Main Menu
  |   Sunday, May 27, 2018
यस्ता थिए महाकवि देवकोटा
यस्ता थिए महाकवि देवकोटा

समय : २००० साल
स्थान : त्रिचन्द्र कलेजको घन्टाघरस्थित पूर्व-पश्चिम फर्किएको नेपाल भाषानुवाद परिषद्को कार्यालय।
जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रूपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव। एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए ! यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारसिमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन ! उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के ?

७१ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ। खासमा उनीहरूबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ।

त्यति बेला शाकुन्तलको उठान थियो:

तिमी त नास्तिक बनिसकेछौ

खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरूसँग कुरा भएर लेख्न बसेको हुनाले वाणिर्क छन्दमै त्यो लेखिनुपथ्र्यो। तर, देवकोटाले वाणिर्क र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तलजस्तो उत्कृष्ट महाकाव्यको रचना गरसिकेका रहेछन्। पुष्करको अडानप्रति देवकोटाले तत्काल कुनै प्रतिक्रिया जनाएनन्। तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति बेला समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले दाजुकै अगाडि देवकोटाको तारपिm गर्दै भनेछन्, ‘बडो राम्रो छ।’

पुष्करले सोचेछन्, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे ! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने ?’ देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द पि्रय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यसो भए तिम्रो मान्छे के गर्छन् ?’

हालै ९० वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, “पुष्करशमशेरको इसारा मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।” भनिदिएछन्, ‘यहीँ बस्छन्।’

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परष्िाद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रूप लियो। कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदाशमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परष्िाद् शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके। र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ।

१० दिनमै महाकाव्य

शिक्षा विभागको डाइरेक्टरले बोलिसकेपछि अरूले के भन्ने ? त्यसपछि अंग्रेजी भाषाका प्रकाण्ड विद्वान् पुष्करले मिलापत्र गर्ने हिसाबले भने, ‘मैले होच्याउने हिसाबले बाजे भनेको होइन। ब्लड प्रेसरको बिरामी छु। त्यसैको कारण निस्कियो होला।’ मिलापत्रपछि देवकोटा पुनः जागिरमा फर्किए। तर, देवकोटाको मनमा बाजे शब्द यति गहिरोसँग गाढिएछ कि लगत्तै उनले पुष्करशमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे। “त्यति बेला पुष्करले एक महिनामा लेख्न सक्छौ भनेर देवकोटाको महत्त्वाकांक्षा जगाइ दिनुभयो,” श्यामदास भन्छन्। तर, देवकोटाले १० दिनभित्रै सुलोचना महाकाव्य लेखिदिए। र, त्यसका दुई पात्रमध्ये एउटा पुष्करलाई नै बनाए। “पुष्करलाई नै सुलोचनाको एउटा पात्र बनाएर उहाँले बाजे भनेर होच्याइएको त्यो घटनाको उत्तर दिनुभयो,” श्यामदास भन्छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो तर उनको व्यक्तित्व पनि सामान्य थिएन। वरिष्ठ साहित्यकार मदनमणि दीक्षित यस्तै एउटा घटनाका भुक्तभोगी हुन्। मदनमणिकी दिदी विमलको विवाह देवको टाका भाइ मित्रनाथसँग भएको थियो। उनी ००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए। त्यति बेला भिनाजु मित्रनाथले दाजु लक्ष्मीप्रसादलाई परचिय गराउँदै भनेछन्, ‘दाजु यिनी मेरा साला मदनमणि हुन्। भर्खरै एमए पास गरेर आएका।’ त्यति बेला देवकोटा पासा खेल्न मग्न थिए। मुखमा तम्बाखुको पाइप चपाइरहेका। आफ्नै सुरमा मस्त। झस्किएझैँ एक्कासि सोधेछन्, ‘ए मदन ! एमए पास गरेको ?’ त्यसपछि धूवाँको मुस्लो धुरीमाथि फुक्दै एउटा प्रश्न सोधेछन्, ‘तिमी भेडा बन्न सक्छौ ?’ मदनलाई देवकोटाको त्यो प्रश्न उटपट्याङ लागेछ। “मलाई सुरुमा होच्याएजस्तो भान भयो। भिनाजुजस्तो मान्छे के बोल्नू ?” मदनमणि सम्झन्छन्, “त्यही पनि उत्तर दिएँ, भेडाको मासु त खाएको छैन।”

