Main Menu
  |   Sunday, October 21, 2018
प्रदेश चारको मुख्य मन्त्री मै हुँ : गुरुङ
प्रदेश चारको मुख्य मन्त्री मै हुँ : गुरुङ

नवलपरासी । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले आफू प्रदेशको मुख्य मन्त्री भएर पहिला आफ्नो प्रदेश राम्रो गराउनका लागि प्रदेशबाट निर्वाचनमा होमिएको बताएका छन् ।

उनले वामगठबन्धनको बहुमत आए आफू प्रदेश ४ को मुख्यमन्त्री बन्ने भन्दै पहिला आफ्नो प्रदेशलाई समृद्ध बनाउने र अनि केन्द्रिय राजनीतिमा होमिने बताए ।

उनले प्रदेश चारमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोस्रो स्थानमा रहेको र वामगठबन्धन पछि वामगठबन्धन पहिलो स्थानमा रहेकोले प्रदेश ४ मा एमालेको बहुमत आउने दावी गरे । प्रदेश ४ मा रहेका ३६ सिटमा आफूहरुले २६ सिट जित्ने उनको दावी थियो ।

त्यस्तै गुरुङले प्रतिनिधि सभाको निर्वाचनमा वामगठबन्धनले कम्तिमा दुई तिहाई बहुमत ल्याउने दावी समेत गरे । उनले वामगठबन्धन बनेसंगै जनतामा एउटा उत्साह आएकोले दुई तिहाई बहुमत आउने आधार प्रशस्त रहेको दावी गरे ।

उनले भने – प्रतिनिधि सभामा पनि १ सय २७ भन्दा बढी स्थानमा जित्छौं । पहिलो चरणमा भएको निर्वाचनमा २७ भन्दा बढी स्थानमा जित्छौं भने दोस्रो चरणमा हुने निर्वाचनमा पनि १ सय भन्दा बढी स्थानमा जित्छौं ।

विहीबार कावासोतीमा प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।उनले पहिलो चरणको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि धादली रहित र शान्तिपूर्ण वातावरणमा गराउन सरकारलाई आग्रह गरे ।

उनले कांग्रेस पटक पटक बहुमत सहित सरकारमा गएपनि लोकतन्त्रको रक्षा गर्न नसकेको, शान्ति कायम गर्न नसकेको, विकास गर्न नसकेको आरोप समेत लगाए ।

उनले लोकतन्त्रको रक्षा, शान्ति, सुशासन, विकास र समृद्धिको लागि स्थायी सरकार निर्माण गर्न वामगठबन्धनलाई बहुमत आउन आवश्यक रहेकोमा जोड दिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।