Main Menu
  |   Wednesday, November 14, 2018
नसिब गार्मेण्ट लुम्बिनी गट ट्यालेण्टको उपाधि नोबेल थ्रि एञ्जललाई
नसिब गार्मेण्ट लुम्बिनी गट ट्यालेण्टको उपाधि नोबेल थ्रि एञ्जललाई

????????????????????????????????????

बुटवल । न्यू सत्य साई कला केन्द्र बुटवलको आयोजना र नसिब गार्मेण्ट उद्योगको मुख्य प्रायोजनमा सम्पन्न नसिब गार्मेण्ट लुम्बिनी गट ट्यालेण्ट–२०७४ को उपाधि नोबेल थ्रि एण्जल ले प्राप्त गरेको छ । जसमा यूमी गुरुङ,अंशु गुरुङ र प्रक्रिया गुरुङ रहेका छन् । उनीहरुले उपाधिसँगै यामाहा रे जेड आर स्कुटी प्राप्त गरेका छन् ।

त्यसैगरी पूजा पाण्डेले फ्रस्ट रनर अपको उपाधि प्राप्त गरिन् भने नवलपरासीको ट्यूव लाइटले सेकण्ड रनर अपको उपाधि प्राप्त गरेको छ । उपाधिसँगै उनीहरुले ट्रफी , प्रमाणपत्र , गिफ्टह्याम्पर र क्रमशः ४० र ३६ इञ्चको एलइडी टेलिभिजन प्राप्त गरेको केन्द्रकी सञ्चालक सुन्दर दिपा गाहा गुरुङले जानकारी दिइन् । त्यस्तै युनिसा गिरी र सलोनी बैद्धासले बेष्ट पर्फमर्सको उपाधि प्राप्त गरेका छन् । करिब ४ सय सहभागीहरु मध्येबाट उत्कृष्ट १० मा भएको ग्राण्ड फिनाले गरिएको प्रतियोगिताका संयोजक मनुक थापाले बताए । ५ महिना अघिदेखि सुरु भएको लुम्बिनी अञ्चलस्तरीय प्रतियोगिता शनिबार राती सम्पन्न भएको हो ।

प्रतियोगितामा नृत्य , गायन , चित्रकला लगाएत विभिन्न विधाका प्रतिभाहरुको सहभागिता रहेको थियो । सो अवसरमा मुख्य प्रायोजक नसिब गार्मेण्टको प्रबन्धक विष्णु भुसालले प्रतियोगिता भव्यताका साथ सफल भएको बताउँदै आगामी प्रतियोगितामा मुख्य प्रायोजन गर्ने प्रतिबद्धता समेत गरे । केन्द्रका प्रबन्ध निर्देशक सुन्दर गुरुङको अध्यक्षता र एभरेष्ट नेपाल सांस्कृतिक समूहका संस्थापक तथा अन्तराष्ट्रिय लोक पर्व , नेपालका संयोजक रामचन्द्र कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेको सञ्चालन सुमन श्रेष्ठ र सुदिप ढकालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।