Main Menu
  |   Friday, December 15, 2017
बुद्ध जयन्तीको तयारी तीव्र
बुद्ध जयन्तीको तयारी तीव्र

Photo : lumbinitrust.org/

लुम्बिनी । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सव नजिकिदै गर्दा लुम्विनीमा यसको तयारी तीब्र पारिएको छ । लुम्विनी विकास कोषका विभिन्न तयारी उपसमितिहरुले दिनरात काम गरिरहेका छन् ।

लुम्विनीको मायादेवी मन्दिर,परिक्रमा पोखरी र विभिन्न सर्भिस सडकहरुमा सरसफाई र रंगरोगनका कामहरु भइरहेका छन् । दुइ पटक टेन्डर आब्हान गर्दा समेत ठेक्का नलागेपछि कोषले मायादेवी मन्दिरको रंगरोगन,पोखरीहरुको सरसफाई लगायतका कामहरु अमानत प्रकृयाबाट गराइरहेको छ । चारैतिर झण्डा,तुल ब्यानर र पतकाहरुले लुम्विनी विकास कोष क्षेत्र दुलही झैं सिंगारिएको छ । कोष क्षेत्रभित्र बगैंचाहरुको मर्मत,सडकहरुको मर्मत,फुटेका टायल वा ईंटाको मर्मत लगायतका काम गर्न दैनिक २ सय भन्दा बढी कामदार खटाइएका छन् ।

परिक्रमा पोखरी वरिपरिको घांस काटेर सफा गरिएका कारण त्यो क्षेत्र सुन्दर देखिएपनि पोखरीमा पानी सुकेका कारण केही खल्लो महसुस भएको छ । कोषले आफ्नो क्षेत्र भित्र र वाहिर समेत सरसफाइका काम गरिरहेको कोषका प्रशासन प्रमुख चुरामणी भट्टराइले बताए ।
शान्तिदीप देखि मायादेवी मन्दिर,पर्सा चौराहादेखि बुद्ध जयन्तीको मूख्य समारोह स्थल म्यूजियमसम्म र केन्द्रिय नहरको दायांबायां समेत ध्वजापतकाले झकिझकाउ पारिएको छ ।

कोष क्षेत्रभित्र र वाहिर बनाइएका अस्थायी टहरा,टंकी,त्रिपालहरु हटाएर मायादेवी मन्दिर प्रवेश गर्ने मूख्यद्धार खाली गरिएको छ । उक्त क्षेत्रमा जेष्ठ ६ देखि ८ गतेसम्म सवारी पार्किड.् समेत निषेध गरिएको लुम्विनी विकास कोषका सुरक्षा अधिकृत लिला बहादुर श्रेष्ठले बताए । बुद्ध जयन्ती मूल समारोह स्थलमा भब्य टेन्ट लगाउन भैरहवा स्थित पटवा टेन्टसंग २० लाख रुपियांमा सम्झौता गरिएको छ । काठमाण्डौंमा आयोजना हुने बौद्ध गोष्ठीमा सहभागी हुन आउने विदेशी पाहुनाहरु समेत बुद्ध जयन्तीका अवसरमा लुम्विनी आउने कार्यक्रम रहेकाले लुम्विनीको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

लुम्विनी उत्सवको तयारी तीब्र
बुद्ध जयन्तीको अवसर पारेर होटल एशोसिएसन लुम्विनीले आयोजना गरेको लुम्विनी उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उत्सवको तयारी स्वरुप लुम्विनी स्थित महिलवार बजार सिंगारिएको छ । प्रत्येक घरमा दीपावलीका लागि स्थानीयले तयारी गरेका छन् ।

लुम्विनी उत्सवकै अवसरमा मूख्य द्धार सहित अधिकांश क्षेत्रमा भएको फोहोर हटाउन मंगलवार बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । होटल एशोसिएसनले आयोजना गरेको सरसफाई कार्यक्रममा स्थानीय युवा क्लव,महिला समूह,नागरिक वडा मञ्च,प्रहरी,रिक्सा तथा पर्यटन ब्यवसायीहरु समेत सहभागी हुंदैछन् ।

एशोसिएसनको पहलमा पहिलो पटक लुम्विनीका प्रत्येक घरबाट एकएक जना सरसफाइमा सहभागी हुने लुम्विनी उत्सवका संयोजक प्रदीप आचार्यले बताए । उत्सव अन्तर्गत ६ देखि ८ गतेसम्म सांझमा स्थानीय विराहा संस्कृतिको प्रदर्शन गर्ने,दीपवाली गर्ने,फूल मुन प्रे गर्ने, बौद्ध प्रार्थना गर्ने,बुद्ध जयन्तीमा सहभागी हुन आउनेहरुलाई निशुल्क चिसो पानी खुवाउने,प्राथमिक उपचार सेवा पुर्याउने लगायतका कार्यक्रम छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।