Main Menu
  |   Sunday, May 27, 2018
‘मुलुक निर्वाचनमय बनेको छ’
‘मुलुक निर्वाचनमय बनेको छ’

फाइल तस्विर

नवलपरासी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको छ भन्नुभयो ।

तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।