Main Menu
  |   Sunday, September 24, 2017
१७ औँ लिस्नु कप : ट्राइब्रेकरमा राधाकृष्णको जित
१७ औँ लिस्नु कप :  ट्राइब्रेकरमा राधाकृष्णको जित

बुटवल । १७ औँ लिस्नु कप नकआउट फुटवल प्रतियोगितामा मंगलबार राधाकृष्ण फुटबल क्लब बुटवल विजयी भएको छ । पशुपति उच्च मावि कोटिहवाको मैदानमा सम्पन्न खेलमा सिर्जना फुटबल क्लब करौजिया तिलोत्तमा १३ रुपन्देहीलाई ट्राइब्रेकरको मद्दतमा तीन गोलका विरुद्ध चार गोलले पराजित गरेको हो । निर्धारित समयसम्म दुबै टिम गोलरहित बराबरी खेलेपछि ट्राइब्रेकरको मद्दतमा नतिजा निकालिएको हो ।

ट्राइब्रेकरमा शुरुवाती पेनाल्टी प्रहारमा उत्रिएको सिर्जनाका तर्फबाट विनोद राना, आशिष काफ्ले, सुनिल रानाले गोल गर्न सफल भएका थिए भने विश्वास थापा र प्रवेश क्षेत्रीले गोल गर्न सकेनन् । राधाकृष्णको तर्फबाट विशाल पुन, सर्वेष घले, शरद क्षेत्री र किरण थापाले लगातार गोल गरेपछि जित निश्चित भएको थियो ।

मंगलबारको खेलको मयान अफ दि मयाच राधाकृणका गोलकिपर सतिष गुरुङ घोषित भएका आयोजक लिस्नु युवा क्लबका सहसचिव मनोज क्षेत्रीले जानकारी दिए । बुधबार आयोजक लिस्नु युवा क्लब कोटिहवा र गोर्खा ब्वायज क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ । रुपन्देही, नवलपरासी,स्याङजा जिल्लाका गरी १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पुग्ने २ टिमले सान्त्वना पुरस्कार २५–२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।