काठमाडौँको १० दिने बसाइ सकेपछि मदनमणि बनारस फर्किए। बनारसको ठूला गल्लीमा त्यति बेला स्थानीय कुस्तीबाजहरू आफ्नो बल प्रदर्शन गर्न हातमा पिर्का बोक्थे र भेडाको सिङलाई घचेटेर पछाडिसम्म पुर्‍याउँथे। त्यो भेडा दौडिएर फेर िकुस्तीबाजको पिर्कामा ठोकिन नआउँदासम्म यो क्रिया अनवरत चलिरहन्थ्यो। बनारसमा मदनमणि यस्तै एक साँझ टहलिरहेका बेला एउटा भेडा दौडिँदै आएर कुस्तीबाजले बोकेको पिर्कामा बजारयिो। पिर्कामा ठोकिँदा भेडाको सिङबाट आगोको झिल्को निस्किएको देखेपछि झल्यास्स भएछन्, महाकविले भन्न खोजेको कुरा। “यो पो रहेछ, पढेर के गर्छौ? क्रान्तिकारी बन्न सक्छौ ? कति गहिरो कुरा गर्नुभएको रहेछ। हाम्रो बुद्धिले सोच्न के भ्याउनू?” आउँदो फागुनमा ९४ वर्ष प्रवेश गर्न लागेका मदनमणि भन्छन्।

विलक्षण प्रतिभा

डिल्लीबजारका नृपेन्द्रसिंह केसी अहिले पनि एउटा घटना सम्झेर चमत्कृत हुन्छन्। केसीका पिताजी सुब्बा वीरेन्द्रसिंह र देवकोटाका ठूला दाजु लेखनाथ मिल्ने साथी थिए। फेर िघर नजिकै। त्यसैले उनको पनि देवकोटाको घरमा आवतजावत भइरहन्थ्यो। तर, विद्वताका कारण देवकोटासँग बोल्ने आँटचाहिँ आउँदैन्थ्यो। तर, एकदिन डिल्लीबजारस्थित पीपलबोटमा साइकलको पन्चर टाल्न जाने क्रममा जम्काभेट भयो, देवकोटासँग। उनी पनि त्यहाँ पन्चर टाल्न दे वकोटाभन्दा अगाडि पुगेका रहेछन्। तर, देवकोटा आएपछि उनले आफ्नो पालो छोडिदिए। देवकोटाले आफ्नो साइकलको पन्चर टालेको एकटकले हेर्दाहेर्दै दुईवटा चुरोट तानिसिध्याए। उनले नृपेन्द्रलाई प्रश्न गरेछन्, ‘काजीले साइन्स पढेको होइन ?’ त्यति बेला नृपेन्द्र आईएस्सी पढ्थे। केही हच्किँदै मुन्टो हल्लाएछन्।

त्यत्तिकैमा देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ ?’ “मैले अहिलेसम्म त्यसको उत्तर भेटेको छुइनँ,” ८० वषर्ीय नृपेन्द्र भन्छन्, “उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।”

नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशी पनि महाकविको विलक्षण प्रतिभाको विषयमा राम्रै जानकार छन्। राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरूप ००३ सालमा नेपाली कांग्रेस देवकोटालाई भारतको बनारस पुर्‍याउन सफल भयो। यसपछि काठमाडौँमा खैलाबैला मच्चियो। किनभने, काठमाडौँमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौँमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन। बनारसमा देवकोटाले नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन गरे। त्यो पत्रिका कृष्णप्रसाद भट्टराईका भाइ गोपालप्रसादले निकाल्थे। त्यति बेला जीविकोपार्जनका लागि देवकोटा बनारसबाट प्रकाशित हुने अर्को साहित्यिक पत्रिका उदयको प्रुफ पनि हेरििदन्थे। “यसबापत पिताजी -काशीप्रसाद श्रेष्ठ)ले उहाँलाई २५ पैसा दिनुहुन्थ्यो,” अहिले पनि बनारसबाट निस्किरहेको उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन्। ७६ वषर्ीय श्रेष्ठ देवको टालाई ‘भर्सटाइल’ र मुडी भन्न रुचाउँछन्। भन्छन्, “मन लागे बोल्ने, नभए नबोल्ने। कविता फुर्‍यो कि सुनाइहाल्नुपर्ने।”

