Main Menu
  |   Sunday, May 27, 2018
यस्तो नशा, जिन्दगी सुधार्ने
यस्तो नशा, जिन्दगी सुधार्ने

कपिलवस्तुको हथौसामा मेला चलिरहेको थियो । स्टेजमा आकर्षक प्रस्तुतिको स्वाद लिन पाउदा दर्शकहरु मख्ख थिए । न बिर्से तिमीलाई नपाएँ तिमीलाई… बोलको गीतमा नृत्य प्रस्तुत गर्दै थिए एक युवक । पहिलेदेखि नै दर्शकको हुटिङ पाईरहेका ती युवकले एक्कासी दर्शकको वाह वाह पाए, जति बेला उनको शिरमा सिसाको बोतल बज्रियो ।

उनको शिरमा बोतल कसैले प्रहार गरेको थिएन उनि आफै नै नृत्यमा डुबेपछि यो अवस्था आयो र यो योजना मुताविक नै थियो । तर त्यहाँ भै दियो अर्कै बोतलले उनको निधारमा गहिरो चोट लाग्यो ।

दर्शकले यो नाटक भन्ने ठाने तर म्युजिक भिडियो, फिल्म निर्देशक विजय पोखरेललाई भने चिन्ता पर्यो, किनकी बगिरहेको रगत कृत्रिम नभएर वास्तविक थियो ती युवकले नृत्य छोडेनन् । रगतले कपडा भिजुन्जेलसम्म गित पनि सकियो त्यस लगत्तै उनलाई अस्पताल दौडाईयो । यो करिव छ बर्ष अगाडिको कुरा हो र यसरी नृत्यमा डुवेका युवा हुन कपिलवस्तु ईमिलियाका राज के.सी.।

त्यति बेला निधारमा लागेको चोटको खद अहिले पनि राजको निधारमा छ । उनि अहिले पनि यहि क्षेत्रमा छन । निधारमा हात लैजादै गम्भिर मुद्रामा उनले कुरा सुरु गरे–नृत्य, मोडलिङ र फिल्म क्षेत्रको बारेमा । कुराकानीको क्रममा उनी कतिबेला जोसिन्थे त कति बेला गम्भिर । कारण सम्भावना र अवसर दुवैले भरिपुर्ण मोडलिङ र फिल्म लाईनमा देखिएको विकृतिले उनी सन्तुष्ट हुन सकेका छैनन् भने यो क्षेत्रलाई छोड्न पनि गाह्रो छ किनकि उनको नशा–नशामा नृत्य र अभिनयको जादु बगिरहेको छ ।

राजले दुर्ई दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । आफुले अभिनय गरेको म्युजिक भिडियोमध्ये गायक राजेश पायल राईले गाएको स्र्वगकी परि बोलको म्युजिक भिडियो उनलाई सबैभन्दा बढी मन परेको म्युजिक भिडियो हो । गायक श्री निवास चौधरीको भोजपुरी गित दिल कि का कहिबाट मोडलिङमा प्रवेश गरेका राजले ठुलो पर्दाको फिल्ममा समेत अभिनय गरेका छन् ।

नेपाली चलचित्र आह्वान, मजवुर डी कम्पनि लगायतका फिल्ममा राजलाई देख्न पाईन्छ । मोफसलमा मात्र होईन काठमाडौका निर्देशकहरुको समेत उनीमाथि नजर पर्यो । उनले काम पनि गरे तर सुरुवाती वर्षमा जस्तो यो क्षेत्रमा राजको सक्रियता रहेन यसको अर्थ यो होईन कि उनी यो क्षेत्रबाट टाढा भए । एउटा संभावना बोकेको कलाकार किन यो क्षेत्रलाई पुरा समय दिन सक्दैन त ?

राज भन्छन–यो क्षेत्रमा प्रवेश गर्न र नाम कमाउन सजिलो भए पनि ईज्जत बचाउन गाह्रो छ । यहाँ जिन्दगी र घर परिवारको सवाल पनि हुन्छ उनले थपे–लाईफ सेटल गनै निकै कठिन अवस्था छ । कलाकार भईसकेपछि सोही अनुसार मेन्टेन गर्नुपर्ने हुन्छ । ड्रेसअपदेखि खानपानमा ध्यान दिन सकिएन भने अर्थ रहदैन । उनी मोडलिङमा भविष्य छैन भन्ने कुरालाई स्विकार गर्दैनन् यो क्षेत्रको बारेमा अध्ययन गरेर आउने हो भने केही राहत मिल्ने उनको तर्क छ ।

तर नाम चलेका कलाकारले समेत म्युजिक भिडियोमा पैसा लगानी गर्ने जस्तोसुकै व्यक्तिलाई पनि अवसर दिने र त्यस्ता व्यक्तिलाई खोजी–खोजी ल्याउने क्रम बढेको प्रति दुखेसो व्यक्त गदै राजले भन्छन्– यहाँ कला होईन धन प्राथमिकतामा पर्यो यसले वास्तविक कलाकार ओझेलमा पर्छन् । अनि तपाई जस्तै पत्रकारहरुको प्रश्न हामीतिर सोझिन्छ के तपाई कलाकारिताबाट पलायन हुनुभयो ? ‘होईन म कलाकारिताबाट पलायन भएको छैन तर मिहेनत अनुसारको कमाई यहाँ छैन ।

