Main Menu
  |   Monday, April 23, 2018
नेपाल आइडलको उत्कृष्ट चारबाट सागर आले बाहिरिए

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्। सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्।
एपीवान टेलिभिजनले प्रिमेन्टल मिडिया र १९ टीभी लिमिटेडको अन्तर्राष्ट्रिय फरम्याट अनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपीसोड’ घोषणा गरेका थिए। चारैजना प्रतियोगी एकसाता संगै रहन पाउँदा खुशी भएका थिए। यो साताको निर्णयले अघिल्लो साताको सागरको खुसी यस पटक खोसिएको छ।

नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।