देवकोटा बनारसमै हुँदा कोलकाता पढ्न बसेका जोशीलगायत नेपाली विद्यार्थीले ००५ सालमा सम्मानका लागि उनलाई बोलाएका थिए। कोलकाताको कलेज स्टि्रटस्थित महाबोधि सोसाइटीको हलमा महाकविलाई अभिनन्दन गर्दा हिन्दी र बंगालीका साहित्यकारको पनि उपस्थिति थियो। जोशी त्यो घटना अहिले पनि सम्झन्छन्, “उहाँले अंग्रेजी कविता तामाङ सेलो लयमा सुनाएर सबैलाई चकित पार्नुभयो।” देवकोटा एक महिना कोलकाता बसे। यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए। जुन पछि मुम्बईको ब्लिट्ज साप्ताहिकमा छापियो। कोलकातामै बस्दा देवकोटाले ‘आँसु’ कविता पनि लेखे। त्यो कविता पनि उपाध्यायकै अनुरोधमा देवकोटाले मुखैले भनेका थिए। कागजमा उतार्ने काम भने जोशीले गरे। पछि पारसमणि प्रधानको सम्पादकत्वमा दार्जीलिङबाट प्रकाशित हुने भारतीमा छापियो। “उहाँलाई खालि विषय मात्र चाहिन्थ्यो। त्यसपछि धाराप्रवाह आउने। रोकिनै गाह्रो,” जोशी भन्छन्।

देवकोटाको लेखनशैलीको विषयमा सबैभन्दा भुक्तभोगी उनकै परविार हो। “१२ बजे खाना खानु छ भने ९ बजे पका भन्ने। तर, उठ्दै नउठ्ने,” देवकोटाकी ७१ वषर्ीया माइली छोरी अम्बिका रमिाल पुरानो कुरा सम्झन्छिन्, “आमाले कलम खोस्दे भन्ने। बहिनी मीरा र म जान्थ्यौँ। तर, कहाँ सक्ने ? कति बलियोसँग पक्डिने।”

देवकोटाको अर्को रोचक पक्ष भनेको उनी हार्मोनियममा उत्त्ािकै राग हाल्न सक्थे। “बुबाको स्वर केटीको जस्तो सुरलिो हुन्थ्यो। यसैले हाम्रो घरमा साहित्यकारको मात्र होइन, उस्तादको पनि जमघट रहन्थ्यो। कहिलेकाहीँ नातिकाजी पनि आएको सम्झन्छु,” अम्बिका भन्छिन्।

देवकोटा जुवाका पनि सोखिन थिए। यस्तै, एकपल्ट छक्का दाउ खेल्दा देवकोटाले खुब पैसा जितेका थिए। तर, त्यहीँ बस्ने अरूले जितौरी मागेछन्। सबैलाई जितौरी दिँदादिँदै घर फकिर्ंदा फेर िखल्ती रत्तिो। “बुबाले जुवा जितेको घटना पनि आमालाई रमाइलो पाराले सुनाउनुभयो। तर, पैसा माग्दा उत्तर आयो, सबैलाई जिताह दिएँ,” जेठी छोरी सावित्री रेग्मी भन्छिन्। ८७ वषर्ीया सावित्री आफ्ना पितामा बालबच्चाहरूप्रति अगाध स्नेह रहेको सुनाउँछिन्। भन्छिन्, “उहाँ कुनै पनि बच्चा निन्याउरो अनुहार लगाएर बसेको हेर्न सक्नुहुन्थेन।”

