Main Menu
  |   Monday, September 24, 2018
पक्राउ परेका यातायात व्यवसायीलाई १ वर्ष जेल सजाय हुन सक्ने
पक्राउ परेका यातायात व्यवसायीलाई १ वर्ष जेल सजाय हुन सक्ने

काठमाडौं । सार्वजनिक यातायात बन्दको घोषणा गर्ने व्यवसायीलाई सरकारले पक्राउ गरेको छ। शुक्रबार दिउँसोसम्म राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित २० जना व्यवसायी पक्राउ परेका छन्।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने यातायात क्षेत्रमा हड्ताल नगर्न सरकारले गरेको निषेध तोड्दै बन्द गरेपछि व्यवसायीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाविरूद्ध आवश्यक सेवा सञ्चालन ऐन अन्तर्गत मुद्दा चलाउने तयारी छ।

‘अत्यावश्यक सेवा अवरोध गरेकामा उनीहरूलाई कारबाही गर्नू भन्ने निर्देशन छ, सोहीअनुसार प्रहरीले मुद्दा चलाउँछ,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले भने। रुपन्देही प्रशासनले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे र महासचिव पदमराज गहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले पक्राउ परेका व्यवसायीविरुद्ध मुद्दा चलाए उनीहरूले १ वर्षसम्म कैद र १ हजार रुपैँया जरिवाना तिर्नुपर्नेछ। आवश्यक सेवा सञ्चालन ऐन अनुसार २०१४ ले निषेधित हड्ताल गर्न उक्साउनेलाई १ वर्षसम्म कैद वा १ हजार जरिवाना हुने व्यवस्था गरेको छ। त्यस्तै रूट परमिट लिएर बस सञ्चालन नगर्ने र यो हड्तालमा भाग लिनेलाई पनि यो ऐन अन्तर्गत कारबाही चलाउन सकिन्छ। उनीहरूलाई भने ६ महिनासम्म कैद वा २०० जरिवाना गर्ने सकिने ऐनमा उल्लेख छ। सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार देशभरि सार्वजनिक गाडी चलाएका छैनन्। यो समाचार हामीले setopati.com बाट लिएका हौ‌ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।