Main Menu
  |   Saturday, November 18, 2017
दीपका विद्यार्थीलाई सम्मान
दीपका विद्यार्थीलाई सम्मान

बुटवल । बुटवल –८ सुख्खानगर स्थित दीप बोर्डिङ माध्यमिक विद्यालयबाट एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।

विद्यालयबाट उत्तीर्ण १ सय ५६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा टीका र खादा लगाएर अभिभावक सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले कक्षा ११ र १२ मा विद्यार्थीले प्राप्त गर्ने छात्रवृत्ती तथा सुविधाका बारेमा जानकारी गराउदै गुणस्त्तरीय शिक्षाका लागि दीप सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयबाट उत्कृष्ठ नतिजा ल्याउने व्यवस्थापन संकाय संयोजक डि. बि. रायमाझी, सृजल पोखरेल, प्रशंसा श्रेष्ठका अभिभावक लालचन श्रेष्ठ, विद्यार्थीहरु जेसिका रायमाझी, दीपा थापा लगायतले बोल्दै दीपले विगतदेखि कायम राखेको उत्कृष्ट नतिजाको इतिहासलाई कायम राख्न सक्नुपर्ने बताउनुभयो ।

विद्यालयबाट १७ जना ए प्लस ग्रेड, ४६ जना ए ग्रेड, ५६ जना वि प्लस ग्रेड , ३१ जना बि ग्रेड, र र ६ जना सि प्लस गे्रडमा उत्तीर्ण भएको विद्यालयका सह–प्राचार्य ज्ञानु थापाले जानकारी दिनुभयो ।

कलाधर अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।