गाईलाई तीन खर्पन काउली

देवकोटा मानिसलाई मात्र होइन, पशुलाई पनि उत्तिकै आदरभावले हेर्थे। एकपल्ट त तीन खर्पन काउली बोकेर घर पुगेछन्। त्यत्रो तरकारी देखेर अत्तालिएकी पत्नी मनदेवीले भनिछिन्, ‘किन यत्रो काउली ल्याएको ?’ अहिले पनि त्यो घटना सम्झँदा हाँस्ने अम्बिका भन्छिन्, “बुबा उल्टै रसिाउनुभयो, तिमीहरूलाई मात्र मीठो खान मन लाग्छ ? गाईलाई लाग्दैन भनेर।”

देवकोटासँग ००२ सालमा पनि यस्तै घटना दोहोरएिको थियो। त्यति बेला उनी त्रिचन्द्र कलेजमा पढाउँथे। काठमाडौँका प्रायः सबैलाई थाहा हुन्थ्यो, देवकोटाको तलब आउने दिन। त्यसैले उनीसँग उधारो माग्नेदेखि पुरानो हिसाब चुक्ता गर्नेहरूको लर्को नै लाग्थ्यो, बाटोमा। फेर िदेवकोटा कसैलाई नाइनास्ती गर्न नसक्ने ! यस्तैमा एकपल्ट देवकोटा कलेजबाट तलब थापेर घर र्फकंदै थिए। मैतीदेवीमा एउटा माग्नेले चार आना मागेछ। त्यति बेला बाटोमा पैसा बाँड ्दाबाँड्दै उनको खल्ती रििक्तसकेको पत्तै पाएनन्। यत्तिकैमा उनलाई झल्यास्स याद आएछ, साथीहरूले एक सय रुपियाँको नोट कोटको माथिल्लो खल्तीमा राखिदिएका छन्। वास्तवमा त्यो नोट उनको घरसम्म पुगोस् भन्ने हेतुले राखिएको थियो। तर, उनले त्यही नोट निकालेर त्यो माग्नेलाई दिन खोजे। उनीसँगै त्यति बेला कलेजकै अर्का साथी पनि थिए। उनले देवकोटाको हात ट्याप्प समाते। र, भने, सबै दिनुभयो भने छोराछोरीले के खान्छन् ?’ तर, देवकोटा मान्नेवाला कहाँ थिए र ! उत्तर दिएछन्, ‘मेरो परविारलाई भगवान्ले हेर्छ।’ त्यही पनि साथीले माग्नेको आवश्यकता चार आना मात्र भएको बताउँदै देवकोटाको ध्यान अन्यत्र मोड्न खोजे। उनले यसका लागि आफैँले खुद्रा बनाएर ल्याउने समेत आग्रह गरे। तर, देवकोटाले मानेनन्। उनले आफ्नो उठिसकेको हात नफर्किने बताउँदै माग्नेलाई सय रुपियाँको नोट नै दिए।

“तर, घर फर्किएपछि बुबाले आमालाई भन्नुभयो, बज्यै ! छिमेकीसँग मागेर चलाउँदै गर्नू। म पछि तिरहिाल्छु नि !” अम्बिका सम्भिmन्छिन्।

समालोचक तारानाथ शर्माले ००९ सालमा दार्जीलिङस्थित दामोदर सदनमा देवकोटालाई भेटेको घटना अहिलेसम्म बिर्सन सकेका छैनन्। त्यति बेला उनी उतै स्कुल पढ्दै थिए। एकाबिहान दामोदर सदन पुग्दा महाकवि दाँत माझ्न व्यस्त थिए। तर, भेट्न आएको खबर सुनेपछि देवकोटा निकै खुसी भए। त्यो दिन सूर्यविक्रम ज्ञवालीलगायत त्यहाँ रहेका सबै साहित्यकारको घुम्ने कार्यक्रम तय थियो। तर, तारानाथलाई भेटेपछि महाकविले भनेछन्, ‘तिमीहरू जाओ। कञ्चनजंघा हेर, पोताला हेर। म भोलिको नेपालसँग कुरा गर्न चाहन्छु।’ “त्यसपछि मलाई झ्याम्म अँगालो हाल्नुभयो,” देवकोटाले त्यति बेला सोधेको प्रश्न अझै याद गर्ने गरेका शर्मा भन्छन्, “मैले कवि बन्ने इच्छा बताएँ। तर, उहाँले भन्नुभयो, ओहो ! आगो बल्छ। नबन कवि। बरू इन्जिनियर बन।” त्यति बेला तारानाथको कापीमा देवकोटाले लेखेका रहेछन्:

