Main Menu
  |   Friday, June 22, 2018
बिकिनीमा पम्प गए फ्रीमै पेट्रोल
बिकिनीमा पम्प गए फ्रीमै पेट्रोल

किभ । भारतको नाकाबन्दीका कारण अहिले हामीले पेट्रोलियम पदार्थको अभावका कारण सिर्जेका समस्या भोगिरहेका छौँ । रुसले नाकाबन्दी लगाएपछि केही समय अघिसम्म युक्रेनले पनि यस्तै समस्या भोगेको थियो । पछिल्ला दिन युक्रेनमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ ।

यही समयमा युक्रेनको राजधानी किभको एउटा पेट्रोल पम्पले पत्याउनै नसकिने ‘अफर’ ल्याएको छ । उसको अफर हो– बिकिनी लगाएर आउने युवतीलाई फ्री पेट्रोल । आफ्नो ‘प्रमोसन’का लागि यस्तो अफर ल्याएको पम्पले जनाएको छ । बिकिनी लगाएका युवतीलाई मात्र होइन, बिकिनीमा गर्लफ्रेन्ड र श्रीमती लिएर जाने पुरुषलाई पनि पम्पले फ्रीमा पेट्रोल उपलब्ध गराएको छ । यो पम्पले २६ सेप्टेम्बरदेखि यो योजना सुरु गरेको हो ।

पम्पले यो अफर ल्याएपछि किभमा बिकिनीको व्यापार बढेको छ । कतिसम्म भने पुरुषहरूले महिलासँग बिकिनी सापट मागेर पम्पमा पुगेका छन् । पम्पको यस्तो अफरले आम मानिसले ‘इन्जोय’ गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ । युक्रेनमा अहिले दिउँसोको अधिकतम तापक्रम २० डिग्री सेल्यिस छ । तर, चिसोको कुनै पर्वाह नगरी मानिसहरू त्यो पम्पमा पुगेका छन् र गाडीमा नि:शुल्क पेट्रोल भरेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।