Main Menu
  |   Saturday, December 15, 2018
लुम्बिनीः बुद्धको शाश्वत मातृभूमि
लुम्बिनीः बुद्धको शाश्वत मातृभूमि

लुम्बिनी पश्चिम नेपालको तराईमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखि २२ कि.मी. दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा अवस्थित छ । यहाँ कपिलवस्तुका शाक्यवंशी शासक शुद्धोधनकी पत्नी मायादेवीको कोखबाट ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाको दिनमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । सुत्तनिपात लगायतका बौद्ध साहित्यमा लुम्बिनी वारे उल्लेख गरिएको छ ।

यसलाई “लुम्बिनीगामे” भनी अशोकस्तम्भमा उल्लेख गरिएको छ । त्यसैगरी लुम्बिनी वन पनि भनिन्छ । जातक कथामा उल्लेख भए अनुसार लुम्बिनीको सालबगैचा कपिलवस्तुका शाक्य र देवदहका कोलियहरूको साझा थलो थियो । ललितविस्तार, जातक निदानकथा, दीब्यवदन तथा महावंशजस्ता बौद्ध ग्रन्थहरूमा लुम्बिनीलाई बुद्धको जन्मथलोको रूपमा उल्लेख गरिएको छ । अहिले लुम्बिनी निर्विवाद रूपमा बुद्धको जन्मथलो भनी प्रमाणित भइसकेको छ । बुद्ध धर्मचक्रको सिलसिलामा ८० वर्षको उमेरमा कुशीनगर पुग्दा त्यहाँ विरामी भई अन्तिम अवस्थामा आÇना चेलाहरूले घेरा हाली रूनकराउन थाले बखत उनी जन्मिएको लुम्बिनी, ज्ञानप्राप्तस्थल बोधगया, सर्वप्रथम धर्मदेशनास्थल सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरमा एकपटक भ्रमण गर्ने सल्लाह दिएका थिए । यी पवित्र स्थलहरूको भ्रमणले पूण्य प्राप्ति हुने विश्वास भएकोले प्राचीनकालदेखि नै विभिन्न महानुभावहरू यहाँ आउने गर्दथे ।
gitu Giri
विभिन्न भिक्षु, भिक्षुणी, राजकीय व्यक्ति तथा श्रद्धालुजनहरू लुम्बिनी आउने सिलसिलामा ई.पू. तेस्रो शताब्दीमा सम्राट अशोक आÇना गुरू उपगुप्तको नेतृत्वमा बुद्धको जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलबदन तथा अशोकस्तम्भको अभिलेखले पुष्टि गरेका छन् । अभिलेखमा ‘शक्यमुनि’ भनी स्पष्ट रूपमा किटान गरिएको छ । मायादेवी मन्दिरको पुनः निर्माणको सिलसिलामा यसको आधार (Foundation) मा उत्खनन् गर्दा फेला पारिएको मार्करस्टोन (Marker Stone) लाई अभिलेखमा उल्लेखित “सिलाभिगडभिच” भनी पुष्टि गरिएको छ ।

अशोकले लुम्बिनीमा एक लाख असर्फी वितरण गर्नुको साथै एउटा चैत्यसमेत स्थापना गरेका थिए । अशोकको साथै मौर्य, शुड्ड, कुषाण र गुप्तकालमा विभिन्न महानुभावहरू आई विहार, मन्दिर वा स्तूप निर्माण गर्ने र कलावस्तुहरू समर्पण गरी आफ्नो श्रद्धा प्रकट गर्दै आएकोले त्यस्ता पुरावशेषहरू लुम्बिनीमा फेला पारिएका छन् ।

