Main Menu
  |   Sunday, June 24, 2018
सैनामैना गोल्डकपको सेमिफाईनमा फर्साटिकर प्रवेश
सैनामैना गोल्डकपको सेमिफाईनमा फर्साटिकर प्रवेश

सैनामैना । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज फर्साटिकर एफ सी सेमीफाईनमा प्रवेश गरेको छ । कपिलबस्तु जिल्ला फुटबल संघ लाई ५–४ गोल अन्र्तरले पराजित गर्दै फर्साटिकरले जितेको हो । निकै कडा प्रतिस्प्रर्धात्मक खेलमा दुबै टिम बाट १–१ गोल बराबरी भएपछि खेल ट्राईबेकरकमा धकलिएको थियो । प्रतियोगितामा फर्साटिकरका जर्सी न १२ का सुजन राना र कपिलबस्तुका केशव नेपालीले ३७ औ मिनेटमा गोल गरेपछि खेल बराबरी भएको थियो । ट्राईबेकरमा धकेलिएको खेलमा कपिलबस्तुका भरत कार्की , केशव नेपाली र विवेक मल्लले १–१ गोल गरेका थिए । त्यस्तै फर्साकिरका सुजन राना , भुपाल गुरुङ्ग , गौरव बुढा मगर , कृष्ण रानाले समान एक एक गोल गरेका थिए ।

सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली युनाइटेड कपिलबस्तु र सुनौलो शान्ती गजेडी बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् । यस अघि कपिलबस्तुले एन्फा एकेडेमी बुटवलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन्

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।