Main Menu
  |   Wednesday, February 21, 2018
चिकित्सक सङ्घको निर्वाचनमा दुई समूहको प्रतिस्पर्धा
चिकित्सक सङ्घको निर्वाचनमा दुई समूहको प्रतिस्पर्धा

काठमाडाँै। नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा पेसागत समावेशी चिकित्सक समूह (पेसचिस) र प्रजातान्त्रिक चिकित्सक समूह (प्रचिस)बीच प्रतिस्पर्धा हुने भएको हो ।

तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।

पेसचिसका डा रमेश ढकाल र प्रचिसका डा मुक्तिराम श्रेष्ठ अध्यक्षमा उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा छन् । पेसचिसबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समिर शर्मा उम्मेदवार छन् ।

यसैगरी प्रचिसबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मिप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी छन् ।

विसं २००७ मा स्थापित सङ्घमा पाँच हजार ३०५ चिकित्सक आबद्ध छन् । काठमाडौँ उपत्यका बाहिर १५ स्थानमा भदौ १७ र १८ गते तथा उपत्यकाभित्र भदौ २१ देखि २५ गतेसम्म निर्वाचन हुने छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।