चिनियाँयात्रीहरूमध्ये चारौ, पाचौं र सातौं शताब्दीमा लुम्बिनी आएका सुई–चिङ–चु, फाहियान र हुएन–साड्डले यहाँको वस्तुस्थिति र परिवेश वारे उल्लेख गरेका छन् । सुई–चिङ–चुका अनुसार बुद्ध जन्मदा मायादेवीले समातेको अशोकवृक्षको हाँगो, भक्तजनहरूले फूलपाती चढाउँदै आएको मायादेवीको मूर्ति र बुद्धले पृथ्वीलाई छोएको स्थानलाई अशोकले प्रस्तरद्वारा सुरक्षित गरेका थिए । यिनको विवरणलाई जापान बौद्ध संघ, पुरातव विभाग र लुम्बिनी विकास कोषको त्रिपक्षीय सम्झौता अनुसार १९९३ देखि १९९७ सम्म गरिएको मायादेवी मन्दिरको उत्खनन्ले प्रमाणित गरेको छ । कङ्लोमिरेट स्टोन लाई अशोकद्वारा सुरक्षित बुद्धको पहिलो पद परेको स्थानमा राखिएको पत्थर मानिएको छ ।

फाहियानका अनुसार मायादेवीले स्नान गरेको पोखरी, उत्तरपट्टि २० पाइला हिंडेको र रूखको हाँगा समातेको जस्ता घटनाक्रमहरू उनले देखेका थिए् । हुएन–साड्डले ऐंना जस्तो सफा फूल फूलेको स्नान तलाउ (पुष्करिणी तलाउ), लडेको अशोकवृक्ष, स्तूप आदि देखेको विवरण यात्रावृतान्तमा समावेश गरेका छन् । यहाँ प्राप्त कलावस्तु एवं पुरावशेषहरूले प्राचीनकालदेखि पालसेनकलाको प्रभावसमेत रहेको पुष्टि गरेकाछन् । पूर्व मध्यकालमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आÇनो नाम उत्कीर्ण गराएका थिए । भारतका विभिन्न स्थानहरूमा बुद्धको जन्मस्थल लुम्बिनीको खोजखवर भए बखत तत्कालीन पाल्पाका बडाहाकिम खड्ग शम्सेर ज.ब.रा. ले स्थानीय व्यक्तिहरूको सहयोगमा १८९६ मा लुम्बिनी (पडेरिया) मा लडेको अशोकस्तम्भ खनाउँदै थिए । भारतको पुरातŒव विभागले खटाएका पुरातŒवविद् ए. फुहरर सोही सालको डिसेम्बर १ तारेखमा त्यहाँ आई पुगे । अशोकस्तम्भको अभिलेख प्रकाशमा आएपछि बुद्धको जन्मस्थल लुम्बिनी फेला परेको सनसनी विश्वमा चल्यो । उनी फर्केपछि पूर्णचन्द्र मुखर्जी आई यहाँको विवरण १९०१ मा प्रकाशन गरे । १९३३–३९ बीच केशर शम्सेरले मायादेवीको आसपास र पुष्करिणी तलाउको उत्खनन् गरे । त्यसैगरी एन.आर.बनर्जी (१९६६–७२), बाबुकृष्ण रिजाल (१९७५–८३), तारानन्द मिश्र (१९८४–८५), जापान बौद्ध संघ, लुम्बिनी विकास कोष र पुरातŒव विभागको सक्रियता (१९९३–१९९७) मा यहाँ अन्वेषण तथा उत्खनन् कार्य गरिए । त्यसै गरी युनेस्को सहभागितामा निरन्तर सन् २०१६ सम्म अन्वेषण तथा उत्खनन् कार्यहरू सञ्चालित छन् ।

