललाई आइजिपीमा बढुवा गरेकाे थियाे । प्रहरी प्रमुखमा खनाल नियुक्त भएसँगै खरेलले राजीनामा दिने निर्णय गरेका हुन्।
प्रहरी प्रमुखका लागि खरेलसँगै खनाल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।