कविता सविता मेरी ‘ल बिता !’

‘ल बिला !’ भनेँ

त्यसैको प्रेमले जल्दै आगो आँसु दुवै बनेँ।

– लक्ष्मीप्रसाद देवकोटा

१४ अगस्ट १९५२।

निरो बाँसुरी बजाइरहेछ

उनी दार्जीलिङमै बसेर आईए पढ्दै गर्दा चौरस्तामा एउटा साहित्यिक समारोहको आयोजना भएको थियो। त्यति बेला महाकविको भाषण सुन्न सारा नेपाली त्यहीँ जम्मा भए। मन्तव्यका क्रममा महाकविले भने, ‘रोम वाज बर्निङ, निरो वाज फिडलिङ -रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ।) यस्तै छ, हाम्रो देशमा।’ यति बेला महाकविको नाकबाट सिँगान मात्र होइन, मुखबाट र्‍याल पनि झररिहेको थियो।

त्यो घटनाका प्रत्यक्षदर्शी तारानाथ भन्छन्, “भाषणको बीचैमा माइक आफूतर्फ गर्दै अर्का साहित्यकार धरणीधर कोइरालाले भने, दार्जीलिङले देउताजस्तै माने पनि यहाँको मौसमले उहाँलाई चिनेन। त्यसपछि उहाँले आफ्नो खल्तीबाट रुमाल झिकेर सिँगान र र्‍याल पुछिदिनुभयो। र, रुमाल फेर िखल्तीमा राख्नुभयो।”

महाकविको परिवार

लक्ष्मीप्रसाद देवकोटाका नौ जना छोराछोरीमध्ये हाल पाँच जीवित छन्। बाँकी चार जना बितिसके। सबैभन्दा जेठी छोरी सावित्री रेग्मी ८७ वर्षमा प्रवेश गरिसकेकी छन्। त्यसपछिको जेठो छोरा प्रकाश २२ वर्षमै बिते। देवकोटा उनको बिहे २५ वर्षमा गर्न चाहन्थे। तर, बिरामी भएको १२ घन्टाभित्रै बिते। उनको निधन देवकोटा ००७ सालअगाडि बनारसबाट फर्किएपछि भएको थियो। यसपछि जन्मिएकी छोरीको ६ महिना नबित्दै निमोनियाका कारण निधन भयो। अर्का छोरा कृष्ण १२ वर्षको उमेरमा टाइफाइडका कारण बिते। “बुबा बनारस जान ठीक पर्दा कृष्णले जुत्ता नै लुकाइदिएको थियो। तैपनि, रोकिनुभएन। पछि बुबा बनारसमै हुँदा उसको यहाँ निधन भयो,” सावित्री भन्छिन्।

लक्ष्मीप्रसादले यी तीनै जना छोराछोरीको सम्झनामा ‘मेरो तीन टुक्रा बच्चाहरू’ भनेर लेखे। यसपछि जन्मिएकी थिइन्, माइली छोरी अम्बिका रिमाल। उनी हाल मैतीदेवीस्थित देवकोटाको घरनजिकै बस्छिन्। त्यसपछिकी मीरा देवकोटाको चार वर्षअघि पेटको क्यान्सरका कारण निधन भएको थियो। अर्की छोरी मुना घिमिरे पनि मैतीदेवीमै बस्छिन्। त्यसपछिका छोरा पदम देवकोटा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यका प्राध्यापक हुन्। कान्छा छोरा दीपक देवकोटा हाल अस्ट्रेलियामा छन्।

