Main Menu
  |   Sunday, July 22, 2018
मन्त्रिपरिषद् निर्णय : नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र आईजीपी नियुक्त
मन्त्रिपरिषद् निर्णय : नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र आईजीपी नियुक्त

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नयाँ नियुक्ति गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

दुवै प्रहरी प्रमुखमा दुई खनालका नाममा सहमति भएपछि मंगलबार साँझका लागि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल आईजीपी बनेका हुन्। यसअघि तीन डीआईजी खनाल, खरेल र कार्कीको नाम चर्चामा थियो।

वरियतामा पहिलो नम्बरका खनाल नेपाल प्रहरीको नयाँ आईजीपी बनेका हुन् । खनाल गुण्डागर्दीविरुद्धको अपरेशन पर्नेमा चर्चित छन्। अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन्। खनाल अहिले ट्राफिक महाशाखाको नेतृत्वमा थिए । कुमार घैँटेसहित आपराधिक क्रियाकलापमा सं‌लग्नलाई खनाल अपराध महाशाखामा रहेकै बेला इन्काउन्टर भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा थिए ।

उता सशस्त्र प्रहरीमा भने शैलेन्द्र र पुष्कर केसी प्रतिस्पर्धामा थिए। केसीलाई पछि पार्दै खनालले सशस्त्रको आईजीपीमा बाजी मारेका हुन्।नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ बुधबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।