Main Menu
  |   Tuesday, February 20, 2018
दीपमा निःशुल्क आँखा शिविर

बुटवल । बुटवल—८ सुख्खानगरमा रहेको दीप बोडिङ हाई स्कुलमा आज शुक्रबार निःशुल्क आँखा परिक्षण शिविर गरिएको छ । विद्यालयको आयोजना र तिलोत्तमा आई केयरको सहआयोजनामा भएको शिविरमा विद्यालयका करीव ३ सय ५० जना अभिभावक तथा शिक्षकहरुको आँखा परिक्षण गरिएको हो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेकोे आँखा परिक्षण गरेर सुरुवात गरिएको शिविरमा सहभागी मध्ये अधिकाशंमा दृष्टिदोष, सुख्खापन, चिलाउने जस्ता समस्या तथा केहीमा मोतीबिन्दु समेत भेटिएको दृष्टि विशेषज्ञ अभिषेक पाण्डेले बताउनुभयो ।

तिलोत्तमा आई केयरका डा. रोजी कार्कीको नेतृत्वमा रहेको टोलीमा भुवन रजाली, देवेन्द्रराज जोशी लगायतले आँखाको परिक्षण गर्नुभएको थियो ।
अभिभावकहरु स्वास्थ्यप्रति सचेत हुन सकेमा बालबालिकाहरुमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको शिविर राखिएको र छिट्टै नै विद्यार्थीहरुको साउन २५ गतेदेखि आँखा परीक्षण गरिने विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।