Main Menu
  |   Sunday, September 24, 2017
खानेपानी निती परिबर्तन गर्नुपर्छ : मन्त्री रज्जाक
खानेपानी निती परिबर्तन गर्नुपर्छ : मन्त्री रज्जाक

भैरहवा । खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल रज्जाकले स्वच्छ र सफा खानेपानी सवैलाई उपलब्ध गराउन खानेपानीमा सरकारले गर्ने लगानी बढाउनु पर्ने आवश्यकता रहेको औल्याएका छन् ।

हाल अधींकास खानेपानी आयोजनाहरु जनसहभागीता हुने गरेकोमा त्यसमा सरकारको तर्फबाट लगानी कम हुने गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आईतवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रज्जाकले खानेपानी आयोजनामा सरकारले ४० प्रतिसत र बाँकी जनता तथा दातृनिकायको सहयोग रहेकोमा यसलाई पुनरावलोकन गरीनु पर्ने बताएका हुन् ।

‘सवै स्थानमा ६० प्रतिसत जनताले लगानी गर्न सक्दैनन् । जनताको जिवनस्तर र आम्दानीको अवस्था हेरेर योजना छनौट भएको पाईन, उनले भने– खानेपानीको पहुच बिस्तार नहुनु एउटा यो पनि कारण रहेछ । यसलाई नितीगत रुपमै सुधार गर्ने लागीरहेको छु ।’ हिमाल–पहाड–तराई सवै क्षेत्रमा धनी र गरीव बिच खाडल रहेको र एउटै प्रकारको सहभागीताको कार्यक्रम लागु हुदा प्रभावकारी हुन नसकेको उनको ठहर थियो । यस्तो समस्याको समाधान गरी खानेपानीको बिस्तार गर्न पहीला सरकारले लगानी बढाउने र दोस्रोमा जनताको जिवनस्तर र आयआर्जनको अध्यन गरी योजना निर्धारण तर्फ आफु लागेको उनले बताए ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका मन्त्री रज्जाकले जिल्लाका सहरी तथा मुख्य सडक आसपासका क्षेत्रमा खानेपानीको तुलनात्मक रुपमा सुविधा रहेपनि ग्रामीण क्षेत्रमा समस्या रहेको प्रस्टाए । रुपन्देहीका ग्रामीण क्षेत्रमा समेत खानेपानी सुविधा विस्तारकालागी आफुले पहल गर्ने बताए । यो बर्ष बजेट आईसकेको र पुरक बजेट समेत नआउने हुदा आफुले चाहेअनुसारका योजना जिल्लामा भित्राउन नसकीए पनि चालुअवस्थामा रहेका आयोजना सम्पन्न गर्न र नितीगत सुधार पहीलो प्राथमीकता रहेको उनले बताए । अर्को प्रशगंमा उनले खुलादिशामुक्त अभीयान सचांलन गर्दा जनतामा जागरुकता भन्दा पनि जजरजस्ति गरीदा प्रभावकारी हुनु नसकेको भन्दै थप प्रभावकारी बनाउन शिक्षा–स्वास्थ्यका कार्यक्रम सचांलन गर्ने जनाए । ‘जनतामा जागरुपता ल्याएर स्वतस्फुर्त रुपमा चर्पी निमार्ण गर्न अग्रसर गराईएको भए अहीले चर्पीको सही प्रयोग हुने थियो । उनले भने –यसको बिपरीत चर्पी नवनाउनेलाई सरकारी सेवा सुविधा बञ्चीत गर्ने जस्ता जवजस्त कार्यक्रम ल्याउदा अहीले उपयोगीता कम भयो ।’ खुलादिसामुक्त हुन बाकँीरहेका र बनाइएका क्षेत्रका जनतालाई जागरुक बनाएर चर्पीको प्रयोग आफ्नैलागी हो भन्ने भावनाको बिकास गराउनु पर्ने उनले बताए । अर्को एक फरक प्रशंगमा मन्त्री रज्जाकले नेपाल आयल निगमले जग्गा खरीद गर्दा कागजी प्रक्र्रीया मिलाएर भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

जग्गा खरीद गर्दा अधीग्रहण प्रक्रीर्यामा नगई निगमले टेण्डर (वोलपत्र) मार्फत खरीद गीनु भ्रष्टाचारकोलागी भएको उनको दावी छ । बोलपत्रबाट खरीद गर्दा कागजी प्रक्र्रीया मिलाईए पनि चलनचल्तीको भन्दा उच्च मुल्यमा खरीद भएको उनले जनाए । यसवाट राज्यले करौडौ रुपैया नोक्सानी ब्यहोरेको भन्दै छानविन टोलीले सत्यतथ्य बाहीर ल्याउनु पर्ने माग सुरु देखी राख्दै आएको र दोषीलाई जसरी पनि कार्वाहीको दायरामा ल्याउन आफ्नो पहल जारी रहने उनले बताए । प्रेस युनियन रुपन्देहीका कार्यबहाक सभापति रेखा भुसालको सभापतित्व तथा सह सचिव श्यामशंकर पाण्डेको सचांलनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।