Main Menu
  |   Friday, December 15, 2017
आज अन्तिम प्रचार, कुन नेताले कहाँ सम्बोधन गर्दैछन् ?
आज अन्तिम प्रचार, कुन नेताले कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आजै रातिदेखि मौन अवधि सुरु हुँदैछ ।

त्यसैले प्रमुख दलका शीर्ष नेताहरु आज अन्तिम प्रचार प्रसारमा व्यस्त हुँदैछन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज डडेलधुरामा अन्तिम चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अमरगढीमा हुने सभालाई सम्बोधन गरेर उनी गृहजिल्लामै बस्नेछन् । बिहीबार मतदान सकेर मात्रै उनी काठमाडौं फर्किने तयारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी सम्बोधन गर्नेछन् ।

कांग्रेसका गगन थापासँग प्रतिष्पर्धामा रहेका एमालेका नेता राजन भट्टराईको क्षेत्रमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा नै सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले उमेदवारी दर्तापछि धेरै समयमा आफ्नै क्षेत्रमा बिताएका छन् । यसैबीच आजै रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचारसंहितमा उल्लेख छ ।
मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले राजनीतिक दल र उमेदवारबीच पहिलेको तुृलनामा आचारसंहिता पालनामा संम्यम् र मित्रवत व्यवहार आयोगले पाएको बताए । यसले निर्वाचन सुरक्षामा सहयोग पुगेको जनाए ।

दोस्रो चरणको निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा पुग्ने क्रममा रहेको यादवले जानकारी गराए ।

“सरकारबाट निर्वाचनका लागि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति आयोगले प्राप्त गरेको, मतदाताहरू पूर्ण सुरक्षित साथ मतदान गरेर घर फर्कने वातावरण रहेकाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न हुनेमा आयोग विश्वस्त छ,” उनले भने ।

दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए ।

४७ जिल्लाका प्रतिनिधिसभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
आगामी निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।