Main Menu
  |   Tuesday, April 24, 2018
नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न प्रधानमन्त्रीले पहल गर्ने
नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न प्रधानमन्त्रीले पहल गर्ने

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाउनु भएको हो ।

दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवालाई भेटघाट गरेको थियो । सो क्रममा नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गर्नका लागि नवलपुर क्षेत्रका सांसद र जिल्ला नेताको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।

टोलीले नवलपुर क्षेत्रका बारेमा सबै जानकारी गराएपछि प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न आफूले पहल गर्ने आश्वासन दिनुभएको टोलीमा सहभागी नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले जानकारी दिनुभयो । नवलपुर क्षेत्र भूगोलमा पनि ठूलो र जनसङ्ख्या पनि धेरै रहेको लगायतका विषय राखेपछि प्रधानमन्त्रीले अब छुट्टै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएको सांसद श्रेष्ठले बताउनुभयो ।

सो टोलीमा नवलपरासी क्षेत्र नं १ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइराला, एमालेका केन्द्रीय सदस्य तिलक महत, काँग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, एमाले नवलपुर क्षेत्रका संयोजक रोशनबहादुर गाहा, माओवादी केन्द्रका नवलपुर संयोजक, घनलाल सापकोटा रहनुभएको थियो ।

संविधानमा उल्लेखित सात प्रदेशले नवलपरासी जिल्लालाई बर्दघाट त्रिवेणीदेखि पूर्व नवलपुर र बर्दघाट पश्चिमको क्षेत्रलाई परासी गरी दुई भागमा विभाजन गरेको थियो । जसअन्तर्गत प्रदेश नं ४ र ५ गरी दुई चरणमा दुवै प्रदेशको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । रासस

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।