विश्वका शान्तिप्रेमी मानवको मात्र पवित्र थलो भएकोले १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उत्थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमा नै तय गरियो । सयुक्त राष्ट्र संघको तीन सदस्यीय टोलीले १९६७–६८ को १० डिसेम्वरदेखि ९ जनवरीसम्म लुम्बिनीको विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदि वारे विशेष परामर्श दिएको थियो । यसको विकासको लागि पाकिस्तान, श्रीलड्ढा, भारत, म्यान्मार, अफगानस्तान, थाइलैण्ड, कम्बोडिया, इण्डोनेशिया, लाओस, मलेसिया, जापान, सिड्डापुर र जापान रहेको १३ वटा मुलुकहरू सहभागी रहेको अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति गठन गरियो । यस समितिमा पछि भूटान र दक्षिण कोरियालाई थपी १५ सदस्यीय बनाइएको थियो । जापानका वास्तुविद् केञ्जोटाड्डेले तयार गरेको गुरू योजना अनुसार तीन वर्ग माइल क्षेत्रमा दक्षिणदेखि उत्तरपट्टि क्रमशः पुरातात्कि बगैचा, विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँमा विभाजन गरिएको छ । गुरू योजनाको कार्यान्वयन तथा सुपरिवेक्षणको लागि १९७१ मा लुम्बिनी विकास समिति गठन गरियो ।
१९८६ मा अन्तर्राष्ट्रिय शान्ति वर्षको स्मरणमा ज्ञानेन्द्रले लुम्बिनीमा विश्वशान्ति दीप प्रज्जवलित गरेका थिए ।

अहिले यो दीप विश्वशान्तिको प्रतीकको रूपमा बलिरहेको छ । गुरू योजना अनुरूप नयाँ लुम्बिनी गाउँमा विश्वशान्तिस्तूप उच्चस्तरीय आवासको लागि होक्के होटेल, सारस फाउन्डेसन, मध्यमस्तरीय होटेल कासाइ (साबिक मिकासा) र श्रीलड्ढन पिलग्रिमेज हाउस अवस्थित छन् । पर्सा–तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय र बसपार्कसमेतका भागहरू छन् । यहाँ भिजिटर सूचना केन्द्र तथा प्रशाासनिक भवन निर्माणाधीन अवस्थामा छन् । विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूको लागि पलटहरू छुट्टाइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलड्ढा, म्यान्मार, कम्बोडिया र थाइलैण्डले आ–आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् ।

पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मन आदि मुलुकका सरकार तथा संस्थाहरूले पनि आ–आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तूपहरू तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ वायाँपट्टि योजना अनुरूप पङ्तिबद्ध ढड्डले वृक्षारोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तूप र विहारका स्मारकहरू छन् । यो क्षेत्र विशेष संवेदनशील भएकोले वर्षाको बाढीबाट बँचाउन वरिपरि चारवटा पोखरीहरू बनाइएका छन् । तीन वर्गमाइलको बाहिरपट्टि बफरजोन र निषेधित क्षेत्र भए पनि व्यक्तिगत भवनहरू बनाइएको देखिन्छ । यसरी बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानवको साझा सम्पति भएकोले यसलाई १९९७ मा विश्वसम्पदा सूचीमा सूचिकृत गरिएको छ ।

यसरी नेपाल र भारतको सवालमात्र नभई विश्वका सम्पूर्ण मुलुकहरूले प्राज्ञिक अध्ययन तथा विश्लेषण गरी निर्विवाद रूपमा बुद्धको जन्मस्थल नेपालको रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगर देखि २२ कि.मी. पश्चिममा पर्ने पडेरीया गाउँको छेउँमा रहेको लुम्बिनी गाउँमा हो भन्ने तथ्यलाई स्वीकार गरिसकेको अवस्थामा बेलाबेलामा जनसमुदायमा भ्रम सिर्जन गर्न खोज्नु कोही कसैको कलुषित मनस्थितिको उपज मान्नु पर्दछ । १ अगस्त २००२ को टायम्स अफ इन्डियामा प्रकाशित समाचारमा १९२८ मा नै प्रकाशित अभिलेखको आधारमा चन्द्रभानु पटेलले लुम्बिनी भारतको उडिसामा पर्दछ भनी भ्रम फैलाए । भारतमा लेखिएका नेपालका विश्वविद्यालयहरूमा पढाइने पाठ्यपुस्तकमा पनि बुद्धको जन्मस्थल भारत भन्ने बेलाबेलामा चर्चामा आएका छन् ।