उनले थप्छन्–तर यसैबाट राम्रो सफलता पाएका व्यक्तिहरु पनि हामीमाझ हुनुहुन्छ । नयाँ साथीहरुले यसैमा भविष्य खोज्ने हो भने आफुलाई एकेडेमिक रुपमा पनि सक्षम बनाउनु जरुरी हुन्छ र अग्रजहरुको सफलताको कथा पढ्नु पनि आवश्यक छ ।

फिल्मलाईनको प्रसंगमा राजको भनाई छ –‘नेपाली फिल्म व्यवसायिक रुपमा उकालो लाग्ने अवस्थामा छ तर उहि त हो पैसाले कलाकार हुनेहरुको संख्या बढ्दो छ ।’ यो क्षेत्रमा देखिएका कमीकमजोरिलाई सुधारेर फिल्ममा लगानी गर्ने हो भने निर्माता डुब्ने र कलाकारको पेट भोको हुने अवस्थाको अन्त्य हुने उनको ठम्याई छ ।

जसले पायो त्यसले फिल्म बनाउने क्रमको वृद्धिसँगै सबैले मौका त पाए तर पारिश्रमिक भएन उनको गुनासो पनि छ । यदि यसो हो भने राज आफु भित्रको कलाकारलाई बिर्सेर अर्कोबाटो हिड्न सक्छन त ? ‘कदापि सक्दिन, किनकि यो मेरो रुचिको क्षेत्र हो । यो मेरो नशा हो ।’

राजले भावुक हुदै सुनाए–‘यहि नशाको कारण कतिपयले आफ्नो विजनेश व्यापारमात्र होईन पारिवारिक सम्बन्ध पनि डुवाएका छन ।’ उनले यसो हुन नदिने कसम खाएका छन् । त्यहि सचेतनाका कारण केही बर्ष अघि एम.वि.ए समेत गरेका राज फुर्सदको समयमा आफ्नो कला जोगाउने र शैक्षिक योग्यताअनुसार अन्य क्षेत्रबाट आम्दानीको स्रोत खोज्ने निर्णयमा पुगेका छन ।

आफ्नो रुचिको क्षेत्र एकातिर काम गर्नुपर्ने अर्कोतिर यो राजको मात्र समस्या होईन कला र प्रतिभा भएका हजारौ युवा युवतीसँग यस्तै पिडाहरु छन र पनि कलाकारितालाई छोड्न सक्दैन । त्यसैले होला पछिल्लो समयमा राजले बुटवल ११ मिलनचोकमा प्रदिप ज्ञवालीसँगको सहकार्यमा रेडियण्ट एरोविक एण्ड डान्स संचालनमा ल्याएका छन ।

कलाकारिता छोड्न पनि नसक्ने र छोड्न खोजे जस्तो पनि गर्ने के यो राजको असली नशा हो ? उनि भन्छन–हो यो मेरो नशा हो । तर उनी मदिराको नशाबाट मुक्त छन । कलाकारितासंगै उनमा अर्को नशा पनि छ त्यो हो समाज सेवाको नशा । यो यस्तो नशा हो जसले समाजलाई प्रत्यक्ष फाईदा दिन्छ । राजले केहि वर्ष यता बुटवल देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा वर्थ डे सेलिब्रेशन गर्दै आएका छन ।

कुनै पनि धार्मिक कार्य होस् या अन्य अवसर उनी त्यहाँ रहेका बालबालिकासंग रमाउन पुग्छन । उनि एक्लै पुग्दैनन् आफ्ना साथी सर्कललाई पनि त्यहीँ आमन्त्रण गर्छन । साथीहरु राजलाई होईन, त्यहाँका बालबालिकालाई आवश्यक सामग्री उपहार स्वरुप लैजान्छन् । रेष्टुरेन्टमा गएर अनावश्यक खर्च गरेर उडाउने पैसाले अनाथ तथा असाय बालबालिको आवश्यकता पुरा गर्ने कार्यमा लागेका राजलाई सोधियो के तपाई यो सब देखाउन गर्दै हुनु हुन्छ ? उनले जवाफ दिए–फुलको आँखामा फुलै संसार । अरुले जे भने पनि म व्यवहारिक रुपमा परिवर्तन चाहन्छु ।

अरु अरु के चाहेका छन त उनले ? ‘मेरो चाहाना भनेको रगतको अभावमा कसैको पनि अकालमा ज्यान नजाहोस भन्ने हो । उनले रहस्य खोले –मेरो रक्तसमूह दुर्लभ बि नेगेटिभ हो । लुम्बिनी टाईम्सका पाठकहरुलाई म अनुरोध छ–यदि तपाई वा तपाईको छिमेकी या आफन्त कसैलाई बि नेगेटिभ ब्लड चाहिएको अवस्थामा म जुनसुकै ठाँउमा पुगेर रक्तदान गर्न तयार छु । यसमा मेरो कुनै स्वार्थ लुकेको छैन ।’

र उनी अन्त्यमा कुराकानीलाई विट मार्दै भन्छन– हामी युवाहरु विना स्वार्थ समाज सेवामा लाग्ने हो भने सभ्य समाजको निर्माण गर्न सकिने छ । जुन समाजमा कलाकारिता पनि सभ्य हुने छ अनि कलाक्षेत्रले पनि सभ्य समाजको निमार्णमा सकारात्मक भुमिका निर्वाह गर्ने छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।