Main Menu
  |   Friday, December 15, 2017
रुपन्देहीबाट नेकपाका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ
रुपन्देहीबाट नेकपाका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

रुपन्देही : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्जसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पाल्पाका ईन्चार्ज पार्वती विक, पाल्पाकै सेक्रेटरी भुवन जीसीलाई ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलबाट पक्राउ गरेको हो। त्यसअघि प्रहरीले रंगलाल बानियाँ, उमाकान्त दुलाल, कुमार घर्ती र नरबहादुर शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी गराएका छन्। बानियाँलाई रुपन्देहीको गंगोलियाबाट र अन्य ३ जनालाई बुटवलको गोलपार्कबाट पक्राउ गरेको प्रहरीले बताएको छ।

गोलपार्कमा ओक्स बम राखेर नास्ता खाना पाल्ला रोडमा रहेको एक रेष्टुरेण्टमा छिरेका पाल्पा जिल्लाका ईन्चार्ज बिक, र सेक्रेटरी जीसीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ। पक्राउ परेकाहरुको थप अनुसन्धान अगाडि बढाइएको प्रनाउ भट्टराईले बताए।

यस्तै केही दिनअघि नेकपाका रुपन्देही जिल्ला सदस्य विक्रम यादव, मुकेश तिवारी र कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। यादवलाई लुम्बिनीबाट, तिवारीलाई छपिया र क्षेत्रीलाई बुटवल क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।