Main Menu
  |   Tuesday, January 23, 2018
दाङको तुलसीपुरमा एमाले विजयी
दाङको तुलसीपुरमा एमाले विजयी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी, उपप्रमुख पदमा एमालेका मायाँ आचार्य २१ हजार ३६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गर्नुभएको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभएको छ । कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो । रासस

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।