लक्ष्मीप्रसादकी दिदी लोकपि्रया जोशी पनि साहित्यकार थिइन्। उनी त्यति बेलै कविता लेख्थिन् र कवितामा भएको त्रुटि सच्याउन भाइ लक्ष्मीप्रसादकहाँ पठाउँथिन्। लोकपि्रया नेपालका गिनेचुनेका पुराना महिला लेखिकामध्ये पर्छिन्।

मासु र चुरोटका पारखी

लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा रोचक कुरा उनलाई मासु र चुरोट असाध्यै खानु पथ्र्यो। उनी एक हातले मासु खान्थे र अर्को हातले चुरोट पिउँथे। मासुको सन्दर्भमा साहित्यकार श्यामदास वैष्णवसँग अर्को रोचक प्रसंग पनि छ, देवको टाका बारेमा। २००० सालमा काठमाडौँमा ठूलो हिमपात पर्‍यो। यसका कारण सारा बजार बन्द थियो। तर, देवकोटालाई खुब मासु खान मन लागेछ। त्यति बेला दुवै नेपाल भाषानुवाद परष्िाद्मा काम गर्थे। देवकोटाको मासिक तलब थियो, ८० रुपियाँ। श्यामदासले नै डिल्लीबजारको ओरालोबाट एउटा मासु पसलेलाई फकाएर १० रुपियाँको मासु किनेर ल्याइदिए। सम्झन्छन्, “मैले मासु किनेर ल्याएको देखेर बज्यै -देवकोटापत्नी) आत्तिनुभयो। र, भन्न थाल्नुभयो, यस्तो मौसममा रूखको हाँगो भाच्चिएर मान्छे मररिहेका छन्। तपाईंले कसरी ल्याउनुभयो ?”

त्यो दिन मासु छाडेर गएका श्यामदास भोलिपल्ट बिहान देवकोटाको घर पुगेका थिए। उनी त्यति बेला छक्क परे, जब देवकोटाले मासु खाएर रातभरमिा २५-३० पेजको तयार भएको खण्डकाव्यको पाण्डुलिपि देखाए। “उहाँले राती नै तुषार वर्णन खण्डकाव्य लेख्नुभएछ,” श्यामदास भन्छन्।

लक्ष्मीप्रसादका पिताजी पण्डित तिलमाधव देवकोटा पनि खानाका सोखिन थिए। त्यही गुण लक्ष्मीप्रसादमा सरेको हुन सक्ने वरष्िठ पत्रकार हरकिृष्ण श्रेष्ठ बताउँछन्। हरकिृष्ण १९९३ सालताका लक्ष्मीप्रसादकहाँ पढ्न जान्थे। लक्ष्मीप्रसादले स्कुल र कलेज पढ्दासम्म चुरोटमा हातै लगाएनन्। तर, सन् १९३० को दशकको मध्यमा बाबु र आमाको निधनले उनलाई स्तब्ध पारेको थियो। यसमा पनि एउटा छोरीको ६ महिनाको उमेरमै निधनले उनलाई विचलित तुल्यायो। त्यसपछि उनी चुरोटका अम्मली नै भए।

यसबीचमा अरू मान्छेभन्दा बेग्लै सोच्ने, एकोहोरनिे र गृहस्थ जीवनतर्फ त्यति ध्यान नदिने देवकोटालाई मानसिक सन्तुलन गुमायो कि भनेर उपचारका लागि उनका भाइ मधुसूदनले सन् १९३९ मा भारतको राँची पुर्‍याएका थिए। तर, उनको असाधारण क्षमताबाट परििचत मनोचिकित्सक वर्कले हिलले भनेछन्, ‘पश्चिममा जन्मिनुपर्ने मान्छे। पूर्वमा जन्मिएछ।’ पागल नभए पनि देवकोटा इलाजका लागि भनेर पाँच महिना राँचीमै बसे। त्यही बसाइमा उनले ‘पागल’ जस्तो शक्तिशाली कविता लेख्न भ्याए।
– नेपाल साप्ताहिकबाट

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।