Main Menu
  |   Tuesday, September 19, 2017
ओमको शाखा कास्की लेखनाथ अर्घाैमा
ओमको शाखा कास्की लेखनाथ अर्घाैमा

पोखरा । ओम डेभलपमेन्ट बैंकको अर्घाै, लेखनाथ शाखाको बिधिवत उद्घाटन गरिएको छ । २०७४ असार १६ गते शुक्रबार एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.द्धारा श्री लक्ष्मि मा.बि. लेखनाथलाई छात्राबृद्धि बितरण र सृजना बहिरा आवासिय माध्यमिक बिद्यालय, लेखनाथलाई पंखा बितरण गरी शाखाको उद्धघाटन गरिएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बैंकका विविध पक्षहरुको जानकारी गराउनुभएको थियो ।

ओमले गत असार २ गते मनास्लु विकास बैंकसंग संयुक्त कारोवार गरेको थियो । संयुक्त कारोवार पछि बैंकको चुक्ता पुंजी १ अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ । बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाईसकेको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।