Main Menu
  |   Saturday, December 15, 2018
सभामुख कृष्णबहादुर महराले लिए सपथ
सभामुख कृष्णबहादुर महराले लिए सपथ

काठमाडौं। सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई पद तथा गोपनियताको सपथ गराएका हुन् । महरा प्रतिनिधिसभाको सभामुखमा हिजो निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख महराले आजै बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् । सपथ लिन महरा दौरा सुरुवाल लगाएर शितल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि लगातार उपप्रधानमन्त्री, मन्त्री तथा सांसद भएका महराले यसअघि कुनै पनि सपथग्रहणमा दौरा सुरुवाल लगाएका थिएनन् ।

सपथ ग्रहण कार्यक्रममा उपराराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पधानन्यायाधीश गोपाल पराजुली, सरकारका मन्त्री, मुख्य सचिव, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।