Main Menu
  |   Thursday, July 27, 2017
क्रिमसन अस्पतालमा क्याथल्याव सेवा सुरु
क्रिमसन अस्पतालमा क्याथल्याव सेवा सुरु

मणिग्राम । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा क्याथल्याव सेवा सुरु भएको छ । मुटु रोगको उपचारलाई थप प्रभावकारी गराउन अस्पतालले क्याथल्याव सञ्चालनमा ल्याएको हो । अस्पतालले सुरु गरेको क्याथल्यावमा पहिलो पटक रुद्रपुरका बुद्धिराम थारुको एन्जियोग्राम गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिए ।

मुटुको उपचारपछि थारु बिहीबार अस्पतालबाट डिष्चार्ज भएका छन् । झण्डै ८ करोडको लगानीमा क्याथल्याव सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार क्याथल्यावमा अनुभवी जनशक्तिको व्यवस्थापन गरिएको छ । क्याथल्याव सञ्चालनसँगै यस क्षेत्रका बिरामीहरु मुटुको एन्जियोग्राम, एन्जियोप्लाष्टी, पेसमेकर सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ‘क्याथल्याव सञ्चालनसँगै मुटुको सम्पूर्ण परीक्षण अब क्रिमसन अस्पतालमैं हुन्छ ।’ मुटु रोगको उपचारमा एक दशकको अनुभव संगालेका डा. दुवेले भने, ‘हृदयघात र छातीको दुखाईका बिरामीले अब छिटो उपचार सेवा पाउनेछन् ।

हृदयघातका बिरामीहरुलाई तत्काल एन्जियोग्राम र एन्जियोप्लाष्टी गर्नुपर्ने भएकोले मुटु रोगको उपचारमा क्याथल्यावलाई महत्वपूर्ण मानिन्छ । क्याथल्यावको सेवा शुल्क अरु अस्पतालकैं सरह हुने अस्पताल प्रशासनले जनाएको छ । क्रिमसन अस्पतालले हाल एक सय रुपैंयाँमा ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ भने नेपाल सरकारले दिएको मृगौलाको निःशुल्क डायलासिस सेवा पनि उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य सेवा शहर केन्द्रीत भैरहेको बेला स्थानीय समुदायलाई लक्षित गरेर अस्पतालमा क्याथल्याव सञ्चालन गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. दुवेले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।