Main Menu
  |   Thursday, July 27, 2017
‘पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो’
‘पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो’

काठमाडौं । अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको भनाइ छ ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि ‘प्लानेट नाइन’ राखिएको छ ।
ग्रह रहेको भन्ने अनुसन्धानको नतिजा कम्प्युटरको मोडलिङमा आधारित छ । तर अनुसन्धान रिपोर्टका सहलेखक कोनस्टान्टिन बेटेगिनले भने ग्रह अस्तित्वमा रहेकोमा आफूहरु पूर्ण विस्वस्त रहेको बताए ।

यो अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ ।
प्लानेट नाइनले बरुणले भन्दा २० गुण छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सार्य मन्डलमा यसको अर्बिटको दुरी दुई अर्ब ८० करोड माइलको छ ।

बरुणभन्दा २० गुण छिटो गतिमा सूर्यको परिक्रमा गर्ने भए पनि अर्बिट ठूलो भएकाले यसलाई एक पटक सूर्यको पूर्ण परिक्रमा गर्न १० देखि २० वर्षसम्म लाग्ने अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।