स्नातक र स्नातकोत्तरको पाठ्यक्रममा राखिएका क्रमशः Enrich Your English II and A History of Knowledge जस्ता केही पुस्तकहरूमा यस्ता कमी कमजोरी पनि देखिए । सचेत देशभक्त जनसमूदायले यिनको बिरोधसमेत गप्यो । यसै क्रममा चाँदनी चोक अफ चाइना नामक सिनेमामा पनि यही भ्रम प्रचारमा आयो । यसको विरोध जुलुस तथा नारावाजी गरियो । सिनेकर्ताको अज्ञानतावश हो वा दुराशययुक्त ढड्डले यो भ्रम सिर्जना गरियो । त्यसैगरी सन् २०१४ मा नेपाल र भारत सरकारको सहमतिमा लुम्बिनीमा आयोजित पर्यटन सम्बन्धी कार्यक्रममा वितरित सामग्रीमा पनि यही भ्रम फैलिएकोले संचारजगतमा ठूलो हल्लीखल्ली मच्चियो । बेलाबेलामा यस्ता विवादित कुराहरू आउने गर्दछन् ।

जे जसरी यस्ता भ्रमहरू विभिन्न मौसममा सिर्जना गरिन्छन् अवश्यपनि गम्भीर खोजको बिषय हो । स्थापित तथ्य हुदाँ हुँदैपनि यो सवाल जन इजलाशमा भित्रि सकेकोले आदरणीय जनसमूदाय र पाठकबृन्दमा बहसको बिषय बनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । नयाँ पुस्तालाई यसको वारेमा स्पष्ट धारणा प्रदान गर्नु सचेत अभिभावकको दायित्व हो । तसर्थः यस पङ्तिकारले केही तथ्यहरूमात्र सारसंक्षेपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छ । सम्राट अशोक भारतीय शासक थिए । उनले लुम्बिनीमा आई राखेको अभिलेखमा “शाक्यमुनि शिलाभिगडभिचा…लुम्बिनीगामे“ भनी शाक्यमुनि बुद्ध र लुम्बिनी गाँउको किटान गरेका छन् । बाह्री लिपि र पाली भाषामा लेखिएको उक्त अभिलेख अहिलेपनि लुम्बिनीमा साक्षी स्वरूप खडा छ ।

उक्त अभिलेख अन्यत्रबाट ल्याई त्यहाँ Çयाँकिएको भन्ने भ्रमको जालपनि बुन्न थालिएको थियो । तर उत्खनन्को सिलसिलामा भारतीय पुरातत्वविद्हरूको रोहवरमा स्तम्भको आधार ९ँयगलमबतष्यल० त्यसै ठाउँमा फेला पारियो, जबकि निग्लिहवाको स्तम्भमा त्यसको अभाव छ । बौद्ध साहित्य तथा चिनियाँ यात्रीहरूको वृतान्तले पनि कोलिय राज्यको पश्चिम तथा कपिलवस्तुको पूर्वपट्टि बुद्धको जन्मस्थल भएको प्रमाणित गरेको अवस्थामा वर्तमान लुम्बिनीनै हो भन्नेमा विवाद रहेन । यहाँको उत्खनन्मा फेला परेका स्मारक तथा कलावस्तुहरूले पनि प्रमाणित गरेका छन् । मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, पन्ध्रवटा च्याम्बर, मौर्यकालीन इँटा, प्राचीन लुम्बिनीग्राम, माटाका भाँडावर्तका टुक्रा, माटाका मूर्ति, मुद्रा, माटाका छाप, स्तूप तथा विहारका स्मारकहरू आदि सवुत दशी प्रमाणको रूपमा मौजुदा छन् । भारतका आधिकारिक पुरातत्वविद्हरूले उत्खनन्को सिलसिलामा होस् वा अन्य प्राज्ञिक छलफलमा होस् यस तथ्यलाई निर्विवाद रूपमा स्वीकार गरेको अवस्था छ । यस पङ्तिकारले करिब दुई दशक अघि भारतीय विश्वविद्यालयमा यस बिषयमा विद्यावारिधिको अध्ययन गर्दा सम्बन्धित विषयका प्राध्यापक, पुरातत्वविद्, भारतीय विश्वविद्यालय अनुदान आयोग तथा पुरातत्व विभागका उच्च पदाधिकारीसँग यस वारे रोहवरमा छलफल गर्दापनि कुनै विवाद रहेन ।

