Main Menu
  |   Monday, August 20, 2018
एनसीसी बैंकमा सीआइबीले छापा मारेर पक्राउ गरेका १३ जना को- को हुन ?
एनसीसी बैंकमा सीआइबीले छापा मारेर पक्राउ गरेका १३ जना  को- को हुन  ?

काठमाडौं। बैंक मर्ज हुँदा घोटाला भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को केन्द्रीय कार्यालय कमलादीमा शुक्रबार छापा मारेको छ ।

बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोलीले छापा मारेर १३ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धितालसहित इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, विनीतमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेका छन् ।

उनीहरुले नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा वि.सं. २०७२ मंसिर ११ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपश्चात् मर्जरको फाइदा उठाउँदै विभिन्न शाखाहरुबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ हानि–नोक्सानी पुर्‍याएको आरोप छ ।

मर्ज प्रक्रिया सुरु भएपछि पनि एपेक्सले अनिमितरुपमा ऋण प्रवाह गरेको उजुरीपछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो ।

एपेक्सले ऋण दिँदा धितो मूल्यांकन बढी गरेको, कालोसूचीमा रहेका ऋणीलाईसमेत ऋण दिएकोलगायतकाअनियमितता गरेको आरोप लागेको छ ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी बैंकिङ कसुर सजाय ऐनअन्तर्गत् मुद्दा चलाइने सीआइबीले जनाएको छ ।

केही समयअघि एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएको थियो । एपेक्सबाट कमसल धितो र मिलमतोमा ऋण प्रवाहको अनुसन्धानका लागि सीआइबीलाई राष्ट्र बैंकले पत्र लेखेको थियो । राष्ट्र बैंकको निर्देशनमा सीआइबी सक्रिय भएको हो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।