Main Menu
  |   Sunday, June 24, 2018
न्यायाधीशको परीक्षामा सबै कानुन व्यवसायी ‘फेल’
न्यायाधीशको परीक्षामा सबै कानुन व्यवसायी ‘फेल’

काठमाडौं । न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल हुनुभएको छ । कुल ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधा मात्र परीक्षार्थी सफल हुनुभएको हो । ३० पदका लागि ४२४ जनाले आवेदन दिनुभएको थियो । तीमध्ये ३७३ जना मात्र परीक्षामा सामेल हुनुभएको थियो ।
पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकोमा ३० कोटाका लागि १६ जना मात्र उत्तीर्ण हुनुभएको हो । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना मात्र हुनुभएको छ । आफ्नो एकल समूहमा सफल हुने तीन जना मात्र हुनुहुन्छ ।

आन्तरिक खुलातर्फ मागभन्दा कम सङ्ख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकोमा १३ जना मात्र उत्तीर्ण हुनुभएको छ । यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा उत्तीर्ण गर्नुभएको छ । महिलाको दुई कोटामा एक जनाले परीक्षा उत्तीर्ण गर्नुभएको छ ।

आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गर्नुभएको छ । महिलाको दुई र दलितको एक कोटामा भने कुनै पनि उम्मेदवारले लिखित परीक्षा पास गर्नुभएको छैन ।

न्याय सेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षार्थी उत्तीर्ण भएको बताउनुभयो । निरौलाले भन्नुभयो, “३० जनाको कोटाका लागि १६ जना उत्तीर्ण हुनुभएको छ । अब अन्तर्वार्तापछि एकमुष्ठ नतिजा न्याय परिषद्लाई हस्तान्तरण हुनेछ । नतिजाअनुसार सिफारिस र नियुक्ति प्रक्रिया अघि बढ्नेछ । ”
न्याय सेवा आयोगले माघ १० देखि लिखित परीक्षा सञ्चालन गरेको थियो । पहिलोपटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुन लागेको हो । कानुन व्यवसायी पनि पहिलोपटक जिल्ला न्यायाधीशको परीक्षामा सहभागी हुनुभएको हो ।

हाल जिल्ला न्यायाधीशमा ३८ दरबन्दी रिक्त छन् । तीमध्ये २० प्रतिशत अर्थात् आठ जना जिल्ला न्यायाधीश यसअघिकै व्यवस्थाअनुसार पदपूर्ति हुनेछ । यसअघि न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनका आधारमा नियुक्त हुन्छ । यसका लागि भने छुट्टै प्रक्रिया हुनेछ । यसरी २० प्रतिशत अर्थात् आठ जना दरबन्दी छुट्याएपछि बाँकी रहेको ८० प्रतिशतमा ४० प्रतिशत अर्थात् १५ जना आन्तरिक खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत अर्थात् थप १५ जना खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।