Main Menu
  |   Wednesday, February 21, 2018
नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका गुर्जेस्थित थानाभन्ज्याङमा भएको एक यात्रीबहाक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
उपचारकाक्रममा अस्पतालमा रहेका बसका सहचालक नवराज विकको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो ।

अरु २९ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा तादी गाउँपालिका नर्जामन्डपका ६७ वर्षीया ठूलीमाया तामाङ, ४५ वर्षीया लक्ष्मी न्यौपाने, रालुकादेवीका २२ वर्षीया सविता तामाङ, विदुर नगरपालिका वडा नम्बर–९ जफतीकी २१ वर्षीया शशी बोगटी छन् ।

त्यस्तै, ठेगाना नखुलेका ५७ वर्षीय लालबहादुर तामाङ र ३७ वर्षीया उजेली मिजारको पनि मृत्यु भएको छ ।

बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारकाक्रममा अस्पालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बस शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँस्थित थानाभन्ज्याङमा शनिबार दुर्घटनामा परेको हो ।

चालक फरार रहेका जनाइएको छ । बस सडकबाट करिब ३५० मिटर तल खसेर स्थानीयको घरमा बज्रिन पुगेको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।