Main Menu
  |   Wednesday, November 14, 2018
राष्ट्रवाद सप्रिएछ !
राष्ट्रवाद सप्रिएछ !

अहो ! आजकल राष्ट्रवाद त क्या सप्रिएछ !
अहो ! आजकल जिन्दावाद र मुर्दावाद क्या हुर्किएछ !
अझ नातावाद र कृपावाद बहुत नै मौलाएछ ! !
मेरो फेसबुकको आँगनमा स्वतन्त्रता स्वतन्त्र भएछ,
गाली गलौजका विरुवाले जटिल जरा गाडेछ ।
म आज बिहान उठ्दा लाग्यो– देश त फेरिएछ ! !

राष्ट्रियताको नारा होइन परिभाषा पनि फेरिएछ !
विपक्षीमा ओलीवादको राष्ट्रियता हावी भएछ !
सरकारमा गोलीवादको राष्ट्रियता हावी भएछ ! !
जनताका काममा भोलीवादको राष्ट्रियता छ आजकल,
सबैका सबै राष्ट्रियता बिकेका छन् बजारमा आजकल ।
म आज विहान खाजा खाँदै सोचे–राष्ट्रियता नि फेरिएछ ! !

राष्ट्रियता मात्र किन यहाँ स्वाभिमान पनि त फेरिएछ !
विदेशी पैसाले बनेको घर स्वाभिमानको प्रतिक भएको छ !
दलाली गरेर आएको पैसा परिश्रमको पोको भएको छ ! !
तीनाउमा गिट्टी कुट्नेहरु फगत फोस्रा स्वाभिमानी,
विपन्नताले गाँजेर विद्यालयको शुल्क नतिर्ने बेइमानी ।
म आज विहान खाना खाँदै सोचे–ईमान्दारिता नि फेरिएछ ! !

अझ गजव ! पत्रकारिता झन साह्रै बद्लिएछ !
हरेक व्यक्ति पत्रकार भएका छन् हिजोआज !
पत्रकारहरु ‘न्यायधिश’ भएका छन् हिजोआज ! !
नग्न तस्विर र विभत्स तस्विर प्रिय लाग्ने भएका छन्,
निष्पक्ष रहनुपर्नेहरु नै विभाजित भएर जाग्ने भएका छन् ।
म आज दिउसो खाजा खाँदै सोचे–निष्पक्षताको नाम नि फेरिएछ ! !

राजनीति परिवर्तनका लागि होइन पेसा भएको छ !
राजनीतिक दलहरु आश्वासन बाड्ने चौतारो भएका छन् !
जनता नागरिक होइन कसैका निजी कार्यकर्ता भएका छन् ! !
चुनावले कित्ताकाट भएको छ सँगैका छिमेकी बीचमा,
विभक्त छन् मान्छे जात, धर्म र राजनीतिका नाममा ! !
आज साँझ टि.भी. हेर्दै गर्दा सोचे–मानिसको मन पनि फेरिएछ !!

राष्ट्रियता नारामा होइन अनुपम अनुभूतिमा भैदिए हुन्थ्यो !
स्वाभिमान साउदी र कतारमा होइन स्वदेशमै भैदिए हुन्थ्यो !
न्यायलय र नागरिक समाज समन्याय र सद्भावका लागि होस् ! !
अबको राजनीति पेसा नभई पहलकदमी परिवर्तनका लागि होस्,
सत्तापक्ष उन्मादले नउर्लियोस, विपक्षी विवाद निकालेर नकुर्लियोस् ।
आज ओछ्यानमा पल्टेर सोचे–सबै नेपालीको चाह यस्तै यस्तै होस् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।