Main Menu
  |   Sunday, September 24, 2017
लुम्बिनीको काखमा साईकल यात्री
लुम्बिनीको काखमा साईकल यात्री

भैरहवा । महिला सशक्तिकरण एवं पर्यावरण संरक्षणप्रति जागरुकता प्रदान गर्न भन्दै नेपालको काठमाडौंबाट साईकल यात्रामा हिंडेको टोली भारतका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी शनिबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ । मानव जीवनलाई प्रदुषणमुक्त बनाएर मानव जीवनको कल्याणको लागि सन्देश प्रवाह गर्न भन्दै बौद्ध भिक्षुणीको २५० जनाको टोली मंसिर २ गते काठमाडौंबाट साईकल यात्रामा निस्केको थियो । टोली भारतका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी शनिबार लुम्बिनी आइपुगेको हो ।

१० वटा समूह बनाएर यात्रामा निस्किएको बौद्ध भिक्षुणीको टोली भगवान बुद्धको महापरिनिर्वाण स्थल भारतको कुशीनगरसम्म पुगेको थियो । त्यसक्रममा टोलीले भारतको बिहार र उत्तरप्रदेश राज्यका गोरखपुर, गया, पटना, राजगीर वाराणसी, इलाहावाद, कानपुर र आग्रा हुँदै ९ जनवरीमा दिल्ली पुगेर टुंगिएको हो ।

भारतका धार्मिक स्थलहरुको अवलोकन भ्रमण गरी लुम्बिनी आइपुगेको टोलीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए । पर्यावरणविद एवं संयुक्त राष्ट्रसंघका एमडीजी पुरस्कार बिजेता ग्यालवांग द्रुपका अनुसार काठमाडौंबाट ५० दिनअघि सुरु भएको यात्राले २२ सय किलोमिटरको दुरी तय गरेको थियो । द्रुपको नेतृत्वमा लिभ टु लभद्वारा साईकल यात्राको आयोजना गरिएको हो ।

महिला स्वतन्त्रता एवं समान अधिकार तथा पर्यावरण संरक्षणका लागि सन्देश प्रवाह गर्न यात्रा सफल भएको उनले बताए । नेपाल र भारतबीच सदियौं पुरानो ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक सम्बन्ध रहेकाले यो सम्बन्ध जोगाएर महिला अधिकार र पर्यावरण संरक्षणमा दुवै मुलुकको उत्तिकै दायित्व र कर्तव्य रहेकाले नेपालको काठमाडौंबाट भारतका विभिन्न धार्मिक स्थल हुँदै बुद्ध जन्मस्थल नेपालको लुम्बिनीसम्म सन्देश सहितको साईकल यात्रा गरिएको टोलीका एकजना भिक्षुणी तेन्जीले बताए ।

वातावरण दिनप्रतिदिन प्रदुषण बन्दै गैरहेकोले यसलाई जोगाउन तथा विश्वशान्तिको सन्देश दिन भ्रमण सफल रहेको पनि टोलीमा सहभागीहरुले बताएका छन् । टोलीले बुद्धको महापरिनिर्वाण स्थल भारतको कुशीनगरका साथै राजगगिरी, नालन्दा, बोधगया, सारनाथ लगायतका धार्मिक स्थलहरुमा पुगेर दर्शन गर्नुका साथै पुजाआजा समेत गरेको टोलीका सदस्य जिग्मु यूड्रोनले बताए । इन्धनबाहक गाडीबाट पर्यावरण प्रदुषित रहने भन्दै जनतामा सन्देश दिन साईकलबाट यात्रा गरिएको पनि उनले बताए । टोलीमा विभिन्न ७ वटा देशका बौद्ध भिक्षुणीहरु सहभागी थिए ।
cycle

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।