Main Menu
  |   Sunday, July 22, 2018
फोटो खिचाएर पर्यटन प्रवद्धन हुदैन
फोटो खिचाएर पर्यटन प्रवद्धन हुदैन

बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल घोषणासंगै यस क्षेत्रको पर्यटन प्रवद्धनका लागि सवैले कुरा उठाउन थालेका छन । कुरा गरेर र फोटो खिचाएर मात्र पर्यटन प्रवद्धन नहुने भन्दै होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले जिल्लाका सवै स्थानिय तहले एक जुट बनी दीर्घकालिन गुरुयोजना बनाएर अगाडी बढनु पर्नेमा जोड दिनु भयो । सोमवार सैनामैना को सरौलीमा जि फोर होटलको शुभारम्भ गदैं अध्यक्ष जिसीले आर्थिक समृद्धिका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा राख्नु भयो ।

ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक यमलाल वन्जाडेले पेशा व्यवसायको मर्यादालाई ख्याल गरी व्यवसाय संचालन गरेमा सफलता मिल्ने बताउदै शान्ति सुरक्षाको प्रत्याभूर्ति दिन प्रहरी प्रशासन २४ औ घण्टा तयार रहेको खुलासा गर्नु भयो । होटल संचालक दिल्ली राज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रेस सल्लाहकार यमलाल भुसाल, पत्रकार कृष्ण भण्डारी व्यवसायी लक्ष्मण पाण्डे लगायतले पेशा व्यवसाय संचालन गर्दा व्यवसायीक मर्यादालाई पालना गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।