Main Menu
  |   Sunday, June 24, 2018
अबको राजनीतिक उदेश्य विकास र समृद्धि : पोखरेल
अबको राजनीतिक उदेश्य विकास र समृद्धि : पोखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई समृद्ध मिनि नेपालको रुपमा विकसित गर्ने बताएका छन् । ६८औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश ५ सरकारले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने–अबको राजनीतिक उदेश्य विकास र समृद्धि नै हो ।

उनले पछौटेपन, भोकमरी, गरिबी अन्त्य गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै समस्या र चुनौती देखाएर पछि नहट्ने बताए । उनले प्रदेशलाई पर्यटन, कृषि, उद्योगका संभावनाहरुलाई आधार मानेर दीर्घकालीन र अल्पकालीन नीति बनाएर सम्बोधन गर्ने बताए ।

‘उपलब्ध साधन श्रोतको सदुपयोग गर्दै आञ्चलिक मनोविज्ञानलाई साझा बनाएर हामी अघि बढ्नेछौं–उनले भने । प्रदेश सरकारले संविधान कार्यान्वयनमा मदत गर्दै जनताका माौलिक अधिकारहरु उपयोग गर्नसक्ने गरी पारदर्शी हिसाबले काम गर्ने बताए ।

प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्रसम्म सहादत प्राप्त गर्नेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले परिवर्तनका आन्दोलनमा योगदान दिनेहरुको स्मरण गरेका थिए । प्रदेश सरकारको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा बुटवलमा प्रभातफेरि समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।