Main Menu
  |   Tuesday, April 24, 2018
पुनःनिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री देउवाको निर्देशन
पुनःनिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति लिन नसकेको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिए ।

बैठकले पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले आगामी वर्षका लागि पेस गरेको कार्ययोजना पारित पनि गरेको छ । पुनःनिर्माणका लागि आगामी वर्षका लागि १ खर्ब ४५ करोड रुपैयाँ बेजट पारित गरिएको हो ।

बैठकमा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै नेकपा एमालेले आलोचना गरेको थियो । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भूकम्पपीडितले न्यायोचित राहत र किस्ता रकम पाउन नसकेको भन्दै कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने विषयमा छलफल भएको बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।