यस पङ्तिकारले बुद्धको जन्मस्थल लुम्बिनी हो भनी विश्वविद्यालयमा प्रस्तुत प्रतिवेदन र लुम्बिनी बुद्धको जन्मस्थल भनी लेखिएका अन्य पुस्तकहरू भारतबाटनै प्रकाशित भएको बेहोरा यहाँ उल्लेख गर्नु बाध्यात्मक अवस्था रह्यो । यहाँ आई विश्वका विभिन्न राष्ट्र, संघसंस्था तथा व्यक्तिले समेत बुद्धको जन्मथलो भएको नाताले आ–आफ्नो राष्ट्रिय पहिचानका विहार, स्तूप, पुस्तकालय तथा धर्मशालाहरू निर्माण गरिसकेका छन् । अझ भन्ने हो भने लुम्बिनी विश्व सम्पदा सूचीमा समावेश हुनुनै मूल स्थापित तथ्य हो । किनकि सर्वसत्यरूपमा (Out Standing Universial Value) स्थापित भएमामात्र यसरी सम्पदामा समावेश गर्ने मान्यता रहिआएको छ । यो अन्तर्राष्ट्रिय मापनको मूल आधार हो ।

यसरी सवुत प्रमाणहरूको चर्चा गर्दा बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने जोकोहीले पनि बुझ्न सकिन्छ । तर दुराशययुक्त मनस्थिति भएकाहरूले बेलाबेलामा यस्ता भ्रमहरू उब्जाउन सक्दछन् । सक्कली माल भएकाले पनि त्यसको प्रचारप्रसार विश्वबजारमा गर्न नसकेमा नक्कलीको पहुँच पुग्न सक्ने प्रवल संभावना रहेकोले त्यसको वारेमा पनि बेलैमा सचेत हुनु पर्दछ ।

समय समयमा कालापानी, सुस्ता, लिपुलेक जस्ता सिमानाको विवाद हुनु, सन्धिसम्झौतामा अड्चन रहनु, स्थान पहिचानमा भ्रम सिर्जना गर्नु आदि दुराशययुक्त क्रियाकलापहरूले आफ्नो अस्तित्व पहिचान, राष्ट्रियता, एकता, सार्वभौमसत्ता संरक्षण र सह–अस्तित्वको निम्ति नेपाल र नेपाली निरन्तर पहरेदार बन्नुपर्ने चुनौतिहरू थपिएको मान्नु पर्दछ । कोही कसैले कागले कान लग्यो भन्दैमा आÇनो कानै नछामी होहल्लामा कागकै पछि लाग्यौ भने के होला ? यस वारे गम्भीरताका साथ चिरफारमा लाग्नु पर्दछ । यस्ता मनगढन्ते तथा दुराशययुक्त हल्लालाई हाम्रो एकताको सल्लाहले चिरफार गर्ने छ । सरकारको मात्र औपचारिक भर नपरी यस्ता भ्रमका सञ्जालहरू च्यात्न नागरिक समाज निरन्तर चनाखो हुनु पर्दछ । लुम्बिनी बुद्धको शाश्वत मातृभूमि हो । यसमा कुनै विवाद नै छैन । सत्यको विजय शाश्वत शक्ति हो भन्ने तथ्यलाई कहिेले बिर्सनु हुदैन । यसको निम्ति एकता र चेतना आवश्यक छ ।
अप्प दीप भवः
[email protected]

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।